• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
अन्तर्वार्ता

वातावरण प्रदुषण र सहरीकरणले मधुमेहको जोखिम

September 29th, 2024 अन्तर्वार्ता 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
वातावरण प्रदुषण र सहरीकरणले मधुमेहको जोखिम

मधुमेहको प्रमुख कारणमध्ये अनियन्त्रित खानपान पनि एक हो । हामी एकै पटक थालभरि खान्छौ । कोचीकोची खान्छौ । हामीलाई लाग्छ, एक पटक खाए दिनभरिलाई पुग्यो । हामीमध्ये धेरैको घरमा खाना खाने थाल ठूला छन् । आफ्नो सजिलोका लागि केटाकेटीलाई जडफुडमै टार्ने गर्छौ । खाजा भनेकै चाउचाउ, कुरकुरे, लेजजस्तै तयारी खानेकुरालाई ठान्छौं ।
स्वास्थ्यका लागि भन्दा पनि जिब्रोको स्वाद र सजिलोलाई बढी ख्याल गर्छौं । यही अनियन्त्रित खानापानले मोटोपन बढिरहेको छ । सहरमा त अहिले दुब्ला मान्छे देख्न कम भइसके । सार्वजजिक सवारीसाधनमा यात्रा गर्दा देख्न सकिन्छ, तीन जनाको सिटमा तीनजना अटाउनै मुस्किल परिरहेको हुन्छ । यही मोटोपनले उच्च रक्तचाप, श्वासप्रश्वास, मुटु, मिर्गौला रोग मात्र नभएर मधुमेह पनि ह्वात्तै बढाएको छ । मधुमेहले के बच्चा, के युवा र के प्रौढ कसैलाई पनि छोडेको छैन । पहिलेपहिले झाडापाखाला, हैजाजस्ता सरुवा रोगका कारण धेरै मानिसको ज्यान जान्थ्यो । अहिले ठीक उल्टो हुन थालेको छ । सरुवा भन्दा नसर्ने रोगको संक्रमणका कारण धेरैको ज्यान गइरहेको छ । सरुवा रोगको उपचार सस्तो हुन्छ । तर नसर्ने रोगको उपचार एकदमै महँगो हुन्छ । नसर्ने रोग लाग्नै नदिन हामी सबै स्वास्थ्यप्रति सचेत हुनु बपर्छ । विरामी भएपछि डाक्टर छँदैछन वा अस्पताल छँदैछन्नि भन्ने धारणा पालेर बस्नु हुँदैन । रोग लाग्न नदिन हामीले आफ्नो जीवनशैली परिवर्तन गर्नै पर्छ ।
यदि जीवनशैली परिवर्तन गर्न सकेनौं भने जतिबेला पनि ठूलठूला रोगको संक्रमण गर्ने निश्चित छ । जीवनशैली परिवर्तन गर्नुपर्ने तरिका धेरै छन् । तीमध्ये एकै पटक धेरै खाने बानी छोड्नु पनि एक हो । थोरै भात खाऔं । दुई मुठी चामलको भातभन्दा बढी नखाऔं । त्यसमा पनि सकभर सेतो चामल कम गरांै । भातसँग दाल, सागसब्जी र सलाद खाऔ । एकै पटक धेरै खानुको सट्टा तीन— तीन घण्टाको फरकफरकमा खानु स्वास्थ्यका लागि राम्रो हुन्छ । दिनमा पानी कम्तीमा चार लिटर पिऔं । मधुमेहबाट बच्न यही खानुपर्छ भन्ने छैन । थोरै थोरै खाने, चिल्लो कम भएको खाना खाने, सागपात फलफूल खाने, पानी बढी पिउने, दैनिक शारीरिक अभ्यास गर्नुगर्छ । जडफुडबाट भने बच्नै पर्छ । हिजोआज जहाँजहाँ सडक पुगेको छ, त्यहा मधुमेहका बिरामी बढी देखिन थालेका छन् । त्यसको एउटै कारण हो जडफुड । जहाँ सडक त्यहाँ मधुमेह छ अहिले । सहर नहुन्जेल मानिसहरू स्थानीय बजारमा गएर सागपात, तरकारी, फलफूल बेच्दथे । बारीमा उम्रिएको खान्थे । तर अहिले समय फेरिएको छ ।
सडक पुग्नु नराम्रो होइन । विकास हो । तर यसले ग्रामीण जीवनशैली बदलिदिएको छ । बाटो पुग्यो कित्यहाँ सबैभन्दा पहिले जङफुड पुग्छ । चाउचाउ, कुरकुरे, मुरमुरे पुग्छ । त्यही खान थाल्छन् बालबालिका ।फलफूल बेच्ने पसलेहरू अहिले जडफुड बेच्न थालेका छन् । स्थानीयवासी सागपात खान छोडेर तयारी वस्तु खान थालेका छन् । जसको परिणामस्वरूप सडक पुगेका बस्तीमा मधुमेहको प्रकोप बढिरहेको छ । तरकारी बेचेर चाउचाउ किनेर लैजाने महिला थुप्रै छन् । सहरमा पाइने अधिकांश तरकारीमा विषादी प्रयोग गरिएको हुन्छ । विषादी हालेको तरकारी खाने मानिसमा दुई गुना मधुमेह हुने सम्भावना हुन्छ । मधुमेहका विषयमा सरकारी र निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीसमेत पूर्ण जानकार छैनन् । उनीहरूलाई मधुमेहसम्बन्धी तालिम दिनुपर्छ । स्कुल वरिपरि तयारी खाना बेच्न प्रतिबन्ध लगाउनुपर्छ । मधुमेहको जोखिम बढाउनमा वातावरण प्रदुषण पनि प्रमुख कारण रहेको छ । बातावरण प्रदुषण रोक्न सक्यौ भने धेरै हदसम्म मधुमेहको जोखिम कम गर्न सकिन्छ ।
मधुमेह सबै उमेरसमूहमा देखिएको छ । युवाअवस्थामै यो समस्याले सताउन थालेको पाइन्छ । केही समयपहिले धरानमा गरेको एक अध्ययनमा २० वर्ष उमेरसमूहका ७.५प्र तिशतमा मधुमेहको समस्या देखिएको छ । राजधानीमा त यो संख्या त्योभन्दा धेरै बढी छ । काठमाडौंमा गरिएको अर्को अध्ययनले २५ प्रतिशत मधुमेहलाई रोकथाम गर्न सकिने देखाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालसहित दक्षिण पूर्वी एसियाका मधुमेहको संक्रमण चार प्रतिशतबाट वृद्धि भएर ८.५ प्रतिशत पुगेको छ । दक्षिणपूर्वी एसियामा रगतमा अत्यधिक चिनीका कारण १० लाख मानिसको मृत्यु भएको थियो । जसमा मधुमेहको प्रत्यक्ष कारणका साथै मधुमेहको जटिलता र परिणामहरूजस्तै मिर्गौलाले काम नगर्ने, मुटुसम्बन्धी रोग र क्षयरोग छन् । मधुमेहको समयमै उपचार नगराउँदा जटिल समस्या आउँछन् । यसले आखा, मिर्गौला, मुटु र खुट्टामा समेत असर पर्छ । त्यसैले मधुमेहसहित अन्य नसर्ने रोगबाट बच्न आफ्नो जीवनशैली परिवर्तन गर्न जरुरी छ ।
(इन्डोक्रानोलोजिस्ट एन्ड डाइबेटिज विशेषज्ञ डा. ज्योति भट्टराईसँग हेल्थटुडेका पदमराज जोशीले गरेको कुराकानी । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एनएमए चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन आगामी २८ र २९ मंसिरमा हुने
Next article नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा.पन्त आईएपिबिको बोर्ड अफ ट्रस्टीमा निर्वाचित

Health Today Nepal

Related Posts

सामाजिक  स्वास्थ्य सुरक्षा

सामाजिक स्वास्थ्य सुरक्षा

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

Leave a Reply Cancel reply

Timeline
Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133363
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

44
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

35
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web