• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 24th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

फुड सप्लिमेन्ट खाद्य प्रविधि विभागले हेर्छ, कसैको हस्तक्षेप स्विकार्य छैन : कृषि मन्त्री

May 17th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
फुड सप्लिमेन्ट खाद्य प्रविधि विभागले हेर्छ, कसैको हस्तक्षेप स्विकार्य छैन : कृषि मन्त्री

हेल्थ टुडे,
काठमाडौं, २ जेठ : कृषि तथा पशुपंछी विकास मन्त्री रामनाथ अधिकारीले फुड सप्लिमेन्ट (आहारपुरक) को नियमन गर्ने अधिकार कानूनले नै कृषि तथा पशुपंछी विकास मन्त्रालय अन्तरगतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई दिएकोले सरकारका अरु कुनै निकायले त्यसमा हस्तक्षेत्र गर्न नमिल्ने बताएका छन । नेपाल खाद्य, आयर्वेदिक, न्युट्रास्यटिकल तथा कस्मसयुटिकल समाज (फ्यानकन) को वार्षिक साधारण सभालाई राजधानीमा बिहीबार सम्बोधन गर्दे कृषि मन्त्री अधिकारीले कुनै पनि व्यवसाय कानून अनुसार चल्ने बताउँदै फुड सप्लिमेन्ट हेर्ने अधिकार कानूनले नै कृषि मन्त्रालयको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई दिएकोले त्यसमा अन्य मन्त्रालय वा विभागको हस्तक्षेप गर्न नमिल्ने बताएका हुन । पछिल्ला केही वर्ष यता फुड सम्पिलेन्टको नियमन गर्ने अधिकारी स्वास्थ्य मन्त्रालयको हुनु पर्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको औषधि व्यवस्था विभागले कुरा उठाउन थालेपछि कृषि मन्त्री अधिकारीको यो भनाई आएको हो । यस विषयमा छलफलका लागि भन्दै स्वास्थ्य मन्त्रालयले पटक पटक आफुुलाई बोलाएको बताउदै मन्त्री अधिकारीले ऐनले नै फुड सप्लिमेन्ट हेर्ने अधिकारी कृषि मन्त्रालयलाई दिएकाले यसमा कसैले हस्तक्षेप गर्न नमिल्ने आफ्नो स्पष्ट दृष्टिकोण रहेको बताए । उनले भने, ‘ हामी कानूनले बाधिएका छौ । फुड सप्लिमेन्ट हेर्ने अधिकार कृषि मन्त्रालय मातहतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको हो । हामी नियमन गरिरहेका छौ । त्यसैले यो व्यवसायमा लागेका व्यवसायीले हतोत्साहित हुनु पर्ने कुनै कारण छैन । ’ भोलिका दिनमा कानून परिवर्तन भएछ भने सोच्न सकिने भए पनि अहिले नै सरकारको एक निकायले अर्को निकायको क्षेत्र अधिकारभित्र हस्तक्षेप स्विकार गर्न नसकिने मन्त्री अधिकारीको स्पष्ट संकेत थियो । फुड सप्लिमेन्ट व्यवसायीहरुले पनि नियम कानूनको परिधि भित्र रहेर आफ्नो व्यवसाय गर्ने पर्नेमा मन्त्री अधिकारीले जोड दिए ।
साधारण सभामा नेपाल चिकित्सक संघका महासचिव डा.सन्जिव तिवारीले फुड सप्लिेमेन्ट व्यवसायीलाई हतोत्साहित पार्नु भन्दा राज्यले प्रोत्साहन गर्नु पर्ने आवश्यकता रहेको बताए । डा. तिवारीले भने, ‘ उपभोक्ताले सस्तोमा फुड सप्लिमेन्ट उपभोग गर्न पाउने अवस्था सिर्जना गर्न सरकारले यसमा लाग्ने गरेको चर्को कर घटाउनु पर्छ ।’ यो व्यवसायलाई व्यवस्थित गर्नका लागि सरकारका दुई निकाय कृषि र स्वास्थ्य मन्त्रालय बिचको जुङाको लडाई बन्द गर्नु पर्ने डा. तिवारीले बताए । कार्यक्रममा फ्यानकेनका उपाध्यक्ष शम्भु यादवले कानून अनुसार दर्ता भएर, राज्यलाई कर तिरेर व्यवसाय गरेका फुड सप्लिमेन्ट व्यवसायीलाई औषधि व्यवस्था विभागले दुख दिइरहेको बताए । फ्यानकेनका मधेश अध्यक्ष शिवजी यादवले कानून अनुसार व्यवसाय गर्ने व्यवसायीलाई राज्यको अर्को निकायले हस्तक्षेत्र गर्न नहुनेमा जोड र्दिए ।
आहारपुरक उत्पादक संघका अध्यक्ष रोशन कुमार लोले फुड सप्लिमेन्ट व्यवसायलाई व्यवस्थित बनाउन र दरो रुपमा खुट्टा टेक्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई आग्रह गरेका थिए । फ्यानकनका महासचिव गौरव श्रेष्ठले राज्यको एक निकायले अनुमति दिने र अर्कोले नियन्त्रण गर्न खोज्ने अवस्था तत्काल बन्द गरिनु पर्नेमा जोड दिए । फ्यानकनका केन्द्रीय अध्यक्ष सुरेन्द्र मानन्धरले फ्यानकन मातहतका फुड सप्लिमेन्ट व्यवासायी कानून अनुसार व्यावसाय गरिरहेको दावी गर्दै कसैको अनावश्यक हस्तक्षेत्र स्विकार्य नहुने बताए । फ्यानकन खाद्य, आयर्वेदिक, न्युट्रास्यटिकल तथा कस्मसयुटिकल व्यवसायीको छाता संगठन हो । १० वर्ष पहिले स्थापना भएको फ्यानकनमा तिन सयभन्दा बढी व्यवसायी सदस्य छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने स्वास्थ्य मन्त्रालयको तयारी
Next article अन्धोपन निवारणको क्षेत्रमा स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133141
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

43
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web