• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौँ राष्ट्रिय सम्मेलन सकियो

April 12th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौँ राष्ट्रिय सम्मेलन सकियो

हेल्थ टुडे,

काठमाडौँ, २९ चैत : स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौँ राष्ट्रिय सम्मेलन बुधबार सकिएको छ । मंगलबारदेखि सुरु भएको सम्मेलनले सात बुदे घोषणा पत्र जारी गरेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा भएको सम्मेलनको समापन उप प्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए । कार्यक्रममा गृह मन्त्री श्रेष्ठले सम्मेलनबाट प्राप्त सुभाव स्वास्थ्य मन्त्रालयले आफ्नो नीति बनाउन प्रयोग गर्ने विश्वास व्यक्त गरे । स्वास्थ्य मन्त्रालयका सचिव डा. रोसन पोखरेल र परिषद्का अध्यक्ष डा. गशनाथ बरालले सम्मेलनले नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसमो महत्व रहेको बताए । कार्यक्रममा स्वास्थ्य अनुसन्धानका क्षेत्रमा योगदान गरेका विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । यो वर्ष लाइफटाइम एचिभ्मेन्ट अवार्ड बितरण गरिएन । सम्मेलन सकिनु अघि परिषद्का सदस्यसचिव डा प्रदीप ज्ञवालीले सात बुँदे काठमाडौँ घोषणा पत्र पढेर सुनाएका थिए ।

सात बुँदे घोषणा पत्र

१. राज्यका सबै तहमा अनुसन्धानकर्ता, नीति निर्माता तथा कार्यक्रम व्यवस्थापकहरुबीच मजवुत सम्वन्ध विकास गर्दै तथ्यमा आधारित प्रमाणलाई नीति तथा कार्यक्रममा प्रयोग गर्ने ।
२. संयन्त्रको बढावा सुदृढिकरण सस्थागत गर्ने।

३. उच्च गुणस्तरको स्वास्थ्य नीति र प्रणालीगत अनुसन्धानका लागि अनुसन्धान तथा शैक्षिक संस्थाहरुबीचको आवश्यक सहकार्यलाई मजबुत एवं प्रवर्धन गर्ने।

४. स्वास्थ्यका बृहत्तर निर्धारकहरुलाई सम्बोधन गर्न गुणात्मक प्रमाणको आधारमा समाधानका उपायहरु पहिचान गर्न बहुक्षेत्रीय सरोकारवालाहरु बीचको समन्वय, सहकार्य, र साझेदारीलाई सुदृढीकरण गर्ने।

५. स्वास्थ्य प्रणालीका समस्याहरुलाई नविनतम समाधान प्रदान गर्ने नवपरिवर्तनमुखी अनुसन्धानलाई मूल्यांकन प्रवर्धन र बृहत्तर कार्यन्यनका लागि संयन्त्र विकास एवं संस्थागत गर्ने ।

६. जनतालाई वित्तीय जोखिमबाट बचाउँदै स्वास्थ्यमा विश्वव्यापी पहुँचतर्फ प्रगतिशील उपलब्धी हासिल गर्दै, समतामुलक पहुँचलाई सहजिकरण गर्न अनुसन्धानमा आधारित प्रमाणको उत्पादन तथा प्रयोग प्रवर्धन गर्ने।

७. प्रमाणको आधारमा नीति तथा कार्यक्रम निर्माणको व्यवस्थित संयन्त्र स्थापित गर्न यस अघिका सम्मेलन तथा त्यसका घोषणाहरुको समिक्षा तथा विश्लेषण गर्ने।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article थप उपचारका लागि राष्ट्रपति पौडेल भारत प्रस्थान, नयाँदिल्लीको एम्समा हुनेछ उपचार
Next article कोशी प्रदेशमा पनि छिट्टै मृर्गौला प्रत्यारोपण सेवा सुरु हुने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

Aug 27th 10:49 AM
समाचार

बाढीले यातायत अवरुद्द भएपछि हुम्ला भन्दा पनि दुर्गम भयो त्रिशुली अस्पताल

Aug 27th 10:14 AM
समाचार

कोटेश्वर क्याम्पसका प्राध्यापक एवं कर्मचारीद्वारा भोटेकोशी बाढी प्रभावितलाई ५१ हजार सहयोग

Aug 26th 12:33 PM
समाचार

उपचारपछि पूर्व बडामहारानी रत्नराज्यलक्ष्मी शाह नर्भिकबाट डिस्चार्ज

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134295
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web