• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 29th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

परिवार नियोजन संघकी जमुना सिटौलालाई थाइल्याण्डको कम्युनिटी अली हिरो अवार्ड

November 29th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
परिवार नियोजन संघकी जमुना सिटौलालाई थाइल्याण्डको कम्युनिटी अली हिरो अवार्ड

हेल्थ टुडे,
काठमाडौं, १३ मंसिर : नेपाल परिवार नियोजन संघकी एडभोकेसी फोकल जमुना सिटौलालाई थाइल्याण्डको एपकम (APCOM) ले कम्युनिटी अली हिरो अवार्ड २०२२ प्रदान गरेको छ । यौन तथा प्रजनन् अधिकार, लैंगिक समानता, सुरक्षित गर्भपतन सेवाको अधिकार, यौनिक तथा लैंगिक अल्पसंख्यकको सेवा र अधिकारका क्षेत्रमा लामो समयदेखि पैरवी गरे वाफत सिटौलालाई यो अवार्ड प्रदान गरिएको हो ।
सिटौला बिगत दुई दशक बढी समयदेखि संघमा एडभोकेसी साखा प्रमुखको रुपमा कार्यरत् छिन् । एपकम (APCOM) एशिया प्यासिफिक क्षेत्रमा लैंगिक समानता, एचआईभी तथा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको अधिकारका क्षेत्रमा कार्यरत थाइल्याण्ड स्थित एक अन्तर्राष्ट्रि«य संस्था हो । यो अवार्ड ६ वर्षदेखि निरन्तर बिभिन्न बिधाहरुमा दिइदै आइरहेको छ । यो वर्ष नेपालबाट नेपाल परिवार नियोजन संघले समूदाय स्तरमा र राष्ट्रिय स्तरमा गरेको पैरवीको मूल्याँकन गर्दै यो सम्मान प्रदान गरिएको हो । संघका ८८ प्रतिशत सेवाग्राहीहरु सिमान्तकृत र जोखिम समुदायका रहेको र यो समदायको सेवा र अधिकारको सुनिश्चितताको लागि सधै पैरवी गरिरहेको नेपाल परिवार नियोजन संघले यौनिक अल्पसंख्यकहरुका लागि देशमै पहिलो पटक गैर सरकारी निकायबाट हर्मोनल थेरापी तथा लेजर सेवा संचालन गर्दै आएको छ ।
यसका साथै बृहत यौनिकता शिक्षा र सुरक्षित गर्भपतन सेवामा नितिगत सुधार गर्न सफल साथै बैबाहिक समानतामा पैरवीको शुरुवात गर्दै सोको नितिपत्र निर्माणगरि नितिगत सुधार गर्न पैरवी गर्दे आइरहेको मुख्य आधारहरुलाई मूल्याँकन गर्दै सिटौलालाई उक्त अवार्डबाट सम्मानित गरिएको हो । सिटौलासँगै यो अर्वाड यसवर्ष पाकिस्तान, भुटान, श्रीलंका, थाइल्याण्ड, हङ्गंकङ्ग, फिलिपिन्स, भियतनाम, मलेशिया आदि राष्ट्रका विभिन्न व्यक्तिहरुलाई सम्मान ग्रिएको छ । नेपाल परिवार नियोजन संघले अवार्ड प्राप्त गरेकोमा सिटौलालाई हार्दिक बधाई र अवार्ड प्रदान गर्ने संस्थालाई धन्यवाद दिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मधेश प्रदेशमा ७ प्रतिसत जनताले मात्र गराए स्वास्थ्य बिमा
Next article अब हेटौडा अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण हुने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Sep 29th 10:35 AM
समाचार

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

Sep 27th 12:53 PM
अन्तर्वार्ता

छलाङ मार्दै धर्मभक्त प्रत्यारोपण केन्द्र, भदौमा मात्रै २८ जनाको प्रत्यारोपण

Sep 26th 9:26 AM
समाचार

चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकको विरोध प्रदर्शन

Sep 25th 1:22 PM
समाचार

स्वास्थ्य मन्त्री बस्नेत सम्मानित

Sep 24th 1:14 PM
समाचार

चिकित्सक संघको राष्ट्रिय स्वास्थ्य सम्मेलन यही असोज १२ र १३ मा हुने

Sep 24th 12:51 PM
समाचार

स्वास्थ्य बीमा बोर्डका कार्यकारी बसौलालाई किन सोध्यो स्वास्थ्यले स्पष्टिकरण

Sep 23rd 11:37 AM
समाचार

डा.ओम मूर्तिको ‘जीवन्त सम्बन्ध’ लाई कोर्षमा राख्नु पर्ने हरिवंशको सुझाव

Sep 22nd 4:37 AM
समाचार

टिकटक प्रतियोगिता गर्दै नेत्रज्योति संघ, उत्कृष्टलाई ५० हजार पुरस्कार

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

2318
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

14
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web