• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 31st, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मधेश प्रदेशमा ७ प्रतिसत जनताले मात्र गराए स्वास्थ्य बिमा

November 28th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मधेश प्रदेशमा ७ प्रतिसत जनताले मात्र गराए स्वास्थ्य बिमा

हेल्थ टुडे,
काठमाडौं, १२ मंसिर : मधेश प्रदेशमा ७ प्रतिसत जनताले मात्र स्वास्थ्य बिमा गराएका छन् । देशभरि औषत साडे २२ प्रतिसतले स्वास्थ्य बिमा गराएकोमा मधेश प्रदेशमा सबैभन्दा कम ७ प्रतिसतले मात्र स्वास्थ्य बिमा गराएको पाइएको छ ।
दातृ निकाय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयुक्त आयोजनामा सोमबारदेखि भक्तपुरमा सुरु भएको दुई दिने राष्ट्रिय संयुक्त वार्षिक समिक्षा कार्यक्रममा स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले मधेश प्रदेशमा देशका अन्य सात प्रदेशको तुलनामा स्वास्थ्य बिमा गराउनेको प्रतिसत कम भएको बताए । जनचेतनाको अभावमा बिमा गराउनेको संख्यामा कमि आएको हुन सक्ने बताउदै मधेश प्रदेशमा जनचेतनामूलक कार्यक्रम आवश्यक रहेकोमा डा. बसौलले जोड दिए । स्वास्थ्य बिमामा ५९ लाख ६८ हजार मानिस समाहित भएको बताउदै डा. बसौलाले गत वर्षमात्र ९ अर्व ७३ करोड उपचार गराए वाफत स्वास्थ्य संस्थाहरुलाई भुक्तानी दिइएको जानकारी दिए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै डा. बसौलाले बिगत ६ वर्षदेखि सञ्चालनमा आएको स्वास्थ्य बिमा कार्यक्रम मार्फत २४ अर्ब ६६ करोड भुक्तानी दिइएको बताए । स्वास्थ्य विमा प्रति जनताको आकर्षण बढेको दावी गर्दै उनले भने, ‘ २३ लाख ९३ हजार जनाले स्वास्थ्य बिमा मार्फत सेवा लिएका छन । यो संख्या बढ्दो छ । ’
देशका ७५३ स्थानिय निकायमध्ये ४१० मा यो सेवा पुग्न नसकेको स्विकार्दै डा. बसौलाले सबै स्थानिय निकायमा स्वास्थ्य बिमा पुर्याउन बोर्ड लागि परेको बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङले स्वास्थ्य बिमा कार्यक्रमप्रति जनताको विश्वास र गुनासो दुबै उत्तिकै भएकाले यो कार्यक्रमलाई सफल बनाउन सबै पक्ष जिम्मेवार भएर लाग्नु पर्ने बताए ।
समिक्षा कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोषन पोखरेलले हालै सार्वजनिक गरिएको जनसांख्यिक स्वास्थ्य सर्वेक्षणको संक्षिप्त रिपोर्टले स्वास्थ्य क्षेत्रमा भएका प्रगति सन्तोषजनक भएको नपाइएकोले गम्भिर समिक्षा गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए । स्वास्थ्य बिमा बोर्डले काम गरिरहेको भए पनि जनता खुशी नभएको तिताृे यथार्तलाई आत्मसात् गर्दै अस्पतालहरु पनि उत्तिकै जिम्मेवार हुनु पर्ने बताए । समिक्षा कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका विभाग, महासाखा र प्रदेशको स्वास्थ्य अवस्थाको प्रगतिका बिषयमा समिक्षा हुने छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article दोस्रो अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन भव्यताका साथ काठमाण्डौमा शुरु
Next article परिवार नियोजन संघकी जमुना सिटौलालाई थाइल्याण्डको कम्युनिटी अली हिरो अवार्ड

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Jan 31st 11:13 AM
समाचार

अत्यावश्यक औषधि नेपालमै उत्पादन हुनुपर्छ : मन्त्री गिरी

Jan 30th 9:48 AM
समाचार

सबैको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउन जनशक्ति र पूर्वाधार थपिने छ : स्वास्थ्य मन्त्री

Jan 29th 7:17 AM
समाचार

शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने प्रधानमन्त्रीको बाचा

Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 23rd 9:48 AM
समाचार

जाजरकोटका स्वास्थ्य चौकीमा छैन सिटामोल

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

Jan 20th 6:46 AM
समाचार

प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले गरे मृत्युपश्चात् शरीरका सबै अंगदानको घोषणा

Jan 20th 2:27 AM
समाचार

नेपाल चिकित्सक संघको नयाँ नेतृत्वकाका लागि आजदेखि मतदान सुरु, उपत्यका बाहिर आज र भोली मतदान

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1847
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

13
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

11
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

11
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz