• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 24th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

प्लास्टिक सर्जरीमा निखारिदै डा. सन्तोष

October 20th, 2023 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

हेल्थ टुडे,
ग्यालेक्सीबाट प्लस टु पास गरेपछि सन्तोषबहादुर भण्डारी एमबीबीएस पढ्न चीन गए । एमबीबीएस सकेपछि सन् २००४ मा उनी स्वदेश फर्के । प्लास्टिक, रिकन्स्ट्रटिभ एन्ड कस्मेटिक सर्जरीमा विशेषज्ञता हासिल गर्ने योजना एमबीबीएस पढ्दादेखिकै थियो उनको । उनको यो योजनामा शिक्षण पेसामा संलग्न बुवा कृष्ण भण्डारी र आमा शान्ता भण्डारीको पनि पूरापूर साथ रह्यो । विशेषज्ञता हासिल गर्न उनी दुई वर्ष पछि फेरि चीन गए । चीनबाट डा. भण्डारीले प्लास्टिक, रिकन्स्ट्रटिभ एन्ड कस्मेटिक सर्जरीमा विशेषज्ञता (एमएस) हासिल गरेर सन् २००९ मा स्वदेश फर्के ।
चीनमा एमएस पढ्दा उनका साथी थिए, सुष्मा कोइराला मेमोरियल हस्पिटलमा कार्यरत एक जना चिकित्सक । जो छात्रवृत्तिमा त्यहाँ पढ्न गएका थिए । ती चिकित्सकबाट उनले सुष्मा कोइराला मेमोरियल हस्पिटलको बिषयमा जानकारी पाएका थिए । आगोले जलेका, दुर्घटनामा परेर अंगभंग भएका विपन्न बिरामीको निःशुल्क उपचार हुने हस्पिटलको रूपमा आफूलाई उभ्याएको सुष्मा कोइराला हस्पिटलका विषयमा सुनेपछि उनलाई पनि लाग्यो त्यही हस्पिटलमा काम गर्न पाए हुन्थ्यो । नभन्दै विशेषज्ञता हासिल गरेपछि उनी नेपाल फर्केपछि सुष्मा कोइरालामा नै सुरु गरे चिकित्सकीय सेवा । हस्पिटलमा काम गर्दा उनका दुई वटा चाहना एकैसाथ पूरा भए, पहिलो प्लास्टिक, रिकन्स्ट्रटिभ एन्ड कस्मेटिक सर्जनको रूपमा अभ्यास सुरु गर्ने र अर्को विपन्न जनताको सेवा गर्ने । जेठो छोरो प्लास्टिक, रिकन्स्ट्रटिभ एन्ड कस्मेटिक सर्जन भएर जलेका, दुर्घटनामा परेर अंगभंग भएका विपन्नहरूको सेवा गर्न थालेपछि आमाबुवाले आफ्ना कान्छा छोरा र छोरीलाई पनि चिकित्सक पढाउने योजना बनाए ।
जसअनुसार अहिले कान्छो छोरा एनिस्थेसियोलोजिस्ट र छोरी स्त्री तथा प्रसूति रोग विज्ञ भएर आफ्नो कार्य क्षेत्रमा कार्यरत छन । तिनै छोराछोरी चिकित्सक भएपछि आमाबुवा प्रसन्न छन । आमाबुबाको खुसीलाई आफ्नो खुसी सम्झेर डा. भण्डारी पनि सुष्मा कोइराला मेमोरियल अस्पताल परिवारको सदस्य भएर अस्पतालमा मात्र नभएर देशका दूरदराजमा आयोजना हुने सर्जिकल शिविरमार्फत सेवा गर्न पाउँदा खुसी छन् । डा. भण्डारी भन्छन, ‘चिकित्सा पेसा भनेकै सेवामूलक हो । तर गैरनाफामूलक हस्पिटलमा विपन्न बिरामीको निःशुल्क उपचार गर्न पाउँदा मैले पाउने खुसी सबै चिकित्सकले पाउन सकेका छैनन् ।’
सुष्मामा काम गर्दा डा. भण्डारीले उपचार सेवा प्रदान गर्नुका साथै धेरै कुरा सिक्ने मौका पनि पाए । इन्टरप्लास्ट जर्मनीको सहयोगमा सञ्चालित यो अस्पतालमा बेलाबेलामा जर्मनबाट विशेषज्ञहरू आउने गरेका छन् । उनीहरूले प्लास्टिक, रिकन्स्ट्रटिभ एन्ड कस्मेटिक सर्जरीसम्बन्धी जटिलभन्दा जटिल शल्यक्रिया आधुनिक प्रविधिमार्फत गर्दै आइरहेका छन् । उनीहरूले जटिल शल्यक्रिया गर्दा नेपाली चिकित्सकहरूलाई पनि संलग्न गराएर नयाँ प्रविधिबाट शल्यक्रिया गर्न सिकाउँदै आइरहेका छन् । उनीहरूबाट आफूले सर्जरीका आधुनिक प्रविधि र त्यसको प्रयोग गरेर शल्यक्रिया गर्न सिकेको डा. भण्डारी बताउँछन् । ‘मेरालाई यो ठूलो मौका हो । अन्य अस्पतालमा भए यो अवसर मैले नपाउन पनि सक्थे ।’ डा. भण्डारी भन्छन् ।
सिनियर नेपाली चिकित्सकहरूबाट पनि आफूले धेरै कुरा सिक्ने मौका पाएको डा. भण्डारी स्मरण गर्छन् । उनी सेवा गर्दै गए, सिक्दै गए, अगाडि बढ्दै गए । सुष्मा कोइराला मेमोरियल हस्पिटल प्रवेश गरेको ११ वर्षमा डा. भण्डारीले करिव ६ हजार प्लास्टिक, रिकन्स्ट्रटिभ एन्ड कस्मेटिक सर्जरी गर्न भ्याएका छन् । यसको अर्थ उनले ६ हजार व्यक्तिको मुहारमा खुसी ल्याएका छन् । यो संख्या ठूलो हो । त्यसमा पनि विशेषगरी देशका कुनाकन्दराबाट आएका विपन्न व्यक्ति छन् । आगोले पोलिएकामध्ये कत्तिको अनुहारमा हाँसो फर्काएका छन् भने हात गुमाएकाहरूको हात बनाएका छन् ।
काम गर्र्दागर्दै अस्पतालले उनलाई हस्पिटलले ह्यान्ड एन्ड माइक्रो सर्जरीमा सुपरस्पासियालिटी पढ्न छात्रवृत्तिमा भारत पठायो । भारतको तमिलनाडुको गंगा मेडिकल कलेजमा उनले ह्यान्ड एन्ड माइक्रो सर्जरीमा सुपरस्पासियालिटी अध्ययन सकेर स्वदेश फर्किए । यो उच्च अध्ययनले उनलाई र हस्पिटलमा आउने बिरामीलाई निकै फाइदा मिल्यो । त्यसपछि उनले आफूले सिकेको सीपको प्रयोग गर्दै रिप्लान्टेसन सर्जरी गर्न थाले । किनकि नेपालमा जलेर अंगभंग हुने घटना पछि विभिन्न मेसिनमा काम गर्दा हात खुट्टाका औंलालगायतका अंग गुमाउनेको संख्या पनि ठूलो छ । इमानदार भएर काम गर्दै जाँदा ११ वर्षमै उनी सुष्मा कोइराला मेमोरियल हस्पिटलको मेडिकल डाइरेक्टर नियुक्त भएका छन् । केही महिनापहिले उनी मेडिकल डाइरेक्टर नियुक्त भएका हुन् । ५ कस्सल्टेन्ट, १५ जना नर्सिङ स्टाफ गरी हस्पिटलमा अहिले ६१ जना कर्मचारी कार्यरत छन् । आत्मसन्तुष्टि नै आफ्नो अहिलेसम्मको असली कमाइ भएको डा. भण्डारी बताउँछन् । मेडिकल डाइरेक्टर भएपछि उनी आफूमा थप जिम्मेवारी थपिएको र यो जिम्मेवारीलाई पनि सहज रूपमा पार लगाउन उनी दृढ संकल्पित छन् । सुष्मामै काम गर्दा देशका कुनाकप्चा पुगेर शिविर चलाउँदा देश बुझ्न पाएका छन् । सर्जिकल शिविर चलाउँदा पोलिएका, अंगभंग भएका, खुडे व्यक्तिको निःशुल्क सेवा प्रदान गर्दा आफूलाई चिकित्सक भएकोमा गर्व महसुस हुने गरेको डा. भण्डारी सुनाउँछन् । सुष्मा कोइराला मेमोरियल हस्पिटलसँग राजनीतिक र ऐतिहासिक दुवै सम्बन्ध जोडिएको छ । साथै भावनात्मक पक्ष पनि उत्तिकै बलियो छ । राजनीतिक घरानाको नाम जोडिएको यो अस्पतालले उद्देश्यअनुसार सेवा गरिरहेको छ । भूपू प्रधानमन्त्री एवं नेपाली काग्रेसका पूर्वसभापति स्व. गिरिजाप्रसाद कोइरालाकी धर्मपत्नी सुष्मा कोइरालाको देहावसान जलेका कारण भएको थियो । कुनै पनि बिपन्नको जलेको उपचार नपाएर ज्यान जान नपाओस् र त्यो व्यक्तिले समाजमा आत्मसम्मानका साथ जिउन पाओस् भन्ने महान् उद्देश्य राखेर उनै सुष्मा कोइरालाको स्मरणमा यो अस्पताल खोलिएको हो । गैरनाफामूलक संस्थाको रूपमा सुष्मा कोइराला मेमोरियल ट्रस्टको स्थापना सन् १९९० मा भएको हो । नेपाली जनतालाई प्लास्टिक तथा रिकन्सटक्टिभ सर्जरी सेवा उपलब्ध गराउने उद्देश्यले सन् १९९७ देखि सुष्मा कोइराला मेमोरियल अस्पताल सञ्चालनमा आएको हो । काठमाडौंको पूर्वपट्टी १८ किलोमिटरको दूरीमा शंखरापुर न.पा वडा ६ मा रहेको यस हस्पिटलमा अत्याधुनिक प्रविधिका सामानसहितको दुई वटा मेजर अपरेसन थियटर, प्लास्टिक तथा रिकन्सटक्टिभ सर्जरी तथा ओपीडी, २४ सै घण्टा सञ्चालित इमरजेन्सी, एम्बुलेन्स तथा एक्स—रे सेवा, अर्थोपेडिक सर्जरी तथा ओपीडी सेवा, डेन्टल क्लिनिक, गाइनेकोलोजी सेवा, फिजियोथेरापी सेवा, भिडियो एक्सरे, मर्चरी कक्ष, इन्सिनरेटर सुविधा उपलब्ध छ । दुई शय्याको बर्न आईसीयू पनि छ ।
स्न १९९७ देखि सन् २०१९ सम्म जम्मा २ लाख २५ हजार जना बिरामीहरूले सर्जरी, मेडिकल र डेन्टलसम्बन्धी सेवा यस अस्पतालबाट प्राप्त गरेका छन् । हस्पिटलले देशका ३५ वटा जिल्लाहरूमा सफलतापूर्वक घुम्ती शल्यक्रिया शिविर सञ्चालन गरिसकेको छ । उक्त शिविरमा १५ हजारभन्दा बढीले सेवा पाएका छन् ।
दूरदराजका विपन्न जलेका र अंगभंग भएका बिरामीले सहज उपचार पाउन भन्ने मुख्य उद्देश्यले खोखिएको अस्पताललाई जर्मनीको इन्टरप्लास्टले सहयोग गर्दै आइरहेको छ स्थापनाकालदेखि नै । इन्टर प्लास्टले अस्पताल सञ्चालन खर्चका साथै यहाँ कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई बेलाबेलामा विदेशमा पढ्न र आधुनिक सीप सिक्ने विभिन्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । फलस्वरूप यहाँ कार्यरत अधिकांश चिकित्सकले छात्रवृत्ति पाएका छन् । पहिले अस्पतालको व्यवस्थापनसमेत जर्मनहरूको हातमा थियो । तर पछि विस्तारै नेपालीहरूलाई नै दक्ष बनाएर व्यवस्थापनको जिम्मा नेपालीलाई नै सुम्पेका छन् । नेपालमा जलेका र यसका कारण हुने अंगभंग भएका व्यक्तिको उपचारका लागि विशेषज्ञसहितको कुनै सरकारी अस्पताल छैन । जबकि बर्र्सेिन ५० हजारभन्दा बढी मानिस आगोले तातोपानीले वा विभिन्न कारणले जल्ने गरेका छन् । डा. भण्डारीका अनुसार आगोले पोलिनेमा धेरैजसो विपन्न नै छन् । उनी भन्छन्, ‘पोलिनेमध्ये धेरैजसो आगोकै कारण बढी हुन्छन् । खाना पकाउने काममा महिला नै बढी हुने भएकाले आगोले बढी पोलिनेमा महिला नै बढी छन् ।’ महिलाले लगाउने सारीले आगो चाँडो टिप्ने भएकाले बढीजसो खाना पकाउने बेला आगोले पोलिने गरेको पाइएको डा. भण्डारीको अनुभव छ । सुष्मा कोइराला हस्पिटलको पहलमा बल्ल गत वर्षदेखि नेपाल सरकारले थोरै सहयोग दिन थालेको छ । गत वर्ष ३० लाख रुपैयाँ दिएकोमा यो वर्ष अनुदान स्वरूप ६० लाख दिएको डा. भण्डारी बताउँछन् । सरकारले दिएको ६० लाख रुपैयाँको १६ वर्ष मुनिका पोलिएका बच्चाहरूको निः शुल्क उपचार गर्ने गरिएको डा. भण्डारी बताउँछन् । सुष्मा कोइराला हस्पिटलले बेलाबेलामा देशका दूरदराजमा आयोजना गर्ने शल्यक्रियासहितका शिविरले जलेर अंगभंग भएर उपचार नपाएका हजारौं विपन्नले निःशुल्क उपचार पाएका छन् । अनुहारमा नयाँ हाँसो पाएका छन् । नयाँ जिन पाएका छन् । समाजबाट खोसिएको आत्मससम्मान पाएका छन् । डा. भण्डारीका अनुसार यसरी दूरदराजमा वर्षमा ६, ७ वटा शिविर आयोजना हुने गरेका छन् । ५० शय्याको यो अस्पताललाई निकट भविष्यमा एक सय शय्याको बनाउने योजना छ । डा. भण्डारीले भने, ‘अस्पतालबाट अन्य सेवा समेत सुरु गरी जनरल अस्पतालको रूपमा विकास गर्न क्षमता बढाएर एक सय शय्याको बनाउने गरी काम अगाडि बढाइएको छ ।’ सुष्मा कोइराला मेमोरियल ट्रस्टले अस्पतालका साथै नर्सिङ कलेजसमेत सञ्चालन गरिरहेको छ । कोरोना संक्रमणको असर हस्पिटललाई पनि परिरहेको छ । डा. भण्डारीका अनुसार हरेक वर्ष दूरदराजमा नियमित हुने गरेका सर्जिकल शिविर सञ्चालन हुन सकेका छैनन् । यातायातको अभाव र लकडाउनका कारण कयौं बिरामी उपचारका लागि आउन सकेका छैनन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आजदेखि सञ्चालनमा आयो गेटामा सय शय्याको अस्पताल
Next article नरदेबी आयुर्वेद चिकित्सालयको निमित्त निर्देशकमा डा.श्यामबाबु यादव

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132026
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

32
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web