• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 7th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ईसान बाल अस्पतालमा ११ वर्षकी बालिकाको पेडियाट्रिक युरोलोजीको जटिल शल्यक्रिया

June 14th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ईसान बाल अस्पतालमा ११ वर्षकी बालिकाको पेडियाट्रिक युरोलोजीको जटिल शल्यक्रिया

हेल्थ टुृडे,
काठमाडौ, ३२ जेठ : टोखा ४ स्थित ईसान बाल तथा महिला अस्पतालमा ११ वर्षिय तृष्णा थापाको जटिल किसिमको पेडियाट्रिक युरोलोजीको शल्यक्रिया गरिएको छ । अस्पतालका निर्देशक समेत रहेका वरिष्ठ बाल शल्य चिकित्सक प्रा. डा. आर.पी, चौधरी नेतृत्वको टीमले उनको दुर्लभ मानिने पेडियाट्रिक युरोलोजीको शल्यक्रिया गरेको हो । ईसान बाल अस्पतालले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै यस किसिमको जटिल प्रकृतिको युरोलोजीको शल्यक्रिया नेपालमै पहिलो पटक गरिएको दावी गरेको छ ।
डा. चौधरीका अनुसार सानो आन्द्राबाट पिसावको थैली ठूलो बनाएको, दुईवटै मिर्गौलाका नलीहरुमा पिसाव नफर्कने शल्यक्रिया, पिसाव थैलीको तल्लो प्वाल बन्द गरेको र एपेन्डिक्सलाई प्रयोग गरि पिसाव निकाल्ने कृतिम नली बनाउने शल्यक्रिया समेत गरेर एकै पटक चार किसिमका शल्यक्रियाहरु सफलताका साथ सम्पन्न भएको हो । डा. चौधरीका अनुसार उक्त शल्यक्रिया गर्न १० घण्टा लागेको थियो । रामेछाप घर भएकी ११ वर्षिय तृष्णाको जन्मेको ९ दिनमै पहिलो पटक शल्यक्रिया गरिएको थियो । उनलाई पिसाव थैली, पिसाव नली र पिसाव चुहिने लगायतका समस्या थिए । डा. चोधरीले भने, ‘ ईसान बाल अस्पतालमा यति जटिल किसिमको शल्यक्रिया गर्न सक्यौ । अहिले तृसनाको स्वास्थ्य अवस्था समान्य छ । यो अस्पतालका लागि पनि खुशीको कुरा हो ।’ तृष्णाका बुबा सन्तोष थापाले पनि छोरीको जटिल किसिमको रोगको शल्यक्रिया स्वदेशमै गर्न पाएको खुशी लागेको बताए । डा. चोधरीका अनुसार यस किसिमको समस्या १० हजार जना मध्ये एक जनामा हुने गर्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य मन्त्री यादवद्वारा नारायणी अस्पतालको अनुगमन, सेवा सुधार्न निर्देशन
Next article बालेनको घोषणा : काठमाडौं महानगरभित्र धूम्रपान, मद्यपान र लागु औषध प्रयोग निषेध

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132099
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web