• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य मन्त्री बस्नेतको निर्देशन, ३ करोड जनताको स्वास्थ्यको ख्याल गरेर काम गर्नुस्

May 7th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य मन्त्री बस्नेतको  निर्देशन,  ३ करोड जनताको स्वास्थ्यको ख्याल गरेर काम गर्नुस्

हेल्थ टुडे,
काठमाडौं, २४ बैसाख : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ३ करोड जनताको स्वास्थ्यलाई ख्याल गरेर काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन । आईतबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालय मातहतका ५ वटै महासाखाका कर्मचारीलाई निर्देशन दिदै मन्त्री बस्नेतले अन्य मन्त्रालयको तुलनामा स्वास्थ्य मन्त्रालयको काम संवेदनशील भएकाले जनताको स्वास्थ्यलाई ध्यानमा राखेर नीति योजना बनाउन पर्नेमा जोड दिएका हुन । स्वास्थ्य मन्त्रालय अहिले आगामी बर्षको बजेटमा गृहकार्यमा जुटेकोले विपन्न जनताले स्वास्थ्य सेवा पाउने ग्यारंटी गर्ने किसिमले बजेट विनियोजन गर्न मन्त्री बस्नेतले कर्मचारीहरुलाई निर्देशन दिए । चिकित्सक र कर्मचारीले सफलताका साथ जिम्मेवारी बहन गरे मात्र जनताले सहज उपचार सेवा पाउने र त्यसकै आधारमा मन्त्री पनि सफल हूने बस्नेतले बताए । सरकारी अस्पतालमा कार्यरत चिकित्सक अब्बल भए पनि विरामीको चाप बढी हुने भएकाले उपचार ढिलो हुने गरेको स्मरण गराउदै चिकित्सकहरुका समस्या पनि मन्त्रालयले सुनेर तिनको सम्बोधन हुनु पर्ने बताए । निजी क्लिनिकमा काम गर्ने चिकित्सकहरुले विरामी जाचे बाफतको शुल्क बढाउन लागेको आफुले पनि सुुनेको भन्दै विरामी र चिकित्सक दुबै पक्षलाई मर्का नपर्ने गरि शुल्क तोक्न मन्त्रालयले सहजिकरण गर्नु पर्नेमा उनले जोड दिए । मन्त्रालयका समस्या समाधानकालागि आफूले कर्मचारीहरुलाई आवश्यक पर्ने समय दिन तयार रहेको बताउदै मन्त्री बस्नेतले मन्त्रालयको कामकाजमा ढिलाई नहोस भन्नका लागि आफूले आगन्तुकसँग भेटघाटको समय हरेक दिन साँझ ४ बजेपछि मात्र राख्न लागेको जानकारी दिए । उनले भने, अन्य भेटघाटले काममा बाधा नपरोस भन्ने हेतुले मैले आगन्तक भेटने समय साँझ ४ बजे पछि राख्दैछु ।
सूर्तिजन्य पदार्थमा दरको दायरा बढाएर भए पनि बिपन्न जनतालाई स्वास्थ्य उपचार दिनू पर्नेमा उनले जोड दिए । उनले भने, सूर्तिजन्य पदार्थमा कर बढाऔ र त्यसबाट संकलन भएको रकम वीर अस्पताल लगायतका विपन्नको उपचार हुने अस्पताललाई अनूदान दिऔ ।
सूर्तिजन्य पदार्थको करबाट उठ्ने रकम क्यान्सर लगायतका रोगमा मात्र खर्च गर्ने नियमलाई परिवर्तन गर्न आवश्यक भए प्रधानमन्त्रीसँग सल्लाह गरेर नियम परिवर्तन गर्ने मन्त्री बस्नेतले बताए । मन्त्री बस्नेतले मन्त्रालयमा गर्न सकिने सुधारका कामका बिषयमा आफुलाई लिखित रुपमा सुझाउ दिन कर्मचारीलाई आग्रह गरे । कमिसनका लागि अनावश्यक उपकरण किन्ने र तिनलाई प्रयोग नगरेर थन्क्याउने गलत प्रवृति अधिकांश सरकारी अस्पतालहरुमा बढिरहेको बताउदै मन्त्री बस्नेतले त्यो प्रवृति रोक्न कर्मचारीहरुलाई निर्देशन दिए । आउदो आर्थिक वर्षका लागि स्वास्थ्य मन्त्रालयको बजेट करिव ४० प्रतिसतले कटौती हुन लागेको सुन्नमा आएको बताउदै मन्त्री बस्नेतले बजेट बढाउनका लागि आफूले नेतृत्व गर्ने र सबै कर्मचारीले त्यसमा साथ दिनुपर्नेमा जोड दिए । कार्यक्रममा नीति योजना तथा अनुगमन महासाखाका उपसचिव लिला पौडेलले बजेट निर्माण र बजेट खर्चका बिषयमा प्रस्तुतिकरण गर्दै स्वास्थ्यमा बजेट घटेमा स्वास्थ्य विमा कार्यक्रम र विपन्नका लागि उपचार सेवा बढी प्रभावित हुने जानकारी दिए । कार्यक्रममा प्रशासन महासाखा, नीति, योजना तथा अनुगमन महासाखा, गुणस्तर मापन महासाखा, जनसंख्या व्यवस्थापन र स्वास्थ्य समुन्वय महासाखाका कर्मचारीहरु सहभागी दिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मिलेमतोमा मापदण्डविपरीत बढाइयो ओपीडी शुल्क
Next article स्वास्थ्य प्रणाली सुधार्न स्वास्थ्य पत्रकारहरुको भूमिका महत्वपूर्ण : स्वास्थ्य मन्त्री बस्नेत

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133127
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

40
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

33
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web