• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 2nd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

रक्तदाताले दान गरेको रगतको सही सदुपयोग हुनु पर्छ : स्वास्थ्य मन्त्री बस्नेत

July 28th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
रक्तदाताले दान गरेको रगतको सही सदुपयोग हुनु पर्छ : स्वास्थ्य मन्त्री बस्नेत


हेल्थ टुडे,

काठमाडौं, १२ साउन : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले रक्तदाताले दान गरेको रगतको सही सदुपयोग हुनु पर्ने बताएका छन् । ५८ औं रक्तसञ्चार सेवा दिवसको अवसरमा शुक्रबार राजधानीमा नेपाल रेडक्रस सोसाइटीले अयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले दाताले दान गरेको रगतको सही सदुपयोगमा नेपाल रेडक्रस सोसाइटीले विशेष ध्यान दिनु पर्ने बताएका हुन । मन्त्री बस्नेतले भने, ‘दाताले दान गरेको रगत सदुपयोग भएन भए त्यो अपराध हो । त्यो हुनु हुदैन । ’
विश्व मै नेतृत्वदायी भूमिका खेलिरहेको रेडक्रसले आफ्नो छवि धमिलो बनाउने कामबाट टाढै रहन मन्त्री बस्नेतले सुझाव दिए । उनले भने, ‘पवित्रतामा थोरै धमिलो भए पनि छवि विग्रन्छ । रेडक्रस जस्ता संस्थाले यो कुरा बुझ्नु पर्छ । ’ आफु पनि बिगत ४० वर्षदेखि रक्तदान लगायत समाजिक काममा होमिएको बताउदै बस्नेतले प्राकृतिक प्रकोपको बेला नेपाल रेडक्रसले गरेको मानविय सेवा उल्लेखनिय रहेको स्मरण गरे । मैनबत्तीले आफू बलेर अरुलाई उज्यालो दिए जस्तै रेडक्रसमा लागेका व्यक्तिहरुले आफ्नो व्यक्तिगत फाइदा भन्दा अरुको भलाईका लागि काम गर्नु पर्नेमा जोड दिदै मन्त्री बस्नेतले समाजिक भावना र संकल्प बोकेको व्यक्ति मात्र रेडक्रसमा लाग्नु पर्ने बताए ।
कार्यक्रममा मन्त्री बस्नेतले रक्तदानमा उल्लखनिय सेवा गरेका विभिन्न व्यक्ति र संस्थाहरुलाई सो अवसरमा सम्मान गरेका थिए । सम्मानित हुनेहरुमा रेयूकाई नेपाल, रोटरी क्लव, स्वयंसेवी रक्तदाता समाज, ब्लोदान, विभिन्न नगरपालिका, रेडक्रसका विभिन्न जिल्ला साखा सहित कर्मचारी र समाजिक संस्थाहरु छन् । कार्यक्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.रुणा झाले एक वर्ष अगाडि गरिएको अनुसन्धानले नेपालका ब्लड बैंकहरुको अवस्था दयनिय रहेको देखाएको जानकारी गराउदै ब्लड बैंकहरुको सुधारमा रेडक्रसले ध्यान दिन आवश्यक रहेको बताइन । रक्तसञ्चार केन्द्रले लिने गरेको सेवा शुल्क सम्बन्धी पनि विरोध आउने गरेको स्मरण गराउदै डा. झाले त्यसलाई पनि गुनासो नआउने गरि काम गर्नु पर्नेमा जोड दिइन । रेपिड टेष्टको प्रयोगका बिषयमा अन्तर्राष्टिय स्तरमा समेत कुरा उठेकाले रेपिड टेष्ट बन्द नै गर्नु पर्ने सुझाव डा. झाको थियो ।
समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्टले मानविय सेवालाई मूल लक्ष्य बनाएको रेडक्रसले त्यही लक्ष्य अनुसार काम गर्नु पर्ने बताउदै परिषद्ले असल काममा सधै सहयोग गर्ने बताए । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालले रेडक्रसले सबै मानविय सेवालाई प्राथमिकता दिएर काम गरिरहेको बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article वीरको त्यो बेड, जहाँ २०४४ सालदेखि कुनै विरामी भर्ना भएको छैन
Next article वीर अस्पताल नसुधारी देशको स्वास्थ्य अवस्था सुध्रिदैन : स्वास्थ्य मन्त्री बस्नेत

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131639
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web