• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सूर्तिजन्य पदार्थमा ७५ प्रतिसत कर लगाउनु पर्ने ‘ द युनियन’ को सुझाव

May 12th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सूर्तिजन्य पदार्थमा ७५ प्रतिसत कर लगाउनु पर्ने ‘ द युनियन’ को सुझाव

पदमराज जोशी,
काठमाडौं, २९ बैसाख : नेपाल सरकारले सूर्तिजन्य पदार्थमा ७५ प्रतिसत कर लगाउनु पर्ने सरोकारवालाहरुले सुझाव दिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतसँग शुक्रबार भएको भेटमा उनीहरुले नेपाल सरकारले विश्व स्वास्थ्य संगठन र विश्व बैंकले तोके बमोजिम सूर्तिजन्य पदार्थको खुद्रा मुल्यमा कम्तिमा पनि ७५ प्रतिसत कर लगाउनु पर्ने व्यवस्था गर्न सुझाव दिएका हुन । क्षयरोग तथा फोक्सो रोग विरुद्घ क्रियाशिल अन्तर्राष्ट्रिय संस्था ‘ द युनियन’ सिंगापुरका क्षेत्रिय निर्देशक डा. तारा सिंह बम र एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्दले नेपाल सरकारले सूर्तिजन्य पदार्थमा दक्षिण एशियाकै सबैभन्दा कम ३३ प्रतिसत कर लगाइरहेको जानकारी गराउदै विश्व स्वास्थ्य संगठन र विश्व बैंकको सुझाव अनुसार अन्तःशुल्क दर र स्वास्थ्य जोखिम कर परिमार्जन गरि ७५ प्रतिसत पुर्याउनु पर्ने सल्लाह दिएका हुन ।
छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले सूर्तिजन्य पदार्थमा लाग्ने कर बढाएर त्यसबाट संकलित रकम विपन्न जनताको निशुल्क स्वास्थ्य उपचारमा खर्च गर्ने गरि आफूले प्रधानमन्त्री, अर्थमन्त्री सहित उच्च अधिकारीसँग कुराकानी गरिरहेको र यसले चाडै सकारात्मक प्रतिफल दिने बताए । स्वास्थ्य कर कोषको सम्पूर्ण रकम स्वास्थ्य मन्त्रालय मार्फत खर्च हुनु पर्ने र त्यसको लाभ साच्चिकै विपन्न विरामीले लिन पाउने गरि कार्यविधि बनाएर अगाडि बढ्न आफुले मन्त्रालयका अधिकारीलाई निर्देशन समेत दिइसकेको मन्त्री बस्नेतले जानकारी दिए । ‘ द युनियन’ का क्षेत्रिय निर्देशक डा.बमले नेपालमा अहिले चुरोटमा कायम अन्त: शुल्क दर १८ प्रतिसतलाई बढाएर ५४ प्रतिसत बनाउनु पर्ने र स्वास्थ्य जोखिम कर प्रति खिल्ली ६० पैसाबाट बढाएर प्रतिखिल्ली १ रुपैया बनाउनु पर्ने सुझाव दिए । त्यसै गरि डा. बमले सूर्तिजन्य पदार्थ नियन्त्रण तथा निगमन गर्ने ऐन २०६८ संघियताको भावना अनुकुल नरहेकाले त्यसलाई संसोधन गर्नु पर्ने, सूर्तिजन्य पदार्थको बट्टा वा प्याकेटमा ९० प्रतिसत चेतावनीमूलक सन्देश राख्नै पर्ने व्यवस्था कार्यन्वयन गर्नु पर्ने र स्वास्थ्य कर कोषको परिचालन बैज्ञानिक रुपमा गरिनु पर्ने बताए ।
एक्सन नेपालका अध्यक्ष चन्दले नेपालमा सूर्तिपदार्थको सेवनकै कारण बर्षेनी ३७ हजार जनाले ज्यान गुमाइरहेको तथ्यांक प्रस्तुत गर्दै नेपालमा कुल जनसंख्याको झण्डै २९ प्रतिसतले धूम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन गर्ने गरेको पाइएको जानकारी दिए । एक्सन नेपालले हालै गरेको अध्ययनले सूर्तिजन्य पदार्थको सेवनबाट हुने क्यान्सर रोगको निदान तथा उपचारमा आउने विरामीको आर्थिक भार १६ प्रतिसत विरामीले उपचारका लागि आफ्नो घर खेत बेच्ने गरेको देखाएको बताउदै चन्दले सूर्तिजन्य पदार्थको सेवन न्युनिकरणमा सरकारले विशेष ध्यान दिनु पर्ने बताए । मन्त्री बस्नेतले सरोकारवाला विज्ञहरुले दिएका सुझावहरुलाई व्यवहारमा लागु गर्न आफु तयार रहेको बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बंगालादेशले उन्मूलन गर्यो हात्तीपाइले
Next article खुद्रा तथा होलसेल पशलहरुमा सूर्तिजन्य पदार्थको विज्ञापन बन्द गर्न निर्देशन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134333
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web