• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 13th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्यकर्मीलाई नै आफू जोगिन गाह्रो

June 28th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्यकर्मीलाई नै आफू जोगिन गाह्रो

हेल्थ टुडे,

कञ्‍चनपुर, १४ असार :  सुरक्षाका प्ररम्भिक उपाय अपनाएकै थिए । जेठ ८ देखि कैलालीको गौरीफन्टा नाकाबाट घर फर्कनेको स्वास्थ्य जाँच र क्वारेन्टाइनमा नियमित अनुगमन गरिरहेका पुनर्वास नगरपालिकाका ल्याब असिस्टेन्ट जनक धामीले आफू कोरोना संक्रमित भएको पत्तै पाएनन । पहिलो दिन नै गौरीफन्टा हुँदै आएका पुनर्वासका ३४ जनामध्ये आरडीटी पोजिटिभ देखिएका एक जनालाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा पठाइयो । अन्य ३३ जनालाई टिपरमा राखेर क्वारेन्टाइनतर्फ लैजाने क्रममा सामान्य विवाद भएको थियो । त्यतिबेला दुई जना ती धामीको नजिकै आएका थिए । ‘त्यतिबेला उनीहरुलाई सम्झाउने क्रममा मैले मास्कसमेत लगाएको थिइनँ,’ उनले भने, ‘तिनीहरूबाटै मलाई पनि संक्रमण भएको शंका छ ।’

नाकामा जाँच गर्न खटिएका दुई स्वास्थ्यकर्मीका लागि एउटा मात्रै पीपीई सेट थियो । राम्रो मास्क पनि थिएन । त्यसपछि तिनको प्रयोगको तरिका समेत राम्ररी थाहा नभएका कारण संक्रमित हुनुपरेको धामीले बताए । जेठ २० मा संक्रमण पुष्टि भएका उनी असार १ मा निको भएर फर्किएका हुन् । स्वाब जाँचका लागि पठाएको ५ दिनपछि उनको रिपोर्ट आएको हो । ९ वर्षदेखि परासन स्वास्थ्य चौकीमा कार्यरत धामी आरडीटी परीक्षणदेखि स्वाब संकलनमा खटिएका थिए । संक्रमण पुष्टि भएपछि आइसोलेसनमा बस्दा स्वास्थ्यमा खासै समस्या नभए पनि घर परिवारले भने अवहेलना खेप्नुपरेको उनी बताउँछन् । छिमेकीहरुले गर्ने छिछि र दूरदूरले आफन्तहरुमा झनै पीडा भएको उनले बताए । संक्रमणको त्रास र डर कम हुँदै गए पनि संक्रमितप्रतिको व्यवहार र सोचाइ भने फरक हुन नसकेको उनको बुझाइ छ ।

पुनर्वास नगरपलिकाकै त्रिभुवनबस्ती स्वास्थ्य चौकीका ल्याब असिस्टेन्ट दुर्गा भट्ट पनि नाकामा भित्रिनेको जाँचसँगै क्वारेन्टाइनमा बसेकाको परीक्षण र रेखदेखमा थिए । क्वारेन्टाइनमा रहेकाको परीक्षण र उपचारका क्रममा उनी पनि संक्रमित भएका हुन ।

जेठ तेस्रो साता पुनर्वास नरगपालिकाकै बिचफाँटामा रहेको एक क्वारेन्टाइनमा बसेका बीच विवाद भयो । त्यतिबेला भीड नियन्त्रण गर्न निकै समस्या भयो । पछि स्वाब संकलन गर्दा उक्त क्वारेन्टाइनमा ६ जनाको रिपोर्ट पोजिटिभ भएपछि उनलाई पनि आफू संक्रमित भएको हुन सक्ने शंका लागेको थियो ।

जेठ १५ मा संक्रमण देखिएको ल्याब असिस्टेन्ट धामीको कन्ट्याक्ट ट्रेसिङका आधारमा उनको स्वाब संकलन गरिएको हो । उनमा जेठ २५ मा संक्रमण पुष्टि भएको हो । असार ५ गते निको भएर डिस्चार्ज भएका उनी अहिले होम क्वारेन्टाइनमा छन् । ‘हामीलाई कोरोनाभन्दा पनि छिमेकीले बढी दुस्ख दिएका छन्,’ कोरोना संक्रमण भएर महाकाली अस्पतालको आइसोलेसनमा रहेकी वेदकोट नगरपालिकाकी एक संक्रमित स्वास्थ्यकर्मीले भनिन्, ‘मलाई त कुनै पनि लक्षण देखिएको छैन, तर छिमेकी र आफन्तले कुरा काट्ने र घर परिवारलाई तनाव दिने गरेका कारण दुस्ख लागेको छ ।’

उनले आफ्नो फेसबुक पेजमा समेत कोरोना सामान्य संक्रमण भएकोले यसप्रति खासै डराउनु नपर्ने भन्दै बरु समाज र छिमेकीले गर्ने व्यवहार परिवर्तन गर्नुपर्ने लेखेकी छन् । उनी पनि ल्याब असिस्टेन्ट नै हुन

पीपीईलगायत मास्क र अन्य स्वास्थ्य सामग्री लगाउने तरिका थाहा नभएकै कारण संक्रमण भएको उनको अनुमान छ । उनी सुरुदेखि क्वारेन्टाइनमा स्वाब संकलनदेखि आरडीटी परीक्षणमा खटिएकी थिइन् । उनमा असार ९ गते संक्रमण पुष्टि भएको हो । आइसोलेसनमा लक्षण देखिएका र नदेखिएका सबैलाई एउटै ठाउँमा राख्दा जोखिम बढी देखिएको उनले बताइन् ।

कञ्चनपुरमा ५ स्वास्थ्यकर्मीका संक्रमण देखिएको छ । उनीहरु सबै ल्याबमै काम गर्ने हुन ।जसमध्ये पुनर्वास नगरपालिकाका २ र लालझाडी गाउँपालिकाका १ गरी ३ जना निको भइसकेका छन ।

वेदकोट नगरपालिकाका २ जना अहिले महाकाली अस्पतालको आइसोलेसनमा छन् । ‘क्वारेन्टाइनमा जाँदा होस वा स्वाब संकलन गर्दा र आरडीटी परीक्षणका क्रममा हुने सामान्य असावधानीले समेत संक्रमण भएको हुन सक्छ,’ जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य अधिकृत सिद्धराज भट्टले भने, ‘यो नयाँं अभ्यास भएकाले पनि पीपीई लगाउने, खोल्ने र डिस्पोज गर्ने तरिकाहरु थाहा नभएर पनि संक्रमण भएको हुन सक्छ ।’ उनले नयाँ अभ्याससँगै स्वास्थ्यकर्मीहरुलाई तालिमको समेत अभाव भएकाले समस्या देखिएको बताए । जिल्लामा क्वारेन्टाइनमा खटिने स्वास्थ्यकर्मीसँगै २ सुरक्षाकर्मी र १ जना भान्सेमा समेत संक्रमण देखिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जरा गाडिएको समाजमा पिल्सिएको मुख स्वास्थ्य 
Next article लेखकले पठाए कञ्चनपुर र बैतडीमा कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामग्री

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132199
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web