• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेत्रज्योति संघ र ललितपुर महानगरबिच सम्झौता, ज्येष्ठ नागरिकको घरमै आँखा उपचार

July 4th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेत्रज्योति संघ र ललितपुर महानगरबिच सम्झौता, ज्येष्ठ नागरिकको घरमै आँखा उपचार

हेल्थ टुडे,
ललितपुर, १९ असार : नेपाल नेत्रज्योति संघ र ललितपुर महानगरपालिका बिच महानगरका सम्पुर्ण जेष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरुको निशुल्क आँखा उपचार गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सोमबार ललितपुर महानगरपालिकामा आयोजित ललितपुर महानगरपालिका र स्वास्थ्य सरोकारवाला संस्थाहरु बिच “जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुसंग महानगरपालिका कार्यक्रम” सञ्चालन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
उक्त सम्झौतापत्रमा नेपाल नेत्रज्योति संघका तर्फबाट महासचिव भरतबहादुर चन्द र कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले र महानगरिपालिकाका तर्फबाट महानगर प्रमुख चिरिबाबु महर्जन र प्रमुख कार्यकारी अधिकृत गणेश अर्यालले हस्ताक्षर गरेका छन् ।
महानगरपालिकाले विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा नगरभित्रका जेष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरुको घरघरमै गएर विभिन्न समस्याहरुको परिक्षण गर्नेछ । महानगरको उक्त कार्यक्रममा नेपाल नेत्रज्योति संघले आँखा जाँच तथा उपचारमा महानगरलाई प्राविधिक सहयोग गर्ने बताउछन् संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्र ।
उक्त सम्झौैता हस्ताक्षर कार्यक्रममा बोल्दै महानगर प्रमुख महर्जनले शारिरिक असक्तता र विभिन्न बाध्यताले अस्पतालसम्म पुग्ने नसकेका जेष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरुलाई घरघरमै गएर उपचार गर्ने योजनामा साथ दिएको नेत्रज्योति संघलाई धन्यबाद दिँदै यो सहकार्य दिर्घकालसम्म चलिरहने समेत बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै संघका महासचिव भरतबहादुर चन्दले नेपालका कोहि पनि नागरिकहरु पहँच र पैसाको अभावमा आँखा उपचार सेवाबाट बन्चित नहुन् भन्ने उद्देश्यले संघले देशैभरी विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको बताउँदै नेपालको अन्धोपना न्यूनिकरणमा जनप्रतिनिधिहरुले निर्वाह गरेको महत्वपुर्ण भुमिकाका लागि धन्यबाद दिँदै आगामी दिनमा पनि नेपालबाट उपचार पछि निको हुने अन्धोपन निवारणका लागि तिनै तहका सरकारहरुसंग सहकार्य र समन्वय गरि अगाडी बढ्ने समेत बताए ।
नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५४ आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरु मार्फत नागरिकहरुलाई गुणस्तरिय आँखा उपचार सेवा प्रवाह गर्दै आईरहेको छ ।
उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा संघका कोषाध्यक्ष द्रोणप्रसाद गुराँगाई, महानगरका विभिन्न वडाका वडाध्यक्ष एबं विभिन्न संघ संख्थाका प्रतिनिधिहरुको समेत उपस्थिती थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आयुर्वेदको विकास गर्ने कार्ययोजना लिएर आउनुहोस, तत्काल कार्यन्वयन गर्छु : मन्त्री बस्नेत
Next article भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.चालिसे

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134304
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web