• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिकित्सक संघको राष्ट्रिय स्वास्थ्य सम्मेलन यही असोज १२ र १३ मा हुने

September 24th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

हेल्थ टुडे,
काठमाडौं, ७ असोज : नेपाल चिकित्सक संघले तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन ( थर्ड एनएमए नेसनल हेल्थ समिट– २०२३) यही असोज १२ र १३ गते राजधानीमा आयोजना गर्ने भएको छ ।
‘गुणस्तरीय स्वास्थ्य सेवाको प्रबद्र्धन : अवसर र चुनौति’ मुख्य सन्देशसहित सम्मेलन गर्न लागिएको संघले आईतबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । संघका महासचिव डा. सन्जिव तिवारीले सम्मेलनमा विभिन्न छ वटा शीर्षकहरुमा नीतिगत विचार, विमर्श तथा बहस हुने जानकारी दिए ।
यस वर्षको सम्मेलन आयोजक कमिटिका अध्यक्ष प्रा. डा. चोपलाल भुसालले समिटमा नीतिगत विचार विर्मस मार्फत सैद्धान्तिक बहसका लागि दोस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनका उपलब्धि, चिकित्सा विज्ञानको विकासका लागि खोज, अनुसन्धान तथा नवप्रवर्तन, स्वास्थ्य सेवा प्रणालीको उन्नयनका लागि स्वास्थ्य अर्थशास्त्र, सुरक्षित स्वास्थ्य सेवा प्रवाहको सबलीकरण लगायतका बिषयमा बहस हुने बताए ।
चिकित्सक संघका पुर्व अध्यक्ष डा. लोचन कार्कीले संघ हडताल गर्ने संस्थामात्र होइन सरकारको थिंक ट्यांक पनि हो भन्ने कुरा बुझाउन पनि समिट आयोजना गर्न लागिएको बताए । समिटका नेपालको स्वास्थ्य प्रणालीमा भएका अवसर र चुनौतिका बिषयमा खुलेर विज्ञहरुबिच छलफल गरिने डा. कार्कीले जानकारी दिए ।
सम्मेलनमा बिषयविज्ञ, प्रबुद्धवर्ग, नेतृत्व तथा सरोकारवालाहरुको प्रत्यक्ष सहभागितामा नीतिगत विचार विर्मसमार्फत सैद्धान्तिक बहस हुने नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले जानकारी दिए। उनले गुणस्तरीय स्वास्थ्य सेवा सबैको पहूचमा पुर्याउन सम्मेलनले पैरवी गर्ने समेत जानकारी दिए।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य बीमा बोर्डका कार्यकारी बसौलालाई किन सोध्यो स्वास्थ्यले स्पष्टिकरण
Next article स्वास्थ्य मन्त्री बस्नेत सम्मानित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132287
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web