• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

परिवार नियोजन संघकी जमुना सिटौलालाई थाइल्याण्डको कम्युनिटी अली हिरो अवार्ड

November 29th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
परिवार नियोजन संघकी जमुना सिटौलालाई थाइल्याण्डको कम्युनिटी अली हिरो अवार्ड

हेल्थ टुडे,
काठमाडौं, १३ मंसिर : नेपाल परिवार नियोजन संघकी एडभोकेसी फोकल जमुना सिटौलालाई थाइल्याण्डको एपकम (APCOM) ले कम्युनिटी अली हिरो अवार्ड २०२२ प्रदान गरेको छ । यौन तथा प्रजनन् अधिकार, लैंगिक समानता, सुरक्षित गर्भपतन सेवाको अधिकार, यौनिक तथा लैंगिक अल्पसंख्यकको सेवा र अधिकारका क्षेत्रमा लामो समयदेखि पैरवी गरे वाफत सिटौलालाई यो अवार्ड प्रदान गरिएको हो ।
सिटौला बिगत दुई दशक बढी समयदेखि संघमा एडभोकेसी साखा प्रमुखको रुपमा कार्यरत् छिन् । एपकम (APCOM) एशिया प्यासिफिक क्षेत्रमा लैंगिक समानता, एचआईभी तथा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको अधिकारका क्षेत्रमा कार्यरत थाइल्याण्ड स्थित एक अन्तर्राष्ट्रि«य संस्था हो । यो अवार्ड ६ वर्षदेखि निरन्तर बिभिन्न बिधाहरुमा दिइदै आइरहेको छ । यो वर्ष नेपालबाट नेपाल परिवार नियोजन संघले समूदाय स्तरमा र राष्ट्रिय स्तरमा गरेको पैरवीको मूल्याँकन गर्दै यो सम्मान प्रदान गरिएको हो । संघका ८८ प्रतिशत सेवाग्राहीहरु सिमान्तकृत र जोखिम समुदायका रहेको र यो समदायको सेवा र अधिकारको सुनिश्चितताको लागि सधै पैरवी गरिरहेको नेपाल परिवार नियोजन संघले यौनिक अल्पसंख्यकहरुका लागि देशमै पहिलो पटक गैर सरकारी निकायबाट हर्मोनल थेरापी तथा लेजर सेवा संचालन गर्दै आएको छ ।
यसका साथै बृहत यौनिकता शिक्षा र सुरक्षित गर्भपतन सेवामा नितिगत सुधार गर्न सफल साथै बैबाहिक समानतामा पैरवीको शुरुवात गर्दै सोको नितिपत्र निर्माणगरि नितिगत सुधार गर्न पैरवी गर्दे आइरहेको मुख्य आधारहरुलाई मूल्याँकन गर्दै सिटौलालाई उक्त अवार्डबाट सम्मानित गरिएको हो । सिटौलासँगै यो अर्वाड यसवर्ष पाकिस्तान, भुटान, श्रीलंका, थाइल्याण्ड, हङ्गंकङ्ग, फिलिपिन्स, भियतनाम, मलेशिया आदि राष्ट्रका विभिन्न व्यक्तिहरुलाई सम्मान ग्रिएको छ । नेपाल परिवार नियोजन संघले अवार्ड प्राप्त गरेकोमा सिटौलालाई हार्दिक बधाई र अवार्ड प्रदान गर्ने संस्थालाई धन्यवाद दिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अब हेटौडा अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण हुने
Next article मधेश प्रदेशमा ७ प्रतिसत जनताले मात्र गराए स्वास्थ्य बिमा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133338
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

38
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web