• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 4th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

हार्वडमा दुगर्मको स्वास्थ्य सेवा र शिक्षा बिषयमा उपकुलपति डा.रावलको प्रस्तुति

March 2nd, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
हार्वडमा  दुगर्मको स्वास्थ्य सेवा र शिक्षा बिषयमा उपकुलपति डा.रावलको प्रस्तुति

हेल्थ टुडे,
काठमाडौं, १८ फागुन : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा मंगल रावलले अमेरिकाको हार्वर्ड युनिभर्सिटी, हावार्ड मेडिकल स्कुलमा दुर्गमको स्वास्थ्य सेवा र शिक्षाबारे प्रस्तुति दिएका छन्। अमेरिकाको म्यासाचुसेट्स ,बोस्टनस्थित हार्वर्डमा पुगेर उनले नेपालकै दुर्गम स्थान कर्णालीमा चिकित्सा शिक्षा र सेवाका विषयमा प्रस्तुति दिएका हुन्। उनलाई त्यहाँ कि नोट स्पिकरका रुपमा निम्त्याइएको थियो। उक्त कार्यक्रममा प्राडा जया मुखर्जी, प्राडा विक्रम पटेल (हावार्डका ग्लोबल हेल्थ र सोसियल मेडिसिन विभाग प्रमुख), अन्य फ्याकल्टी र चिकित्साका विद्यार्थीहरु सहभागी थिए।
डा रावलको प्रस्तुतिपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सामा आमजनको पहुँच पुर्या्उने गरेको योगदानका लागि प्रशंसा गरेका थिए। उनीहरुले प्रतिष्ठानसँग सहकार्य गरेर अघि बढ्ने समेत बताएको डा रावलले बताए।
डा रावलले ग्लोबल हेल्थ एन्ड सोसियल मेडिसिनको उक्त कार्यक्रममा आफ्नो प्रस्तुति राख्नुका साथै दोस्रो सत्रमा हार्वर्डमा पढ्ने चिकित्साका विद्यार्थीसँग अन्तरक्रिया समेत गरेका छन्। अन्तरक्रियामा सहभागी धेरै विद्यार्थीले कर्णालीमा आएर ग्रामिण जीवनमा प्रतिष्ठानले पारेको प्रभाव बुझ्न चाहेको बताएका छन्। डा रावलले भने, विद्यार्थीहरुले दुर्गम क्षेत्रमा दिइरहेको चिकित्सा सेवाको प्रभावबारे बुझ्नका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउने चाहना व्यक्त गरेका छन्। हामीले उहाँहरुलाई त्यसका लागि सहजीकरण गर्ने वचन दिएका छौं।’
हावार्ड ग्लोबल हेल्थ इन्सिच्युटले यो कार्यक्रमलाई उच्च प्राथमिकतमा राखेर आफ्नो बेवसाइट र सामाजिक सञ्जालबाट प्रचार गरेको थियो। त्यहाँका फ्याकल्टी र विद्यार्थीलाई विकासोन्मुख देशको विकट क्षेत्रमा स्वास्थ्य सेवा र शिक्षाका विषयमा जान्ने उपयुक्त मौका रहेको उक्त प्रचारमा उल्लेख थियो।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतलाई नागरिक अभिनन्दन
Next article सरकारले चाहे स्वदेशी औषधि उद्योगको विकास चाडै हुन्छ : एपोन उपाध्यक्ष बराल

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131641
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web