• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 11th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

फर्मा कन्क्लेभ २०२३ सम्पन्न

October 12th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

हेल्थ टुडे,
काठमाडौं, २५ असोज : नेपाली औषधी उद्योगको वर्तमान अवस्थाको चित्रण गर्न र भावी कार्ययोजनाको खाका कोर्ने उद्देश्यले नेपाल औषधी उत्पादन संघ (एप्पोन) र औषधी व्यवस्था विभागले संयुक्त रुपमा विहीवार राजधानीको याक एण्ड यति होटलमा आयोजना गरेको फर्मा कन्क्लेभ २०२३ सम्पन्न भएको छ । कन्क्लेभको उद्देश्य माथि प्रकाश पादै नेपाल औषधि उत्पादन संघ (एप्पोन) का अध्यक्ष प्रज्ज्वल जंग पाण्डेले ओषधी उद्योगसंग सम्बन्धी उत्पादक, व्यवसायी, निति निर्माण र अनुसन्धान कर्ता एकै ठाउँमा भेला भएर औषधीको विकासमा साझा अजेण्डामा छलफल गरेर नेपालमा पहिलो पटक फर्मा कन्क्लेभ आयोजना गरिएको जानकारी दिए ।
नेपाल औषधी उद्योग ५० प्रतिशत औषधी उत्पादनमा आत्मनिर्भर रहेको बताउदै अध्यक्ष पाण्डेले औषधीमा पुरै आत्मनिर्भर हुन कन्क्लेभले नयाँ दिशा निर्देश गर्ने दाबी गरे । औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले फर्मा कन्क्लेभले नेपाललाई भविश्यमा औषधीमा आत्मनिर्भर हुने अभियानमा इट्टा थप्ने काम गर्ने बताए । ५० प्रतिशत औषधी उत्पादन स्वदेशमै भइरहेको अवस्थामा त्यो संख्या बढाउन धेरै मेहनत गर्नुपर्नेमा ढकालले जोड दिए । नेपाली औषधी उद्योगहरुले अर्को फड्को मार्नु पर्ने बेला आएको बताउदै महानिर्देशक ढकालले सिर्जनात्मक ढंगले अगाडि बढ्नु पर्नेमा जोड दिए । कार्यक्रममा बंगालादेशको ढाका विद्यालयको फार्मेसी विषयमा डिन डा.सितेष सी बचरले बंगलादेश ९७ प्रतिशत औषधीमा आत्मनिर्भर भएको बताउदै नेपालले पनि आत्मनिर्भरताका बाटोमा आफूलाई हिडाउनु आवश्यक रहेको बताए । भारतबाट आएका फार्मेसी विज्ञ डा.निकुञ्ज पटेलले नेपाली औषधीले फट्को मार्ने हो भने विदेशमा औषधी निर्यात गर्नै पर्नेमा जोड दिए । कार्यक्रममा विभिन्न सेसनमा विज्ञहरुका बिच प्यानल डिस्कसन गराइएको थियो । कन्क्लेभ सफल भएको एप्पोनका महासचिव विप्लव अधिकारीले जानकारी दिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article किष्ट मेडिकल कलेजमा एकसाथ एकै व्यक्तिको मिर्गौला र कलेजो प्रत्यारोपण
Next article नेपाल औषधि उत्पादक संघको अध्यक्षमा महेश प्रधान निर्वाचित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132298
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web