• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य प्रणाली सुधार्न स्वास्थ्य पत्रकारहरुको भूमिका महत्वपूर्ण : स्वास्थ्य मन्त्री बस्नेत

May 10th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य प्रणाली सुधार्न स्वास्थ्य पत्रकारहरुको भूमिका महत्वपूर्ण : स्वास्थ्य मन्त्री बस्नेत

काठमाडौ, २७ बैसाख : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य प्रणाली सुधार्न स्वास्थ्य पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । बुधबार स्वास्थ्य मन्त्रालयमा आयोजित स्वास्थ्य विटमा कलम चलाउने पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा मन्त्री बस्नेतले देशको स्वास्थ्य प्रणाली सुधार्न आफुलाई स्वास्थ्य पत्रकारहरुको सहयोग र सहकार्य आवश्यक रहेको बताए । उनले भने, ‘स्वास्थ्य मन्त्रालय सुधार्ने औषधि म सँग छ । त्यसमा स्वास्थ्य पत्रकार साथीहरुको सहयोग चाहिन्छ । ’
स्वास्थ्यमा लामो समय कलम चलाउन पत्रकारहरुसँग लामो अनुभव भएको बताउदै त्यो अनुभवलाई स्वास्थ्य अवस्था सुधार्न प्रयोग गर्न आवश्यक रहेको मन्त्री बस्तेतले बताए । मन्त्री बस्नेतले पत्रकारहरुसँग देशको स्वास्थ्य अवस्था सुधार्न अवलम्बन गर्नु पर्ने सुभाव मागेका थिए । पत्रकारहरुले आफुले देखेका समस्याका बिषयमा मन्त्री बस्नेतलाई बुदाँगत रुपमा सुझाव दिएका थिए । पत्रकारहरुले स्वास्थ्य बिमा, बजेट, कर्मचारी सरुवा, चिकित्सकको सेवा शुल्क, आयुर्वेद, सूचना संयन्त्र लगायतका बिषयमा केन्द्रित रहेर सुझाव दिएका थिए । आफु लामो समय स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्दै राजनीति गरेको स्मरण गराउदै बस्नेतले स्वास्थ्य सेवा सुधार गर्न सक्छु भन्ने लागेर नै आफु स्वास्थ्य मन्त्री भएको दावी गरे । उपचार शुल्क तिर्न नसकेर मृत्यबरण गर्नु पर्ने अवस्थाको अन्त्य गर्नका लागि सूर्तिजन्य पदार्थका कर बढाएर भए पनि बिपन्नको उपचार गर्ने फण्ड खडा गर्न लागिएको मन्त्री बस्नेतले जानकारी दिए । उनले भने, ‘ विपन्न विरामीका लागि त्यो फन्ड वीर अस्पताल जस्ता अस्पताललाई दिएर सबैको उपचार हुने वातावरण मिलाइने छ । ’ चिकित्सकहरुले विरामी जाचे बाफत लिने शुल्क जेठ १ गतेदेखि बढाउन लागिएकोमा मन्त्री बस्नेतले सरोकारवालाहरुसँग बसेर यस बिषयमा मन्त्रालयले सहजिकरण गरेर विरामीलाई मर्का नपर्ने गरि निर्णय गरिने जानकारी दिए ।
आफु काममा बिश्वास गर्ने मान्छे भएकाले स्वास्थ्यमा धेरै गर्न सकिने आधार रहेको उनले बताए । स्वास्थ्य पत्रकारहरुबाट प्राप्त सुझाव र सल्लाहबाट आफु उत्साहित भएको बताउदै मन्त्री बस्नेतले ती सुझाव क्रमश पालना गर्दै जाने बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य मन्त्री बस्नेतको निर्देशन, ३ करोड जनताको स्वास्थ्यको ख्याल गरेर काम गर्नुस्
Next article खुद्रा तथा होलसेल पशलहरुमा सूर्तिजन्य पदार्थको विज्ञापन बन्द गर्न निर्देशन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133279
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

42
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

51
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web