• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 20th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारउन्मुख, मुटुको चाल सामान्य

November 27th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारउन्मुख, मुटुको चाल सामान्य

हेल्थ टुडे,
काठमाडौ,११ मंसिरः प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा केही सुधार देखिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । स्वास्थ्यमा सुधार भएसंगै मुटुको चाल सामान्य बनाउन दिइएको इनो ट्रोप नामक औषधि बन्द गरिएको जनाइएको छ ।
अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री होसमा आएपनि अत्याधिक कमजोरी छ । ओलीको स्वास्थ्यमा सुधारको क्रम जारी रहेकोमा बुधबार बिहान भेण्टिलेटरपनि हटाइएको अस्पताल स्रोतले जनाएको छ ।
मंगलबार बिहान ७ बजेदेखि प्रधानमन्त्री ओलीको पेट दुख्न थालेको थियो । दुखाइ बढ्दै गएर सहनै नसक्ने भएपछि ९ बजे उनलाई शिक्षण अस्पताल हातामा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको थियो ।
यो अस्पतालमा पेटको उपचार हुँदैन । तर, शिक्षण अस्पतालमा भन्दा यहाँको आइसियू आधुनिक र व्यवस्थित भएकाले अन्य समस्या हुँदा पनि ओलीलाई यही सेन्टरमा लग्ने गरिएको छ ।
प्रारम्भिक परीक्षणमा उनलाई एपेन्डिसाइटिस भएको अनुमान गरिएको थियो । रगत र पिसाब जाँच तथा एक्सरे र भिडियो एक्सरे परीक्षणपछि प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस होइन, पेरिटोनाइटिस भएको पत्ता लागेको थियो ।
प्रधानमन्त्री ओलीले १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका हुन् । तर, सो मिर्गौलाले पनि अब काम गर्न छाडेकाले पुनः मिर्गौला प्रत्यारोपण गर्ने तयारी भइरहेको छ । अहिले अस्थायी रूपमा उनले डायलाइसिस गराइरहेका छन् ।
तर, मिर्गौला र प्रधानमन्त्रीलाई अहिले भएको समस्याका बीचमा कुनै साइनो नभएको डाक्टरहरूको दावी छ । मिर्गौला रोगको उपचार गराइरहेका प्रधानमन्त्री केपी ओलीलाई पेटमा पनि समस्या भएको छ । अचानक पेटमा संक्रमण फैलिएपछि मंगलबार दिउँसो अप्रेसन गरिएको थियो भने राति पनि भेन्टिलेटरमा राखिएको छ ।
बुधबार थप स्वास्थ्य परीक्षण गरेपछि उनको स्वास्थ्य अवस्थाबारे यकिन जानकारी दिन सक्ने डाक्टरहरूले बताएका छन् । आइतबार डायलाइसिस गरेका प्रधानमन्त्री ओली सोमबार दिनभरि व्यस्त थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बिरामीलाई बलात्कारको प्रयास गरेको आरोप लागेका डाक्टर निलम्बित
Next article प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार, केही दिन अझै अस्पतालमै रहने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 19th 8:15 AM
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Aug 12th 4:13 PM
समाचार

कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

Aug 7th 11:04 AM
समाचार

नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Aug 4th 9:00 AM
समाचार

नेपाल औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

Jul 23rd 7:49 AM
समाचार

कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

Jul 21st 12:33 AM
समाचार

भक्तपुरको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा सुरु भयो सीटी स्क्यान सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131763
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web