• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 13th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

वीरका न्युरो सर्जरी विभाग प्रमुख डा.राजीव झालाई बेलायतको विश्व प्रसिद्ध सम्मान

October 15th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
वीरका न्युरो सर्जरी विभाग प्रमुख डा.राजीव झालाई बेलायतको विश्व प्रसिद्ध सम्मान

हेल्थ टुडे,

काठमाडौं, २९ असोज :   चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका न्युरो सर्जरी विभाग प्रमुख प्रा.डा. राजीव झालाई बेलायतको द रोयल कलेज अफ सर्जन्स अफ इडिनवर्गबाट विश्व प्रसिद्ध शल्यचिकित्सकलाई प्रदान गरिने ‘फेलो अफ रोयल कलेज अफ सर्जन्स ’ उपाधि प्रदान गरिएको छ । स्कटल्याण्डमा असोज २८ गते आयोजित विशेष समारोहमा वरिष्ठ न्युरो सर्जन डा. झाले उक्त उपाधि ग्रहण गरेका हुन ।

नेपालमा बसेर न्युरो सर्जरीमा उत्कृष्ठ सेवा,  पेसाप्रतिको समर्पण र नेतृत्वदायी भूमिका निभाएकोले डा. झालाई ‘ फेलो अफ रोयल कलेज अफ सर्जन्स ’ उपाधि प्रदान गरिएको  द रोयल कलेज अफ सर्जन्स अफ इडिनवर्गले जनाएको छ । नेपालमा यो उपाधि डा.झा भन्दा पहिले वरिष्ठ न्युरो सर्जन डा.उपेन्द्र देवकोटाले प्राप्त गरेका थिए । डा. झाले न्युरो सर्जन भएपछि मात्र करिव १२ हजार विरामीको सर्जरी गरेका छन् ।

डा. झा गत महिना राष्ट्रपतिबाट सुप्रवल जनसेवा श्री पदकबाट बिभुषित भएका थिए भने त्यसको केही हप्ता अगाडि मात्र शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले राष्ट्रिय विज्ञान प्रविधि तथा नव प्रवर्तन पुरस्कार २०७९ बाट सम्मानित गरेको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article साइमनको पाँचौ राष्ट्रिय सम्मेलन असोज २८ र २९ गते पोखरामा हुने
Next article मधेस प्रदेशमा चार लाख बढीले गराए स्वास्थ्य बीमा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131953
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web