• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

हार्वडमा दुगर्मको स्वास्थ्य सेवा र शिक्षा बिषयमा उपकुलपति डा.रावलको प्रस्तुति

March 2nd, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
हार्वडमा  दुगर्मको स्वास्थ्य सेवा र शिक्षा बिषयमा उपकुलपति डा.रावलको प्रस्तुति

हेल्थ टुडे,
काठमाडौं, १८ फागुन : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा मंगल रावलले अमेरिकाको हार्वर्ड युनिभर्सिटी, हावार्ड मेडिकल स्कुलमा दुर्गमको स्वास्थ्य सेवा र शिक्षाबारे प्रस्तुति दिएका छन्। अमेरिकाको म्यासाचुसेट्स ,बोस्टनस्थित हार्वर्डमा पुगेर उनले नेपालकै दुर्गम स्थान कर्णालीमा चिकित्सा शिक्षा र सेवाका विषयमा प्रस्तुति दिएका हुन्। उनलाई त्यहाँ कि नोट स्पिकरका रुपमा निम्त्याइएको थियो। उक्त कार्यक्रममा प्राडा जया मुखर्जी, प्राडा विक्रम पटेल (हावार्डका ग्लोबल हेल्थ र सोसियल मेडिसिन विभाग प्रमुख), अन्य फ्याकल्टी र चिकित्साका विद्यार्थीहरु सहभागी थिए।
डा रावलको प्रस्तुतिपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सामा आमजनको पहुँच पुर्या्उने गरेको योगदानका लागि प्रशंसा गरेका थिए। उनीहरुले प्रतिष्ठानसँग सहकार्य गरेर अघि बढ्ने समेत बताएको डा रावलले बताए।
डा रावलले ग्लोबल हेल्थ एन्ड सोसियल मेडिसिनको उक्त कार्यक्रममा आफ्नो प्रस्तुति राख्नुका साथै दोस्रो सत्रमा हार्वर्डमा पढ्ने चिकित्साका विद्यार्थीसँग अन्तरक्रिया समेत गरेका छन्। अन्तरक्रियामा सहभागी धेरै विद्यार्थीले कर्णालीमा आएर ग्रामिण जीवनमा प्रतिष्ठानले पारेको प्रभाव बुझ्न चाहेको बताएका छन्। डा रावलले भने, विद्यार्थीहरुले दुर्गम क्षेत्रमा दिइरहेको चिकित्सा सेवाको प्रभावबारे बुझ्नका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउने चाहना व्यक्त गरेका छन्। हामीले उहाँहरुलाई त्यसका लागि सहजीकरण गर्ने वचन दिएका छौं।’
हावार्ड ग्लोबल हेल्थ इन्सिच्युटले यो कार्यक्रमलाई उच्च प्राथमिकतमा राखेर आफ्नो बेवसाइट र सामाजिक सञ्जालबाट प्रचार गरेको थियो। त्यहाँका फ्याकल्टी र विद्यार्थीलाई विकासोन्मुख देशको विकट क्षेत्रमा स्वास्थ्य सेवा र शिक्षाका विषयमा जान्ने उपयुक्त मौका रहेको उक्त प्रचारमा उल्लेख थियो।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सरकारले चाहे स्वदेशी औषधि उद्योगको विकास चाडै हुन्छ : एपोन उपाध्यक्ष बराल
Next article नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतलाई नागरिक अभिनन्दन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134346
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

14
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web