• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 30th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

जनसंख्या बढ्ने दर घटेपनि नेपालमा अझै परिवार नियोजनको आवश्यकता छ : डा. बर्मेजो

May 1st, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जनसंख्या बढ्ने दर  घटेपनि नेपालमा अझै परिवार नियोजनको आवश्यकता छ : डा. बर्मेजो

हेल्थ टुडे,
काठमाडौं, १८ बैसाख : अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघ (आईपीपीएफ) का महानिर्देशक डा. अल्भारो बर्मेजोले जनसंख्या बढ्ने दर घटेपनि नेपालमा अझै परिवार नियोजनको आवश्यकता रहेको बताएका छन् । चार दिने भ्रमणका लागि आईतबार काठमाडौं आइपुगेका महानिर्देशक डा. बर्मेजोले जनसंख्या वृद्घिदर घट्दैमा परिवार नियोजनको औचित्य नसकिने भन्दै खुशी र व्यस्थित परिवार निर्माणका लागि परिवार नियोजनमा सरकारले लगानी बढाउनु पर्नेमा जोड दिएका छन् ।
नेपाल परिवार नियोजन संघको केन्द्रिय कार्यालय पुल्चोकमा समाजका विभिन्न तह र तप्काका प्रतिनिधिहरुसँगको अन्तरक्रियामा डा. बर्मेजोले जपान लगायतका संसारका थुप्रै देशहरुमा जनसंख्या बढ्ने दर घटेको भए पनि परिवार नियोजनको औचित्य अझ बढ्दै गइरहेको बताए ।
उनले भने,‘परिवार नियोजन सेवालाई हामीले जनसंख्या घट्ने र बढ्नेसँग मात्र हामीले हेर्नु हुदैन । परिवार नियोजन सेवा त हरेक व्यक्ति र परिवारका लागि व्यवस्थित परिवार निर्माणका लागि नभई हुदैन । ’
नेपाल भ्रमणका क्रममा आफुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर परिवार नियोजन सेवामा लगानी बढाउन आग्रह गर्ने डा. बर्मेजोले जानकारी दिए । नेपालमा यौन तथा प्रजनन् स्वास्थ्यका क्षेत्रमा नेपाल परिवार नियोजन संघले गरिरहेको काम प्रसंसनिय रहेको भन्दै डा. बर्मेजोले भविश्यमा पनि संघलाई आईपीपीएफको सहयोग जारी रहने बताए । आईपीपीएफ दक्षिण एशियाली क्षेत्रकी क्षेत्रिय निर्देशक सोनल मेहताले समुदायमा परिवार नियोजनका बिषयमा व्यापक जनचेतना नभएकाले परिवार नियोजनलाई जनसंख्यासँग मात्र हेर्ने गरिएको बताउदै जनचेतना बिस्तार गर्दै परिवार नियोजन सेवा व्यापक बनाउदै लैजानु पर्ने आवश्यकता रहेको बताइन ।
नेपाल परिवार नियोजन संघका अध्यक्ष हिमाल कसजूले अहिले पनि २५ प्रतिसत नेपालीले चाहेको बेला परिवार नियोजनका साधन पाउन नसकेको तथ्यांक प्रस्तुत गर्दै परिवार नियोजन सेवा जनताको अधिकार भएकोले सरकारले यसबाट पन्छिन नमिल्नेमा जोड दिए ।
संघका कार्यकारी निर्देशक डा.नरेश प्रताप केसीले नेपालको कुल परिवार नियोजन सेवाको २० प्रतिसत हिस्सा नेपाल परिवार नियोजन संघले पुर्याइरहेको दावी गर्दै यौन तथा प्रजनन् स्वास्थ्यको क्षेत्रमा सरकारले लगानी घटाउने अवस्था नरहेको बताए । कार्यक्रममा महिला यौनकर्मी,अपांगता भएका व्यक्ति, यौनिक अल्यसंख्यक , एचआईभी संक्रमित सहित सरोकारवाला निकायमा प्रतिनिधिहरुले परिवार नियोजन सेवाको निरन्तरताका लागि आईपीपीएफले सहयोग जारी राख्ने पर्नेमा जोड दिएका थिए । आईपीपीएफले बिगत ६२ वर्षदेखि नेपालमा नेपाल परिवार नियोजन संघ मार्फत आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउदै आइरहेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article राष्ट्रिय आँखा रणनीतिबारे नेत्रज्योति संघको पत्रकारलाई प्रशिक्षण
Next article डेन्टल एसोसिएसनको अध्यक्षमा डा. प्रणय शाक्य निर्विरोध

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134396
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web