• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपालमा धूमपान सेवनका कारण बर्षेनी २७ हजारको मृत्यु

April 9th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपालमा धूमपान सेवनका कारण बर्षेनी २७ हजारको मृत्यु


हेल्थ टुडे,

काठमाडौं, २७ चैत : नेपालमा धूमपान सेवनका कारण बर्सेनि २७ हजारको ज्यान जाने गरेको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययनअनुसार धूमपान सेवनकै कारण २७ हजार नेपालीले अकालमा ज्यान गुमाइरहेका छन् । नेपालमा तीन जनामध्ये एक जना धूमपानका अम्मली रहेको परिषद्को अध्ययनमा उल्लेख छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरि ८० लाख मानिसको मृत्यु धूमपान र सुर्तीजन्य पदार्थ सेवनका कारणले हुने गरेको छ ।
त्यसमध्ये ७० लाख प्रत्यक्ष सेवनकर्ता हुन् भने १० लाख भने अम्मलीसँगै बस्नेछन् । विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार सुर्तीजन्य पदार्थको सेवन गर्नेहरूमा कोभिड—१९ को संक्रमण गम्भीर देखिएको छ । सुर्तीजन्य पदार्थको सेवन गर्नेहरूको फोक्सोमा पहिले नै क्षति भइसकेको हुने हुँदा कोभिड—१९ ले उनीहरूको फोक्सोलाई अझै बढी असर पु¥याउने दाबी विश्व स्वास्थ्य संगठनको छ । धूमपान सेवन नसर्ने रोगहरू क्यान्सर, मुटुरोग, दम, खोकी, मधुमेहको कारण रहेको विज्ञहरू बताउँछन् । फोक्सो क्यान्सर रोगविज्ञ डा. अम्बुज कर्णका अनुसार क्यान्सर हुने प्रमुख कारणमध्ये धूमपान हो । त्यसमा पनि फोक्सोको क्यान्सरको ८० प्रतिशत कारण धूमपान र सुर्तीजन्य पदार्थ सेवन रहेको उनको उनको दाबी छ । सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि कानुन ल्याएको धेरै वर्ष भइसके पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने कानुनी व्यवस्था भए पनि व्यवहारमा लागू हुन सकिरहेको छैन । सुर्तीजन्य पदार्थको बट्टामा ७५ प्रतिशत चित्र घातक रोगहरूको राख्ने प्रावधान लागू भए पनि सरकारले ९० प्रतिशत राख्ने कार्यान्वयन हुन सकिरहेको छैन । त्यसैगरी सरकारले कुनै पनि सञ्चारमाध्यममा सुर्तीजन्य पदार्थको विज्ञापन गर्न निषेध गरेको छ । तर विभिन्न बहानामा सुर्ती उद्योगहरूले वालबालिका र युवायुवतीलाई प्रलोभन दिएर अप्रत्यक्ष विज्ञापन गर्ने गरेका छन् । यस्तै किसिममा प्रलोभनबाट युवा पुस्तालाई बचाउन सरकारले विशेष अभियान चाल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बताएका छन् । खतिवडाले धूमपानको लतमा नफस्न र यसको प्रभावबाट हुने मृत्युलाई न्यून गर्न सबैले आआफ्नो ठाउँबाट योगदान दिन आग्रह गरेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चैत २८ देखि हुने स्वास्थ्य वैज्ञानिकहरुको सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने
Next article स्वास्थ्य अनुसन्धानमा लगानी बढाउनु आवश्यक छ : राष्ट्रपति पौडेल

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132290
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web