• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

वरिष्ठ स्वास्थ्य पत्रकार अतुल मिश्रलाई स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार

May 31st, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
वरिष्ठ स्वास्थ्य पत्रकार अतुल मिश्रलाई स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार

हेल्थ टुडे,
काठमाडौं, १८ जेठ : वरिष्ठ स्वास्थ्य पत्रकार अतुल मिश्र स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कारबाट पुरस्कृत भएका छन् । विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजना गरिएको विशेष समारोहमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हसिना खानले पत्रकार मिश्रलाई सम्मान पत्र प्रदान गरेकी थिइन भने स्वास्थ्य सचिव डा.रोसन पोखरेलले दोसल्ला ओढाएका थिए । उक्त पुरस्कारको रासी रु. ५० हजार रहेको छ । २७ वर्षसम्म कान्तिपुर दैनिकमा स्वास्थ्य पत्रकारिता गरेका वरिष्ठ पत्रकार मिश्र हाल नेपाल हेल्थ प्रेस डट कमको प्रधान सम्पादन छन् । पत्रकारिताका माध्यमबाट सुर्तीजन्य पदार्थको सेवन न्यूनिकरण गर्न र सुर्तीजन्य पदार्थ सम्बन्धी ऐन नियमको प्रभावकारी कार्यन्वयमा पत्रकार मिश्रले उल्लेखनीय योगदान गरेको मूल्यांक गर्दै उक्त पुरस्कार प्रदान गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य करकोषको कार्यालयले जनाएको छ ।
पत्रकार मिश्रसँगै सुर्तीजन्य पदार्थ बिरुद्धको अभियानमा उत्कृष्ठ कार्य गर्ने अन्य ५ जना व्यक्ति र संस्थालाई समेत स्वास्थ्य मन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कार प्रदान गरिएको छ । पुरस्कृत हुनेहरुमा संस्थागत तर्फ हेल्थ नेपाल प्रालिका अध्यक्ष स्वास्थ्य पत्रकार भिषा काफ्ले, व्यक्तिगत तर्फ स्वास्थ्य पत्रकार धनबहादुर खड्का, कार्यक्रम प्रस्तोता नीता सापकोटा रहेका छन् । कानून कार्यन्वयन तर्फ गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा विनोदविन्दु शर्मा र स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका पुर्व निर्देशक सुनील शर्मा रहेका छन् । पुरस्कारको रासी जनही ५० हजार र कदर पत्र रहेको छ ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोसन पोखरेलले सुर्तीजन्य पदार्थको सेवन न्युनिकरण गर्न सूचना भएर मात्र नपुग्ने बताउदै व्यवहारमा उतार्न सके मात्र सुर्तीजन्य पदार्थ विरुद्वको अभियान सफल हुने बताए । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हसिना खानले सरकारले सुर्तीजन्य पदार्थ विरुद्व कडा कानून ल्याएको भए पनि कार्यन्वयन नहुदा समस्या देखिएको बताइन ।
कार्यक्रममा स्वास्थ्य सुचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक डा. भक्तबहादुर केसीले सुर्तीजन्य पदार्थ सेवनका कारण नेपाल बर्षेनी ३९ हजार जनाको मृत्यु हुने गरेको तथ्यांक प्रस्तुत गर्दै सुर्तीजन्य पदार्थको लतबाट बालबालिकालाई जोगाउनु पर्ने आवश्यकतामाथि जोड दिए । स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पंडितले पछिल्लान दिनमा ई सिगरेटप्रति युवा जमात लोभिन थालेको पाइएको बताउदै त्यसलाई पनि कानूनले बन्देज गरेको दावी गरे ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्यमा विनियोजन गरिएको ८६ अर्ब २४ करोड बजेट के केमा हुनेछ खर्च?
Next article सुर्तीजन्य पदार्थ विरुद्वको अभियानमा सक्रिय व्यक्ती र संस्था गरि ६ जना पुरस्कृत

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133112
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

32
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web