हेल्थ टुडे,
काडमाडौं, १० असार : नेपालमा ५७ प्रतिसत विवाहित महिलाले परिवार नियोजनका साधन प्रयोग गर्ने गरेको पाइएको छ । हालै सार्वजनिक गरिएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ का अनुसार त्यसमध्ये ४३ प्रतिसत महिलाले आधुनिक परिवार नियोजनको साधन वा विधि प्रयोग गर्छन भने १५ प्रतिसतले परम्परागत विधि प्रयोग गर्ने गरेका छन् । सर्वेक्षणले महिला वन्ध्याकरण, डिपो र इम्प्लान्ट जस्ता आधुनिक परिवार नियोजनका साधन वा विधिहरु नेपालमा सबैभन्दा बढी प्रयोग भएको पाइएको छ । सरकारले परिवार नियोजनका साधन प्रयोगदर ८० प्रतिसत पुर्याउने बताउदै आएको वर्षै भइसकेको भए पनि त्यस अनुसार लक्ष्य पुरा गर्न सकिरहेको छैन । २२ प्रतिसत महिलाले अहिले पनि चाहेर पनि परिवार नियोजनका साधन प्राप्त गर्न सकिरहेका छैनन् ।
नेपालमा परिवार नियोजनको साधन प्रयोग गर्ने विवाहित महिला ५७ प्रतिसत
![नेपालमा परिवार नियोजनको साधन प्रयोग गर्ने विवाहित महिला ५७ प्रतिसत](http://healthtodaynepal.com/wp-content/uploads/2023/06/a-fpan-new-blog-fp-22-square-850X567.jpg)
Leave a Reply