• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 9th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

एचओटिसीको १३ औं वार्षिकोत्सव सम्पन्न, वैदेशिक रोजगारीबाट फर्केकाका लागि निःशुल्क ओपीडी सुरु

April 24th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एचओटिसीको १३ औं वार्षिकोत्सव सम्पन्न, वैदेशिक रोजगारीबाट फर्केकाका लागि निःशुल्क ओपीडी सुरु

हेल्थ टुडे,

काठमाडौँ ११ बैशाख : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले बिहीबार स्थापनाको १३ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा केन्द्रले वैदेशिक श्रमिक रोजगारीबाट फर्केकाहरुको लागि निःशुल्क ओ.पि.डि. क्लिनिक सेवा शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उक्त ओपिडी क्लिनिकको उद्घाटन गरे । यसका साथै केन्द्रले २४ घण्टा परामर्श सेवा पनि सञ्चालन गरेको छ ।
समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले वैदेशिक रोजगारीमा जाने नेपालीले आफ्नो अंग फेल हुनबाट बचाउन आवश्यक सल्लाह केन्द्रबाट पाउन सक्ने बताए । उनले नेपालमा मात्र नभइ वैदेशिक रोजगार गएको अवस्थामा आफ्नो स्वास्थ्य सम्बन्धि सेवाको परार्मश सहज होस भन्नको लागि टोल फ्रि कल वा सोसियल मिडियाको प्रयोग गरि विदेशवाट समेत परार्मश लिन सक्ने व्यवस्था मिलाइएको बताए ।
उनले यो सेवा श्रम रोजगार मन्त्रालय र स्वास्थ्य मन्त्रालयको सहकार्य हुने गरी सुरु गरिएको समेत जानकारी दिए । उनले वैदेशीक रोजगारवाट व्यक्तिको स्वास्थ्य परीक्षण सुलभ र सहज रुपमा उपलब्ध गराउनको लागि छुट्टै निःशुल्क ओ पि. डि सेवा प्रारम्भ गरिएको बताए ।
वैदेशिक रोजगारीमा गएका व्यक्तिहरु अंग फेल हुने समस्या बढी देखिएको भन्दै उनले आफूले सबै भन्दा बढी माया गर्ने आफ्नै शरीर बचाउनको लागि यो अभियान सुरु गरिएको जानकारी दिए ।
उक्त कार्यको लागि मोबाइल नं ९७६३४९०९०० मा ह्वाट्स एप र भाईबर सहितको सेवा चौविसै घण्टा उपलब्ध गराइएको छ ।
केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले केन्द्रले अंग प्रत्षरोपणका क्षेत्रमा गरेको प्रगतिका विषयमा जानकारी गराउदै देशका विभिन्न भागमा मिर्गौला प्रत्यारोपण सेवा विस्तारमा एक पछि अर्को गर्दै सफलता पाउन थालेकोमा खुशी व्यक्त गरे । सरकारले नीति र योजना अनुसार केन्द्रले काम गरिेरहेको बताउदै डा. श्रेष्ठले भौतिक संरचनाको अभावमा काम गर्नु पर्दा आवश्यकता अनुसार सेवा विस्तार गर्न नसकिएको गुनासो गरे । केन्द्रले अहिलेसम्म १४ सयभन्दा बढीको मिर्गौला प्रत्यारोपण गरेको भने दुई दर्जनभन्दा बढीको कलेजो प्रत्यारोपण गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आवासीय चिकित्सकलाई ४८ हजार भत्ता नदिए मेडिकल कलेजलाई कुनै सहयोग हुन्न : स्वास्थ्य मन्त्री
Next article एमबीबीएस र बिडिएसको सिट बढाउन सिफारिस

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132292
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web