• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार, केही दिन अझै अस्पतालमै रहने

November 28th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार, केही दिन अझै अस्पतालमै रहने

हेल्थ टुडे,
काठमाडौ,१२ मंसिरः प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा बुधबार उल्लेख्य सुधार आएको चिकित्सकले बताएका छन् । स्वास्थ्यमा सुधार देखिएपनि पूर्ण रुपले खतरामुक्त नरहेकाले अझै केही दिन अस्पतालमै राखिने उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । अत्यधिक पेट दुखाई भएपछि प्रधानमन्त्री ओली मंगलबार बिहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।
उपचारमा संलग्न चिकित्सकका अनुसार एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रियासँगै ओलीको पेटमा फैलिएको संक्रमण नियन्त्रण गरिएको भएपनि अन्य संक्रमणको जोखिम यथावत् छ । उपचारमा संलग्न चिकित्सकले अहिले एन्टिबायोटिक दिएर संक्रमण नियन्त्रण गर्ने प्रयास भईरहेको जनाएका छन् । प्रधानमन्त्रीको शल्यक्रिया गरिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा.उत्तमकृष्ण श्रेष्ठले बुधबार राति ७ बजे विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको जनाएका छन् । ओलीलाई उपचारका सबै व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको विज्ञप्तिमा उल्लेख छ ।
त्यसअघि बिहान साढे १० बजे सेन्टरले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री कुराकानी गर्न सक्ने अवस्थामा रहेको जनाइएको थियो । प्रधानमन्त्रीको मंगलबार ल्यापरोक्टोमी (पेटलाई पूरा चिरेर गरिने शल्यक्रिया) र एपेन्डेक्टोमी (एपेन्डिक्स हटाउने शल्यक्रिया) गरिएको थियो । जोखिम कम भएपछि प्रधानमन्त्रीलाई बुधबार बिहान भेन्टिलेटरबाट हटाइएको थियो ।
ओलीलाई हाल‘बोर्ड स्प्रेक्टम एन्टिबायोटिक (विभिन्न संक्रमणमा प्रभावकारी हुने औषधि) दिइएको छ । मल्टिड्रग रेसिस्टेन्ट (बहुऔषधि प्रतिरोधी) अवस्था आइपरे यस्तो औषधि एक साताभन्दा बढी समय दिनुपर्न सक्ने ती चिकित्सकले जनाए । प्रधानमन्त्रीलाई बुधबार तरल पदार्थ मात्र खान दिइएको थियो ।प्रधानमन्त्री ओलीलाई आज(बिहिबार) केहिबेर हिडडुल गराईने उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारउन्मुख, मुटुको चाल सामान्य
Next article वीर अस्पतालको दुवाकोट परियोजनालाई अघि बढाउन स्वास्थ्यमन्त्रीको निर्देशन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133248
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

48
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

56
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web