• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 30th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य बिमाको दायरा कम्तीमा ५ लाख पु¥याउने स्वास्थ्यमन्त्री पौडेलको दावी

August 11th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य बिमाको दायरा कम्तीमा ५ लाख पु¥याउने स्वास्थ्यमन्त्री पौडेलको दावी

हेल्थ टुडे,
काठमाडौँ, २७ साउन : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाको दायरा कम्तीमा ५ लाख रुपैयाँ बराबरको बनाउने दावी गरेका छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत् कार्ययोजना सार्वजनिक गर्दै मन्त्री पौडेलले हाल एक लाख रुपैयाँ मात्रै रहेको स्वास्थ्य बिमाको दायरालाई बढाएर पाँच लाख रुपैयाँको बनाउने घोषणा गरेका हुन् ।
स्वास्थ्य बिमाको दायरा कम्तीमा ५ लाख पु¥याउने स्वास्थ्यमन्त्री पौडेलको घोषणा बिमाको झन्झटिलो प्रक्रियालाई समेत सहज बनाउने उनको योजना छ ।
उनले भने, ’बिमाको हालको दायरा कम्तीमा ५ लाख बनाउने गरी फराकिलो बनाउन नीतिगत र कानूनी व्यवस्थामा आवश्यक पुनरावलोकन गरिनेछ । त्यससँगै स्वास्थ्य बिमा सेवालाई गुणास्तरीय र सेवा प्रवाह प्रक्रिया सहज बनाउन, आवद्धतालाई द्रुत गतिमा बढाउन, स्वास्थ्य बिमा ऐन बमोजिम औपचारिक र अनौपचारिक क्षेत्रलाई समेत अनिवार्य स्वास्थ्य बिमामा समेट्न, आम्दानीको आधारमा प्रिमियम र सहभुक्तानीको प्रणालीलाई व्यवस्थित गरिनेछ ।’
मन्त्री पौडेलले समायोजनमा समस्या परेका स्वास्थ्यकर्मीको पदस्थापन गर्ने व्यवस्था गर्ने बताएका छन् । ’कार्यदक्षताअनुसार पदस्थापन हुन नसकेका विशेषज्ञ चिकित्सकको सेवा अनुसारका अस्पतालमा व्यवस्थापन गरिनेछ,’ उनले भने । मन्त्री पौडेलले जनशक्तिको नियमित पुनरावलोकन गर्ने र खाली रहेका दरबन्दीमा पदपूर्तिको व्यवस्था गरिने बताए ।
उनले १०० बेड भन्दा माथिका सरकारी अस्पतालहरुमा नर्सिङ र ३०० बेडभन्दा माथिका सरकारी अस्पतालहरुमा स्नातक र स्नातकोत्तर तहका विषयहरु अध्ययन अध्यापन गराउने निर्णय कार्यान्वयन गरिने बताएका छन् । त्यस्तै, संघीय अस्पतालको सेवा विस्तार एवम् अस्पतालहरुमा शल्यक्रिया क्षमता विस्तार गरी शल्य चिकित्सा सेवामा हुने लामो क्यू घटाउनका लागि अपरेसन थिएटरमा पूर्वाधार थप गर्ने योजना बनाएको उनले बताए । आर्थिक स्रोतको अभावमा यी कार्यक्रम अगाडि बढाउन नसकिने भएकाले स्वास्थ्य क्षेत्रमा बजेट बढाउन आफुले पहल गर्ने मन्त्री पौडेलले बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आईओएममा माखो नमारेकी डा.दिव्यालाई फेरि डिन बनाउन डा.सायमीलाई सर्च कमिटीमा ल्याइँदै
Next article खुला सिमाना र निगमन नहुँदा सुदूरपश्चिममा गर्भपतन गराउँने अवैध औषधि छ्यापछ्याप्ती

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132975
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

78
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

73
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

78
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web