• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

भक्तपुरको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा सुरु भयो सीटी स्क्यान सेवा

July 21st, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
भक्तपुरको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा सुरु भयो सीटी स्क्यान सेवा

हेल्थ टुडे,
भक्तपुर, ५ साउन : नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल गठ्ठाघरले अत्याधुनिक सीटी स्क्यान सेवा सुरु गरेको छ। मंगलबार एक विशेष समारोहका बीच सेवा शुभारम्भ गरिएको हो। सेवा सुरुवातको अवसरमा अस्पतालले एक साता अवधिसम्म सबै सीटी स्क्यान सेवामा १५ प्रतिशत छुट दिने घोषणा पनि गरेको छ। उद्घाटन कार्यक्रममा मुटुरोग विशेषज्ञ डा। भगवान कोइराला, डा. भोला रिजाल, डा. अर्जुन कार्की, नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाललगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा अस्पतालका वरिष्ठ चिकित्सक, व्यवस्थापन टिम, स्वास्थ्यकर्मीहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
अस्पतालले ल्याएको यो अत्याधुनिक सीटी स्क्यान सेवा भक्तपुर क्षेत्रका बासिन्दाहरूका लागि विशेष राहत हुने विश्वास लिइएको छ। हृदयघात, मस्तिष्कघात, छाती, पेट, हड्डी र अन्य जटिल स्वास्थ्य समस्याको द्रुत र सटीक निदान गर्न सीटी स्क्यान सेवा महत्वपूर्ण हुने अस्पतालले जनाएको छ। अस्पतालका अध्यक्ष रामशरण भण्डारीले भने, “हाम्रो उद्देश्य अत्याधुनिक प्रविधिमा आधारित गुणस्तरीय सेवा समुदायलाई सहज र सुलभ रूपमा उपलब्ध गराउनु हो। भविष्यमा पनि हामी स्वास्थ्य सेवाको स्तर उकास्ने काममा निरन्तर क्रियाशील रहनेछौं।” हस्पिटलका अनुसार नयाँ सेवा प्रारम्भ भएको उपलक्ष्यमा आगामी ७ दिनसम्म ९मिति २०८१ साउन ५ गतेसम्म० सीटी स्क्यान सेवामा १५ प्रतिशत छुट प्रदान गरिनेछ। यसले उपचार खोज्ने धेरै बिरामीहरूलाई आर्थिक रूपमा राहत दिने अपेक्षा गरिएको छ।
नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलले विगतदेखि नै गुणस्तरीय सेवा, अनुभवी चिकित्सक र आधुनिक प्रविधिको संयोजनमार्फत समुदाय केन्द्रित सेवा प्रवाह गर्दै आएको छ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बालबालिकामा हुने मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्दैछौँ : स्वास्थ्य मन्त्री पौडेल
Next article कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132287
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web