• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपाल चिकित्सक संघ निर्वाचन : लोकतान्त्रिक समूहको १७ वटा अजेण्डा सार्वजनिक

December 30th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपाल चिकित्सक संघ निर्वाचन  : लोकतान्त्रिक समूहको १७ वटा अजेण्डा सार्वजनिक

हेल्थ टुडे,
काठमाडौं, १५ पुष : देश भरिका चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघको आसन्न निर्वाचनका लागि लोकतान्त्रिक समूहले आफ्नो अजेण्डा सार्वजनिक गरेको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा शुक्रबार लोकतान्त्रिक समूहले संघको आसन्न निर्वाचनलाई मध्यनजर गरेर आफ्नो समूहको १७ वटा प्रमुख अजेण्डा सार्वजनिक गरेको हो ।
विपी कोइराला क्यान्सर अस्पताल भरतपुरका वरिष्ठ चिकित्सक एवं संघका वर्तमान वरिष्ठ उपाध्यक्ष डा.अनिल विक्रम कार्कीको नेतृत्वमा लोकतान्त्रिक समूह चुनावी मैदानमा ओर्लिएको छ । लोकतान्त्रिक समूहले चिकित्सकहरुको तलव वृद्धिका लागि दवाव सिर्जना गर्ने, सबै चिकित्सकहरुको स्वास्थ्य बिमा सरकारले गर्ने व्यवस्था मिलाउन पहल गर्ने, चिकित्सकहरुका लागि छुट्टै अस्पताल स्थापना गर्ने, चिकित्सक सेवा आयोगको स्थापनाका लागि पहल गर्ने लगायतका अजेण्डा अगाडि सारेको छ । त्यसैगरि स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन सतप्रतिसत कार्यन्वयन गर्ने, अस्पताल लगायत स्वास्थ्य संस्थाको सुरक्षाका निम्ती छुट्टै स्वास्थ्य सुरक्षा बल बनाउन पहल गर्ने, चिकित्सा शिक्षामा पिजीको सिट बढाउने लगायतका अजेण्डा सार्वजनिक गरेको छ । नेपाल चिकित्सक संघको आगामी निर्वाचनमा लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार डा. अनिल बिक्रम कार्कीले बिगत दुई दशकदेखि आफु नेपाल चिकित्सक संघ र नेपालको स्वास्थ्य सुधारमा डटेर लागिरहेकाले आफूलाई उम्मेदवार बनाइएको दावी गरे ।
देश भरिका चिकित्सकहरुका पक्षमा आफूहरुले काम गरेकोले सबैको विश्वास जितेर आफुले नेतृत्व गरेको लोकतान्त्रिक समूह भारी मतका साथ निर्वाचित हुने आशा डा. कार्कीले व्यक्त गरे । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, महासचिव, कोषाध्यक्ष, सहसचिव, सदस्यहरु गरि १९ पदका लागि हुने संघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष, ३ जना उपाध्यक्ष, सहसचिव र सहकोषाध्यक्ष गरि ७ जना पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् भने अध्यक्ष, महासचिव सहति १२ पदका लागि माघको पहिलो साता र तेश्रो साता निर्वाचन हुने छ । पत्रकार सम्मेलनमा नेपाल चिकित्सक संघका वर्तमान अध्यक्ष डा. लोचन कार्कीले आफ्नो नेतृत्वको संघल बिगत ३ वर्षमा चिकित्सकहरुका पक्षमा थुप्रै काम गरेकाले फेरि पनि लोकतान्त्रिक समूह नै बिजयी हुने दावी गरे । संघका पूर्व अध्यक्ष डा.केदार नरसिंह केसीले संघको नेतृत्वका लागि डा. अनिल कार्की सक्षम र क्षमतावान भएकाले उनलाई भावी नेतृत्वका लागि उम्मेदवार बनाइएको बताए । संघका भावी नेतृत्वका लागि महासचिवका उम्मेदवार डा. सञ्जिव तिवारीले स्वास्थ्य क्षेत्रको सुधारका लागि डा. अनिल नेतृत्वको समूहलाई बिजय गराउन देश भरिका चिकित्सकहरुलाई आग्रह गरे ।
डा. अनिल बिक्रम कार्की नेतृत्वको लोकतान्त्रिक समूहले उपाध्यक्ष (मधेश प्रदेश संयोजक) डा. निरजकुमार सिंह, उापध्यक्ष (बाग्मती प्रदेश संयोजक) डा. प्रकाश बुढाथोकी, उपाध्यक्ष (गण्डकी प्रदेश संयोजक), उपाध्यक्ष (सुदूरपश्चिम संयोजक) डा. प्रशान्त भट्ट र महासचिवमा डा. सञ्जिव तिवारीलाई उम्मेदवार बनाएको छ । त्यसैगरि सदस्यमा अमित रन्जन मिश्र, डा. किशोर खत्री, डा. मनोर दिन सय्यद, डा. सिर्जना बिष्ट, डा. तेज्सु सिंह मल्ल र डा. योभेन कुमार यादव छन ।
संघको आसन्न निर्वाचनमा उम्मेदवारी दिएका वरिष्ठ उपाध्यक्षमा डा.बद्री रिजाल, उपाध्यक्ष (प्रदेश नम्बर १ संयोजक) मा डा. बिपेश आचार्य, उपाध्यक्ष (लुम्बिनी प्रदेश संयोजक) मा डा. नन्दा कुमारी गुरुङ, उपाध्यक्ष (कर्णाली प्रदेश संयोजक) मा डा. केशल बहादुर ढकाल, कोषाध्यक्षमा डा. प्रमोद जोशी, सहसचिवमा डा. लिजन महर्जन र सह कोषाध्यक्षमा डा. विक्रान्त ढकाल निर्विरोध निर्वाचित भएका छन ।
चिकित्सक संघका १२ हजार भन्दा बढी चिकित्सक मतदाता छन । बिसं २००७ मा स्थापना भएको संघको इतिहासमा लोकतान्त्रिक चिकित्सकहरुको समूहले मात्र बिजय हासिल गरेको छ । यो पटकको निर्वाचनमा प्रगतिशिल, स्वतन्त्र समूह र लोकतान्त्रिक गरि ३ पक्षबिच प्रतिस्पर्धा हुने छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सक संघमा प्रजातान्त्रिक समूहबाट वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष सहित ७ पदाधिकारी निर्विरोध
Next article स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघको अध्यक्षमा डा. धिताल र महासचिवमा डा. केसी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132495
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

40
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

39
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

33
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web