• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 26th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

भारतले डेढ महिना भित्रै कोरोना भ्याक्सिन ल्याउने, मूल्य मात्र २५० रुपैयाँ

August 23rd, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
भारतले डेढ महिना भित्रै कोरोना भ्याक्सिन ल्याउने, मूल्य मात्र २५० रुपैयाँ

हेल्थ टुडे,

काठमाडौं, ७ साउन : भारतको पहिलो कोरोना भ्याक्सिन कोभिशिल्ड प्रयोगका लागि डेढ महिना भित्रै बजारमा उपलब्ध हुने भएको छ । पुणेस्थित बायोटेक कम्पनी सीरम इंस्टीट्यूटले बनाइरहेको कोभिशिल्ड डेढ महिना भित्र सर्वसाधारणका लागि प्रयोगक गर्न बजारमा उपलब्ध गराउने भएको छ । नेशनल इम्यूनाइजेशन प्रोगामका रुपमा भारत सरकारले भारतीय नागरिकहरुलाई कोरोनाको भ्याक्सिन निःशुल्क लगाउने तयारी भएको भारतीय आधिकारिक सञ्चार माध्यमले जनाएका छन् ।

भ्याक्सिन तयारीको प्रक्रिया

पुणेस्थित सीरम इंस्टीट्यूट आफ इन्डियाका पदाधिकारीहरुले भने, भारत सरकारले हामीलाई विशेष निर्माण प्राथमिकता लाइसेन्स दिएको छ । यस अनुसार हामीले ट्रायल प्रोटोकलको प्रक्रिया तीव्र बनाएका छौँ, ताकि ट्रायल ५८ दिनमा पूरा होस् । यस अनुसार, शनिबार तेस्रो चरणको ट्रायलको पहिलो डोज दिइएको छ, दोस्रो डोज त्यसको २९ दिनपछि दिइनेछ । ट्रायलको अन्तिम डाटा दोस्रो डोज दिइएको १५ दिनपछि सार्वजनिक हुनेछ । त्यसपछि हामी कोभिशिल्डलाई व्यवसायिक प्रयोगका लागि बजारमा ल्याउने योजना बनाइरहेका छौँ । योभन्दा पहिलो भ्याक्सिनको ट्रायल पूरा हुन ७ देखि ८ महिना लाग्ने बताइएको थियो ।

 १७ केन्द्रमा १६ सय जनामा ट्रायल सुरु

१७ केन्द्रहरुमा १६ सय जना मानिसहरुका बीच कोभिशिल्ड भ्याक्सिनको ट्रायल २२ अगस्टबाट नै सुरु गरिएको छ । यस प्रक्रियामा प्रत्येक केन्द्रमा करिब एकसय जनामाथि कोरोना भ्याक्सिनको परीक्षण भइरहेको छ ।

 सीरम कम्पनीले एस्ट्रा जेनेकाबाट किन्यो भ्याक्सिन बनाउने राइट्स

भारतीय सञ्चार माध्यमका अनुसार, सीरम इंस्टीट्यूटले एस्ट्रा जेनेका नामक कम्पनीबाट उक्त भ्याक्सिन बनाउनका लागि अधिकार खरिद गरेको हो। यसका लागि सीरम इंस्टीट्यूटले एस्ट्रा जेनेकालाई रोयल्टी भुक्तान गर्नेछ । यसैगरी सीरम इंस्टीट्यूटले उक्त भ्याक्सिनलाई भारत र विश्वका ९२ अन्य देशहरुमा बेच्नेछ ।

 भारतीय नागरिकलाई भ्याक्सिन निःशुल्क लगाइने

भारतीय केन्द्र सरकारले सीधै सीरम इंस्टीट्यूटसँग कोभिशिल्ड भ्याक्सिन किन्ने र भारतीय नागरिकहरुलाई निःशुल्क रुपमा भ्याक्सिन लगाइने संकेत दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। भारत सरकारले जून २०२२ सम्म सीरम इंस्टीट्यूटसँग ६८ करोड भ्याक्सिन खरिद गर्नेछ । भारतको जनसंख्या हाल करिब एक अर्ब ३० करोड रहेको छ । सीरम इंस्टीट्यूटसँग ६८ करोड डोज खरिद गरेपछि भ्याक्सिनको बाँकी आवश्यकता पूरा गर्नका लागि केन्द्र सरकारले आइसीएमआर र भारत बायोटेकद्धारा संयुक्त रुपमा विकसित भइरहेको कोभाक्सिन र निजी फार्मा कम्पनी जाइदस् क्याडिला द्धारा विकसित भइरहेको जाइकोभ–डी को अर्डर दिन सक्ने बताइएको छ । यि कम्पनीहरुको कोरोना भ्याक्सिनको ट्रायल सफल भएको थियो ।

 सीरमले प्रत्येक महिना ६ करोड डोज बनाउने

सीरम इंस्टीट्यूटले कोरोना भ्याक्सिनको ६ करोड डोज बनाउने योजना अनुसार काम गरिरहेको छ । उक्त क्षमतालाई अप्रिल २०२१ सम्म १० करोड डोज प्रत्येक महिना दिइनेछ।

 विश्वको सबैभन्दा ठूलो भ्याक्सिन निर्माता सीरम

भ्याक्सिन निर्माणमा तीव्रता ल्याउनका लागि सीरमले आफ्नो प्लान्टमा परिवर्तन गरेको छ र यसका लागि मात्र २ अर्ब भारतीय रुपैयाँ खर्च गरेको छ । सीरम इंस्टीट्यूट भ्याक्सिन बनाउने विश्वको सबैभन्दा ठूलो कम्पनी हो । यो कम्पनीसँग १६५ दिनमा १ अर्ब ५० करोड भ्याक्सिन बनाउने क्षमता रहेको छ । बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशन सीरम इंस्टीट्यूटलाई ११ अर्ब २५ करोड भारु दिन सहमत भएको छ । ताकि यो कम्पनीले गरिब देशहरुलाई १० करोड भ्याक्सिनको निर्माण र आपूर्ति गर्न सकोस् । भारतीय सञ्चार माध्यमका अनुसार, यसको सहायतापछि सीरम इंस्टीट्यूटले एउटा भ्याक्सिनको मूल्य एक हजार रुपैयाँबाट घटाएर २५० रुपैयाँमा झारेको छ । ( एजेन्सीको सहयोगमा )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्यकर्मीलाई सम्मानजनक व्यवहार गर्न मानव अधिकार आयोगको आग्रह
Next article निषेधाज्ञाको अवधिमा सरकारले यी काम गरोस्

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 25th 7:19 AM
समाचार

चर्को विरोधपछि डा.गोविन्द केसी अनसन छोडेर सेती प्रादेशिक अस्पताल भर्ना

Jul 24th 7:43 AM
समाचार

डा. केसीविरुद्ध सुदूरपश्चिममा विरोध चर्कियो, संघर्ष समितिले दियो प्रतिअनशनको चेतावनी

Jul 23rd 10:28 AM
समाचार

५ बुँदे माग राख्दै धनगढीबाट डा. गोविन्द केसीले सुरु गरे अनसन

Jul 21st 6:22 AM
समाचार

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार

Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133564
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

123
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

117
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web