• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 25th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य मन्त्रीद्वारा प्रसूति गृहको सेवा बिस्तार एवं अध्ययन अनुसन्धान भवन उदघाटन

February 14th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य मन्त्रीद्वारा प्रसूति गृहको सेवा बिस्तार एवं अध्ययन अनुसन्धान भवन उदघाटन

हेल्थ टुडे,
काठमाडौं, २ फागुन : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले प्रसूति गृह (परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल) सबैको आशा र भरोसाको केन्द्र भएको बताएका छन् । कुपण्डोलमा निर्माण सम्पन्न भएको प्रसूति गृहको सेवा बिस्तार तथा अध्ययन अनुसन्धान नयाँ भवनको बुधबार उदघाटन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले प्रसूति गृहले महिला स्वास्थ्यका क्षेत्रमा पुर्याइरहेको योगदानको स्मरण गर्दै सबै बिस्तारले अस्पताललाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे ।
मन्त्री बस्नेतले भने, ‘ प्रसूति गृहले प्रदान गर्ने सेवा उदाहरणिय छ । अरु अस्पतालले पनि यसबाट पाठ सिक्नु पर्छ । ’ उपचार सेवाका साथै प्रसूति गृहले नर्सिङ र विशेषज्ञ चिकित्सक उत्पादनमा पनि योगदान गरिरहेको बताउदै मन्त्री बस्नेतले अहिले पढाई रहेको संख्या न्यून भएकाले कोटा बढाउनु पर्नेमा जोड दिए । मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा लामो समयदेखि जनशक्ति थप नगरिएकोले गुणस्तरीय उपचार सेवा प्रदान गर्न मुस्किल भएको बताउदै स्वास्थ्यमा अहिले ९२ हजार थप जनशक्ति आवश्यक भए पनि ३२ हजार थप्नै पर्ने गरि गृहकार्य अगाडि बढाएको जानकारी दिए । वर्तमान चिकित्सा शिक्षा ऐनमा संसोधन गरि देश भित्रै चिकित्सा शिक्षा पढ्ने वातावरण बनाउन लागिएको स्वास्थ्य मन्त्रीले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोसन पोखरेलले प्रसूति गृहले अहिले सञ्चालन गरिरहेको ४८९ शैयाले सेवाग्राहीको चापलाई थाम्न सक्ने अवस्था नभएको बताउदै अस्पतालको यो नयाँ भवनले सेवा प्रवाहमा सहज हुने बताए । प्रसुति गृहको सेवाबाट आफु पनि प्रभावित भएको स्मरण गर्दै डा. पोखरेलले अझै स्तरीय सेवाका लागि जनशक्तिको व्यवस्थापनमा मन्त्रालयले सहयोग गर्ने आश्वासन दिए ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले अस्पातालको नयाँ भवनमा विशिष्टिकृत सेवाका अलावा नर्सिङका विद्यार्थीहरुका होस्टेल र तालिममा आउने स्वास्थ्यकर्मीका लागि आवाशको व्यवस्था गरिने जानकारी दिए । ४३ करोड लगानीमा निर्माण सम्पन्न भएको साडे पाँच तले भवनका सेवा एक महिना भित्रै सञ्चालनमा आउने डा. अधिकारीले जानकारी दिए ।
कार्यक्रममा पुर्व स्वास्थ्य सचिव डा. सुधा शर्माले अस्पतालले प्रदान गरिरहेको सेवा अझै बिस्तार हुनु पर्ने आवश्यकता रहेको बताइन । अस्पतालमा अहिले ८०० जना कर्मचारी र स्वास्थ्यकर्मीले सेवा प्रदान गरिरहेका छन् । विसं २०१६ सालमा स्थापना भएको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल एक मात्र देशको सरकारी स्तरको विशिष्टिकृत प्रसूति तथा स्त्री रोग अस्पताल हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रसूति गृहको विस्तारित विशिष्टिकृत सेवा कुपण्डोलको नयाँ भवनबाट सुरु हुँदै
Next article कानून विपरित सञ्चालित वीर अस्पताल छेउका दुई वटा फार्मेसी बन्द

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132624
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web