• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कान्ति अस्पतालको घटनामा दोषीलाई कडा कारवाही गर्छौ : स्वास्थ्यमन्त्री बस्नेत

September 10th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कान्ति अस्पतालको घटनामा दोषीलाई कडा कारवाही गर्छौ : स्वास्थ्यमन्त्री बस्नेत

हेल्थ टुडे,
काठमाडौं, २४ भदौ : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु प्रकरणमा दोषी देखिएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई कडा कारवाही गरिने बताएका छन् । इजिप्टको राजधानी कायरोमा सम्पन्न जनसंख्या र विकास सम्बन्धी विश्व सम्मेलनमा भाग लिएर आईतबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री बस्नेतले आफुले ईजिष्टमा रहेका बेला कान्तिको घटनाका बिषयमा थाहा पाएको बताउदै लगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोषन पोखरेलाई फोन गरेर घटनाका बिषयमा छानविन समिति बनाएर दोषीलाई कडा कारवाही गर्न निर्देशन दिएका बताए ।
मन्त्री बस्नेतले आफुले यस बिषयमा थप बुझेर दोषीमाथि कडा कारवाही गर्न पछि नपर्ने बताए । स्वास्थ्य अवस्था जटिल भएकी एक बालिकालाई आकस्मिक कक्ष बाहिर घण्टौँ राखिएको र उपचार नपाई ज्यान गएको भन्ने खबर सार्वजनिक भएपछि स्वास्थ्य मन्त्रालयको निर्देशनपछि कान्ति बाल अस्पतालले छानविन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।
अस्पतालले डा प्रकाश जोशीको संयोजकत्वमा नर्सिङ अधिकृत अजिता सिलवाल र शाखा अधिकृत डमरु दाहाल सदस्य भएको छानविन समिति गठन गरेको हो । उक्त समितिलाई गत १८ गते सोमबार रातको समयमा अस्पतालको इमरजेन्सी वार्डमा भएको घटनाको सत्यतथ्य पत्ता लगाई पाँच दिन भित्र प्रतिवेदन बुझाउन भनिएको छ । काठमाडौंको बाफल बस्ने मकवानपुर थाहा नगरपालिका– १० की पाँच वर्षीया रेजिशा गोपालीलाई उच्च ज्वरो आएपछि आमा रिता गोपाली र हजुरबा कृष्णबहादुर गोपालीले सोमबार साँझ ५ बजे बजे कान्तिको इमर्जेन्सी कक्षमा पु¥याएका थिए ।
इमर्जेन्सीमा बिरामीको भिड थियो । दुई घन्टासम्म कुर्दा पनि इमर्जेन्सीको उपचार नपाएपछि सोही साँझ ७ १० बजे रेजिशाको मृत्यु भएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पुर्व राष्ट्रपति डा.यादव वीर अस्पताल भर्ना, अवस्था बुझ्न वीर पुगे स्वास्थ्यमन्त्री
Next article स्वास्थ्य मन्त्री बस्नेत स्वदेश फिर्ता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134360
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web