• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 3rd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कोशी प्रदेशमा पनि छिट्टै मृर्गौला प्रत्यारोपण सेवा सुरु हुने

April 12th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोशी प्रदेशमा पनि छिट्टै मृर्गौला प्रत्यारोपण सेवा सुरु हुने

हेल्थ टुडे,
विराटनगर, २८ चैत : देशका सातवटै प्रदेशमा मृगौला प्रत्यारोपण सेवा बिस्तार गर्ने योजना अनुसार शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले छिट्टै कोशी प्रदेशमा पनि प्रत्यारोपण सेवा सुरु गर्न लागकेो छ । कोशी अस्पतालमा निकट भविष्य मै मिर्गौला प्रत्यारोपण सेवा शुरु हुने भएको छ । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र कोशी अस्पताल बीच मंगलवार मृर्गौला प्रत्यारोपण सेवा शुरु गर्ने सहमती भएको हो ।
प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठ र अस्पतालका निमित्त प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा रबिना राज सिंहले संयुक्त रुपमा सहमती पत्रमा हस्ताक्षर गरेका हुन । मस्तिष्क मृत्यू पछि हुने अंगदान र अंग प्रत्यारोपण पनि गर्ने सहमती भएको ऊक्त कार्यक्रममा कोशी अस्पताल का कर्मचारीहरुको समेत उपस्थिति थियो ।

प्रत्यारोपण सेवा सुरु गर्नको लागि भौतिक पूर्वाधारहरु तयार हुदै गरेको र जनशक्ति विकासको लागि तत्कालै कोशी अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता बृद्धि गरी आत्मनिर्भर वनाउनको लागि केन्द्रमा तालिममा पठाउने सहमती भएको छ ।

कोशी अस्पतालको जनशक्ति प्राविधिक रुपमा प्रत्यारोपण गर्न सक्षम न भए सम्म केन्द्रले प्राविधिक जनशक्ति र अन्य प्राविधिक सहयोग पनि गर्ने सहमती भएको छ । सरकारको नीति तथा कार्यक्रम अनुसार देश भरी सवैको पहुच मा हुने गरी सर्वसुलभ मृर्गौला प्रत्यारोपण कार्यको थालनी गर्नको लागि स्वास्थ्य मन्त्रालयका सचिव द्वय डा रोशन पोख्रेल र देव कुमारी गुरागाईको पहलमा सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने कार्यक्रमलाई निरन्तरता दिने त्रममा कोशी अस्पताल संग सहमती भएको हो । केन्द्रले यो भन्दा पहिले गण्ढकीको पोखरा र कर्णालीको सुर्खेतमा समेत मृगौला प्रत्यारोपण सेवा सुरु गरिसकेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article राष्ट्रपति पौडेलको निजी चिकित्सकमा डा निरज बम नियुक्त
Next article स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौँ राष्ट्रिय सम्मेलन सकियो

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132093
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web