• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 24th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

औषधीको मूल्य नीति सम्बन्धी प्रतिवेदन प्रति औषधि व्यवसायीको विरोध

June 11th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
औषधीको मूल्य नीति सम्बन्धी प्रतिवेदन प्रति औषधि व्यवसायीको विरोध

हेल्थ टुडे,
काठमाडौँ, २८ जेठ : औषधीको मूल्य नीति सुझाव समितिले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्राी प्रदीप पौडेललाई बुझाएको प्रतिवेदन प्रति औषधि उत्पादक संघ सहित ९ वटा संस्थाले त्यसको विरोध गरेका छन । औषधि उत्पादक र व्यवसायीको हितमा प्रतिवेदन नभएकोले उनीहरुले मंगलबार साझ आकस्मिक पत्रकार सम्मेलन गरि विरोध गरेका छन । आफुहरुलाई उत्त, सुझाव समितिमा सहभागी नगराएको र सुझाव नमानेको भन्दै उक्त सुझाव प्रतिवेदन कार्यन्वयन नगर्न स्वास्थ्य मन्त्री पौडेललाई उनीहरुले आग्रह गरेका हुन । नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधानले प्रतिवेदन व्यवसायी मैत्री नभएकोले आफूहरुको असहमती रहेको बताए । उपेन्द्र यादव स्वास्थ्य मन्त्री भएका बेला औषधि परामर्श समितिको बैठकले गरेका निर्णय कार्यन्वयन गर्नु पर्ने आफुहरुको माग रहेको प्रधानको प्रधानले बताए ।
औषधि उत्पादक संघका उपाध्यक्ष सन्तोष बरालले ओषधिको मूल्य समायोजन गर्ने निर्णय गर्दा स्वास्थ्य मन्त्रालयले औषधि व्यवसायी सहित सरोकारवालासँग छलफल गर्नु पर्ने बताए । औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले स्वास्थ्य मन्त्री, मन्त्रालयका सचिव, स्वास्थ्य सेवा विभागका महानिर्देशक यी सबै केही समयका लागि मात्र कुर्शीमा पुगेका पटके भएको आक्षेप लगाउदै औषधि व्यवसायका आफुहरु स्थायी सरकार भएकोले आफूहरुको सहभागिता हुनु पर्ने बताए । नेपाल चिकित्सक संघका महासचिव डा. संजीव तिवारीले चिकित्सकले महंगो औषधि लेख्ने गरेकाले औषधिको मूल्य महंगो भएको कुरा सुझावमा समेटिएकोले चिकित्सक संघले त्यसको विरोध गरेको बताए । सरकारले औषधिको मूल्य घटाउने प्रयास गर्दा औषधि व्यवसायीले उपभोक्ताको हितलाई ख्यालै नगरि आफ्नो फाइदा मात्र हेरेर विरोध गर्नु आफैमा विरोधाभाष भएको उपभोक्ता अधिकारीकर्मी सरोज महर्जनले बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अब नेपालमै आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम संचालन हुने
Next article सुर्ती उद्योगको प्रभावमा परेर सुर्तीजन्य पदार्थमा बृद्धि भएन करको दर

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133139
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

39
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web