• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

September 23rd, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

हेल्थ टुडे,
काममाडौं, ७ असोज : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ अंग प्रत्यारोपण सर्जन डा.पुकारचन्द्र श्रेष्ठ सेवा निवृत भएका छन् । मंगलबारदेखि उनी उमेर हदका कारण सरकारी सेवाबाट सेवा निवृत भएका हुन । विसं २०६९ सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत रहेको केन्द्रको स्थापना कालदेखि नै डा.पुकार केन्द्रको निर्देशकको रुपमा कार्य गर्दै आइरहेका थिए । केन्द्रले असोज ७ गते भव्य कार्यक्रमको आयोजना गरि कार्यकारी निर्देशक डा. पुकारको विदाई गरेको छ ।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, केन्द्रको सञ्चालक समितिका सदस्य एवं संस्कृतिविद् तिलक कायस्थ, समाजसेवी सोम थापा सहित केन्द्रका कर्मचारीले डा. पुकारको योगदानको कदर गर्दे सम्मान सहित विदाइ गरेको हो । प्रत्यारोपीहरुका तर्फबाट झंक श्रेष्ठ, केन्द्रका कर्मचारीका तर्फबाट डा. कल्पना श्रेष्ठ, स्थानियवासीका तर्फबाट सोम थापा, नागरिक समाजका तर्फबाट मदनकृष्ठ श्रेष्ठले डा. पुकारले कलेजो र मिर्गौला प्रत्यारोपण सेवालाई सून्यदेखि शिखरसम्म पुर्याएर देशलाई अमूल्य योगदानको कदर स्वरुप दोसल्ला ओढाएर सम्मान गरेका थिए । सो अवसरमा डा. श्रेष्ठकी पत्नी नविना श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । विदाई कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले डा. पुकारको सक्षम नेतृत्व र केन्द्रका कर्मचारीको अथक प्रयासका कारण नै केन्द्रले देशकै सबैभन्दा बढी मिर्गौला र कलेजो प्रत्यारोपण गर्ने केन्द्रका रुपमा स्थापित भएको बताए ।

१३ वर्षको अवधीमा १५ सय भन्दा बढी मिर्गौला पत्यारोपण, ३५ जनाको कलेजो प्रत्यारोपण, ७ जनाको मस्तिष्क मृत्यु भएका व्यक्तिको अंगदानबाट १३ जनामा मिर्गौला, ४ जनामा कलेजो तथा एक जनामा कलेजो र मिर्गौलाको सफल प्रत्यारोपण गरेर इतिहास रच्न सफल भएकोमा डा. पुकार सहित केन्द्र परिवारलाई धन्यवाद दिए । प्रत्यारोपी झंक श्रेष्ठले डा. पुकारले नेपालको अंग प्रत्यारोपणको क्षेत्रमा दिएको योगदान सबै नेपालीले सधै स्मरण गरिरहने बताउदै डा. श्रेष्ठको अवकास प्राप्त जिवनको शुभकामना व्यक्त गरे । केन्द्रका प्रशासनिक अधिकृत हरिहर पोखरेलले डा. श्रेष्ठ अवकासमा गए पनि केन्द्रलाई उहाँको साथ, सहयोग र सल्लाह सधै प्राप्त भइरहने विश्वास व्यक्त गरे ।
वरिष्ठ नेफ्रोलोजिष्ट डा. कल्पना श्रेष्ठले डा. पुुकारको योगदान सधै स्मरण रहने बताइन । विदाई समारोहलाई सम्बोधन गर्दै सेवा निवृत डा. पुकारले केन्द्रको स्थापनाकाल देखि अहिलेको अवस्थासम्म सहयोग गर्ने व्यक्तिहरुलाई स्मरण गर्दै सबैको साथ र सहयोगले केन्द्रले अहिलेको सफलता प्राप्त गरेको बताए । मिर्गौला प्रत्यारोपणका क्षेत्रमा केन्द्रमार्फत शून्यदेखि शिखरसम्म पुर्याउन केन्द्रका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको योगदानको उच्च मूल्यांकन गर्दै भविश्यमा पनि आफुले सक्दो सहयोग गर्न तत्पर रहेको डा. पुुकारले बताए । सो अवसरमा केन्द्रको अन्तर कथा नामक पुस्तकको समेत विमोचन गरिएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पिसाब चुहिने समस्या र त्यसको निदान
Next article मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132284
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web