• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 25th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

देश भरिका जिल्ला अस्पताल बैतडी सर्वोत्कृष्ट

May 15th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
देश भरिका जिल्ला अस्पताल बैतडी सर्वोत्कृष्ट

हेल्थ टुडे,
बैतडी, १ जेठ : देशभरका प्राथमिक अस्पतालमध्ये जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा सञ्चालनसम्बन्धी मापदण्डमा सर्वोत्कृष्ट भएको छ। न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम मूल्याङ्कनका आधारमा जिल्ला अस्पताल ९५ प्रतिशत अङ्क प्राप्त गरी सर्वोत्कृष्ट हुन सफल भएको हो।

न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमका संयोजक विमलचन्द्र पुनले आइतबार आयोजित कार्यक्रममा देशभरका प्राथमिक अस्पतालको मूल्याङ्कनका आधारमा बैतडी जिल्ला अस्पताल पहिलो भएको घोषणा गर्नुभयो। सो अवसरमा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जिल्ला अस्पतालले उपचारमा निकै ठुलो फड्को मारेको बताउनुभयो। अस्पतालको स्वास्थ्य उपचार सेवा दीर्घकालसम्म टिकाइराख्नुपर्नेमा उहाँले जोड दिनुभयो। १५ शय्या क्षमताको यस अस्पतालमा पाँच जना विशेषज्ञ चिकित्सक र सात जना मेडिकल अधिकृत गरी १२ जना स्वास्थ्यकर्मी छन्। सो अस्पतालबाट यो आर्थिक वर्ष २९ हजार बिरामीले सेवा लिएको पाइएको छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय, सुदूरपश्चिम प्रदेशद्वारा गरिएको अस्पतालको व्यवस्थापन, क्लिनिकल सेवा र सहयोगात्मक सेवा अन्तर्गत हुने मूल्याङ्कनमा एउटा नमुना अस्पतालका रूपमा उभिन सफल भएको अस्पतालका निमित्त मेडिकल सुरिन्टेन्डेन्ट डा. दीपेश श्रेष्ठले बताए ।

सुपरिन्टेन्डेन्ट डा. श्रेष्ठले भने “मूल्याङ्कनमा ७५० भन्दा बढी बुँदा हुन्छन्। बैतडीमा ५० शय्याको अस्पताल भवन बने पनि दरबन्दी १५ शय्याको मात्रै छ। सरकारबाट १५ शय्याको मात्रै सेवासुविधा आए पनि हामीले ४९ बेड सञ्चालन गरेर बिरामीको उपचार गरिरहेका छौँ।”
नेपाल सरकारले ७० वटा औषधी निःशुल्क भने पनि बैतडी अस्पतालले एक सयभन्दा बढी औषधी निःशुल्क दिने गरेको छ। हाडजोर्नी तथा नसारोग विशेषज्ञ, नाक, कान, घाँटीरोग विशेषज्ञ, बालरोग विशेषज्ञ, एनेस्थेसियोलोजिस्ट, स्त्रीरोग विशेषज्ञ, दन्तरोग विशेषज्ञसहित १२ जना चिकित्सकले सेवा दिइरहेका छन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बंगालादेशले उन्मूलन गर्यो हात्तीपाइले
Next article स्वास्थ्य तथा जनसंख्या मन्त्रीको प्रेस संयोजकमा दुलाल

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132029
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

34
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web