• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 19th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य पत्रकार जोशीलाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

February 21st, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य पत्रकार जोशीलाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार


हेल्थ टुडे,

काठमाडौं, ९ फागुन : नवलपुरमा स्थापित राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार स्वास्थ्य पत्रकार पदमराज जोशीलाई प्रदान गरिएको छ । क्यान्सर रोग र महिला र्हिसा विरुद्व कलम चलाए वाफत रु. २० हजार नगद सहित उक्त पुरस्कार पत्रकार जोशीलाई प्रदान गरिएको हो । नवलपुरको कावासोती नगरपालिका २ मा शुक्रबार आयोजना गरिएको कार्यक्रममा गण्डकी प्रदेशका पूर्व कानून मन्त्री एवं सभासद् रोशन बहादुर गाहाले उक्त पुरस्कार प्रदान गरेका हुन् । दुई दशकदेखि स्वास्थ्य पत्रकारितामा क्रियाशिल पत्रकार जोशी हेल्थ टुडे पत्रिकाका सम्पादक हुन ।
पुर्व मन्त्री गाहाले रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्नै नदिन सचेतना अभियानको खाचो भएको बताउदै पत्रकारहरुले सचेतना जगाउने काममा महत्वपूर्ण भूमिका खेल्न सक्नेमा जोड दिए । कार्यक्रममा राधा क्यान्सर सचेतना फाउन्डेसनका अध्यक्ष प्रकाश बस्यालले क्यान्सरको जोखिम बढ्दै गएकोले यसका विषयमा सचेतना आवश्यक रहेको बताए । पुरस्कृत पत्रकार जोशीले पुरस्कारले आफुमाथि स्वास्थ्य सचेतना जगाउन थप जिम्मेवारी थपिएको बताउदै स्वस्थ्य समाजको निर्माणका लागि जनचेतना र उपचार सँगसँगै लैजानु पर्ने आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा बोल्दै औषधि वितरक संघ नवलपुरका सचिव राजु भुसालले क्यान्सर सचेतनाकालागि सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए । उनले करिब ९० प्रतिशत मानिस खानपानमा ध्यान नदिँदा क्यान्सरजस्तो घातक रोगको सिकार भएको बताए । फाउण्डेसनका संरक्षक शुभराज बस्यालले स्वर्गिय राधा बस्यालले सुरु गरेको सचेतना अभियानलाई मर्न नदिन आफुहरु लागिपरेको जानकारी दिए । विसं २०४८ सालमा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गतेका दिन स्तन क्यान्सरको कारणले निधन भएको थियो । एक दशक भन्दा लामो समयदेखि नवलपुरमा रहेर पत्रकारिता गर्दै आएकी थिइन् । राधाले वैवाहिक जीवनपछि व्यक्तिगत रूपमा घरेलु हिंसा र क्यान्सरसँग लड्दै आएकी थिइन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सरकारसँग ९ बुँदे सहमतिपछि चिकित्सकको आन्दोलन स्थगित
Next article जादाँजादै स्वास्थ्य सचिव डा.पोखरेलले भने, डा. पुकार र अंग प्रत्यारोपणको काम उत्कृष्ट

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

Sep 16th 10:06 AM
स्वास्थ्य विशेष

जनस्वास्थ्यमाथि धनस्वास्थ्यको दबदबा

Sep 16th 8:59 AM
समाचार

मन्त्री बनाउन होइन, आँखा जाँचका लागि प्रधानमन्त्री कार्की तिलगंगा

Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131853
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web