• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

एक जना क्यान्सर विरामीको उपचारमा सरदर खर्च ९ लाख ८१ हजार रुपैया

March 21st, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एक जना क्यान्सर विरामीको उपचारमा सरदर खर्च ९ लाख ८१ हजार रुपैया

हेल्थ टुडे,
काठमाडौं, ७ चैत : नेपालमा एक जना क्यान्सरका विरामीले उपचारमा ९ लाख ८१ हजार खर्च लाग्ने गरेको अध्ययनले देखाएको छ । सुर्तिजन्य पदार्थ सेवन बिरुद्ध कार्यरत गैरसरकारी संस्था एक्सन नेपालले सुर्तिजन्य पदार्थको सेवनबाट हुने क्यान्सरको उपचारमा औषत प्रति विरामी ९ लाख ८१ हजार रुपैया खर्च हुने गरेको तथ्यांक सार्वजनिक गरेको हो ।
एक्सन नेपालले मंगलबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा एक्सन नेपालका कार्यकारी निर्देशक एवं अनुसन्धानकर्ता आनन्दबहादुर चन्दले सन् २०१९ मा नेपालका प्रमुख तिनवटा क्यान्सर अस्पतालहरु क्रमश विपी कोइराला भरतपुर क्यान्सर अस्पताल, नेपाल क्यान्सर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका १०३ क्यान्सरका विरामीका अध्ययन गरिएको जानकारी दिए ।
सुर्तिजन्य पदार्थको सेवनबाट हुने क्यान्सरका १८ वर्षदेखि ६५ उमेर समूहका तेश्रो र चौथो स्टेजका विरामीहरुको आर्थिक पाटोको मात्र आफुहरुले अध्ययन गरेको चन्दले बताए । अध्ययनमा उपचार पछि डिस्चार्ज भएका विरामी समावेश गरिएको र सुर्तिजन्य पदार्थ कहिल्यै सेवन नगरेका क्यान्सरका विरामी भने समावेश नगरिएको कार्यकारी निर्देशक चन्दले जानकारी दिए ।
चन्दका अनुसार सुर्तिजन्य पदार्थको सेवनले गर्दा हुने क्यान्सर विरामीको औषत उमेर साडे ५३ वर्ष रहेको पाइएको छ भने क्यान्सरका विरामी मध्ये ४६ प्रतिसत निरक्षर रहेको पाइएको छ ।
अध्ययनले १६ प्रतिसत क्यान्सरका विरामीले घरजग्गा बेचेर उपचार गराएकोृ पाइएको छ । २७ प्रतिसतले घरायसी बचतबाट उपचारको खर्च ब्यहोर्ने गरेका छन भने ६० प्रतिसत विरामीले आफन्तबाट ऋण लिएर उपचार खर्च ब्यहोर्ने गरेको अध्ययनले देखाएको छ ।
सरकारले क्यान्सरका विरामीलाई उपचारमा अनुदान वाफत प्रति विरामी एक लाख रुपैया दिने गरेको भए पनि त्यो एकदमै न्युन भएकाले सरकारले क्यान्सरका विरामीलाई उपचारमा दिने अनुदान रकम बढाउनु पर्ने र सुर्तिजन्य पदार्थमा कर बढाउनु पर्ने आवश्यक देखिएको अध्ययनले देखाएको चन्दले बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मदिराको विज्ञापन प्रकाशन, प्रशारण गर्ने सञ्चारमाध्यमलाई कारवाही गर्ने बोर्डको चेतावनी
Next article भोजपुरका जनस्वास्थ्य निरिक्षक सुन्दासलाई २०२२ को निक साइमन अवार्ड

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132795
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web