• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

सहरिया खाएरै रोगी

January 13th, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सहरिया खाएरै रोगी

पदमराज जोशी
दुर्गम क्षेत्रका जनता अहिले पनि बर्सेनि भोकमरी र खाद्यान्न संकट भोग्न बाध्य छन् । पेटभरि खान नपाएर उनीहरू कुपोषण, रोग र मृत्युको सिकार भइरहेका छन् । तर, यही मुलुकमा एकथरी मानिस खासगरी सहरिया खाएरै रोगी भइरहेका छन् । पोलेको तात्तातो सेकुवा, मसलेदार चिकन तन्दुरी अनि बोसोयुक्त खसीको पक्कु नै किन नहोस्, खाँदा त स्वादिलै हुन्छ । तर, त्यसले मानिसलाई रोगी पनि बनाइरहेको हुन्छ । कस्तो खाना कति मात्रामा कसरी खाने ? भन्ने पक्षमा ध्यान दिन नसकेकै कारण खासगरी सहरका मानिस खाएरै रोगी भइरहेका छन् । रक्सी, मासु र जङ फुडलगायतका उच्च क्यालोरीयुक्त खाना खाने बानीले सहरका मानिसलाई रोगी बनाइरहेको छ । स्वास्थ्यको ख्यालै नगरी जथाभावी खाने बानी भएकालाई चिकित्सकको सल्लाह छ, जिब्रोको स्वादको पछि मात्र नलाग्नुस्, स्वास्थ्यलाई फाइदा हुने गरी ठिक्क मात्रामा खानुस् ।
केही समयपहिले बन्द भएको हास्य टेलिशृंखला तीतो सत्यका कलाकार गैंडा अर्थात् निर्मल शर्मा पहिले जे पनि खान्थे । बियर, चुरोट, पोलेको मासु सबै खान्थे । तर यसले स्वास्थ्यमा समस्या देखिएपछि अहिले उनी न चुरोट खान्छन् न त बियर । चुरोटकै कारण मेरो बुवाको मृत्यु भयो । त्यो देखेपछि मैले चुरोट पिउन छाडेँ, निर्मल भन्छन्, मोटोपनका कारण बफ, रेड मिट र बोसोयुक्त खानेकुरा पनि खान छाडेको छु ।
वरिष्ठ चलचित्र अभिनेता नीर शाह शाकाहारी बनेका छन् । पहिले उनी मांसाहारी थिए । शाकाहारी भएर खानपानमा ध्यान दिन थालेपछि आफ्नो मानसिकता नै परिवर्तन भएको शाह बताउँछन् । क्यान्सर रोगविज्ञ एवं नेसनल क्यान्सर हस्पिटलका कार्यकारी निर्देशक डा. मदनकुमार पिया पहिले आफैं चुरोट पिउँथे । पहिले दिनमा ५० खिल्ली चुरोट एक दिनमै खान्थे । चुरोटका कारण लाग्ने क्यान्सर डाक्टरलाई पनि लाग्न सक्छ भनेर चुरोट छाडेको हुँ, डा. मदन भन्छन्, मांसाहारीको तुलनामा शाकाहारीमा क्यान्सर हुने सम्भावना कम हुन्छ । मदनका अनुसार क्यान्सर रोगीमध्ये ८५ प्रतिशत मांसाहारी छन् भने १५ प्रतिशतमात्र शाकाहारी छन् ।
पोषणविद् जया प्रधान अधिकांश नेपालीलाई खाना खाएर पनि रोगी भइन्छ भन्ने चेतना नभएको बताउँछिन् । खानेकुरामा सन्तुलन नहुँदा रोगी भइन्छ भन्ने चेतना भए पनि खाने बेलामै बिर्सिन्छन्, प्रधान भन्छिन्, त्यसैले खानाकै कारण अधिकांश सहरिया बिरामी परिरहेका छन् । धेरैजसो भोजभतेर, पार्टी, गोष्ठी, सभा सम्मेलनमा सहभागी भइरहने व्यक्ति आफ्नो शरीरलाई आवश्यक पर्नेभन्दा बढी चिल्लो, प्रोटिन, कार्बोहाइड्रेड खाइदिन्छन् । भोजमा जानुस् तर धेरै खाना नखानुस्, नर्भिक इन्टरनेसनल अस्पतालका मुटुरोग विज्ञ डा. यादवदेव भट्टको सल्लाह छ, हरेक मानिसले आफू खानकै लागि बाँचेको नभई बाँच्नका लागि खाएको कुरा दिमागमा राख्नुपर्छ ।
रुवाउँछ खसी र मासुले
खाएर रोगी हुनेलाई सबैभन्दा बढी मुटु रोगले सताउने गरेको पाइएको छ । सहरमा एउटा संस्कार नै विकास भएको छ, पहिले खाएर मोटाउने अनि मोटाएर बिरामी पर्न थालेपछि तौल घटाउनतिर लाग्ने । गाउँघरको तुलनामा सहरका बासिन्दा बढी रक्सी पिउँछन् । रक्सी पिउन कुनै बहाना नै चाहिँदैन । काठमाडौंका तारे होटेलदेखि बेकरी क्याफे र रेस्टुराँसम्ममा आयोजना गरिने पार्टीमा रक्सी अनिवार्य भइसकेको छ । रक्सीबिनाको पार्टी नै हुँदैन, राष्टिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक एवं मिर्गौला रोगविज्ञ डा. ऋषिकुमार काफ्ले भन्छन्, मानिसलाई रोगी बनाउनुमा रक्सीको पनि प्रमुख भूमिका छ ।
रक्सी र मासु जथाभावी खाँदा मोटोपन बढ्ने र त्यसले मुटुरोग निम्त्याउने गरेको डा. भट्ट बताउँछन् । मधुमेह, उच्च रक्तचाप, मुटुरोग, मोटोपनलगायत दर्जनौं रोगको प्रमुख कारण हामीले खाने खाना नै हो । हामीले दैनिक खाने खानेकुरामा आवश्यकताअनुसार कार्बोहाइड्रेट, भिटामिन, प्रोटिन र चिल्लो पदार्थको मात्रा हुनुपर्छ, पोषणविद् डा. अरुणा उप्रेती भन्छिन्, सहरमा जंक फुडको जगजगी बढेको छ । यसले बालबालिकालाई मात्र नभएर सबैलाई कुनै न कुनै रूपमा रोगी बनाइरहेको छ ।
अर्कोतिर पोषण ज्ञानको अभावले गर्भवती महिलालाई आवश्यकताभन्दा बढी नै पोषणयुक्त खाना खुवाउने गरिन्छ । यसका कारण पछिल्ला वर्षमा मोटा बच्चा जन्मने गरेका छन । पेटमा मोटो बच्चा भएपछि सिजरिङ (अप्रेसन) गर्नुपर्छ । प्रसूतिगृहको तथ्यांकअनुसार बच्चा जन्माउँदा २० प्रतिशत महिलाको सिजरिङ गर्नुपर्छ । यसको प्रमुख कारण मोटो बच्चा जन्मनु हो । जिन्दगी जतिसम्म बाँचिन्छ, ऋण लिएर भए पनि मीठो खानुपर्छ भन्ने भौतिकवादी चिन्तनले पनि स्वास्थ्य जोखिममा पर्दै गइरहेको चिकित्सक बताउँछन् । क्यान्सर रोगविज्ञ डा. सुदीप श्रेष्ठ राजधानीका होटेल, रेस्टुराँ र सेकुवाघरमा पाइने सेकुवा र रक्सीले क्यान्सरको खतरा बढाइरहेको बताउँछन् । पोलेको सेकुवा वा मासुमा नाइट्रोसमाइन नामक रसायन पाइन्छ । त्यसले क्यान्सर गराउन सहयोग गर्छ, डा. श्रेष्ठ भन्छन्, पोलेको सेकुवाका साथ रक्सी खाँदा मुख र खाना खाने नलीको क्यान्सर हुन्छ । पूर्वस्वास्थ्य सचिव डा. प्रवीण मिश्र धेरैलाई खान नहुने खानाबारे जानकारी भए पनि खाने बेलामा बिर्सने गरेको बताउँछन् । रक्सी बढी खानेहरूको मृत्यु भएको देख्दादेख्दै पनि त्यो बिर्सिएर मानिस रक्सी पिउने गरेको छ, डा.मिश्र भन्छन्, एक दिनको पार्टीमा मात्र भए पनि रक्सी छोडौंभन्दा डाक्टरसाप नै मान्न तयार नभएको समेत देखियो ।
जंक फुडको जगजगी
पहिले नेपालमा सर्ने रोग अर्थात् झाडापखाला र हैजाबाट मृत्यु हुनेको संख्या धेरै थियो । मृत्यु हुनेमध्ये ८० प्रतिशत सरुवा रोगले हुन्थ्यो तर अहिले नसर्ने रोगका कारण मृत्यु हुनेको संख्या ५० प्रतिशत पुगिसकेको छ । नसर्ने रोगको प्रकोप बढनुको प्रमुख कारण जंग फुड पनि हो । विज्ञहरूका अनुसार घरमा पकाएको खाना स्वस्थ्यकर हुन्छ । तर, आमाबाबुको कार्यव्यस्तता वा टेलिभिजनमा देखाइने विज्ञापनको प्रभावले सानै उमेरदेखि बालबालिका जंग फुडप्रति आकर्षित हुने गरेका छन् । यो गम्भीर मुद्दा हो, डा. प्रवीण भन्छन्, जंग फुड नखान सानैदेखि चेतना जगाउनुपर्छ ।
स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक एवं सरुवा रोगविज्ञ डा. वासुदेव पाण्डे पनि खानाकै कारण डाइरिया, टाइफाइड, झाडापखालालगायत समस्या हुने बताउँछन् । त्यतिमात्र नभएर खानामा लापरबाही गर्दा कलेजो र मिर्गौला बिग्रने समस्या पनि हुन्छ । दैनिक उपभोगका अधिकांश खानेकुरामा हुने मिसावटका कारण पनि मानिसहरू बिरामी पर्ने गरेका छन् । दाल बेसार, घिउ, तेल, मिठाई, दूध सबैमा मिसावट छ । मिसावट नभएको खाद्यपदार्थ पाउनै गाह्रो छ, डा. पाण्डे भन्छन्, मिसावटले धेरै रोग निम्त्याउँछ ।
काठमाडौंका होटेल, रेस्टुराँ, भोजनालयको खाना खाएर बिरामी हुनेको संख्या पनि कम्ती छैन किन डायरिया भयो भनेर बिरामीलाई सोध्दा होटेलको खानाले भन्ने जवाफ दिने गरेको डा. पाण्डे बताउँछन् । सहरका बासिन्दाका लागि पहिलेको तुलनामा फलफूल र सागसब्जी उपलब्ध रहे पनि कति खाने भन्ने ज्ञानको अभाव छ ।
पहिले फलफूल खान बिरामी हुनुपथ्र्यो तर अहिले त्यो अवस्था छैन । अहिले जंक फुडले नै समस्या ल्याएको छ । ताजा साग बेचेर जंगफुड किन्ने गरिएको छ । पोषणविद् डा. उप्रेती भन्छिन्, किनमेलका लागि सुपर मार्केट जाँदा धनीमानीहरूले टन्नै जंक फुड बोकेर ल्याइरहेको देख्छु । रोग किनिरहेको उनीहरूलाई थाहा छैन ।
बढी खाए बिरामी भइन्छ, कम खाए कुपोषण हुन्छ, यो कुराको राम्रो ज्ञान नभएसम्म खाएरै रोगी हुने अवस्था बाँकी नै रहिरहने डाइबेटिज तथा थाइरोइडविज्ञ डा. ज्योति भट्टराई बताउँछिन् । उनी भन्छिन्, एकैचोटी थालभरि दाल, भात, अचार राखेर टन्न खानुको सट्टा थोरैथोरै गरी दिनमा दुईतीन पटक खानेबानीको विकास गर्न सके खाएरै रोगी हुने समस्या कम गर्न सकिन्थ्यो । कुन उमेरको व्यक्तिले के खाने ? कतिकति बेला खाने ? कति मात्रामा खाने ? जस्ता कुराको ज्ञान नभएकाले यो समस्या देखिएको विज्ञहरू बताउँछन् । पोषणविद् प्रधान भन्छिन्, बढी शारीरिक श्रम बढी गर्ने र प्रौढहरूलाई धेरै क्यालोरी आवश्यक पर्छ । पोषण ज्ञानको अभावमा बढी क्यालोरीयुक्त खाना खाई रोगी भइरहेकाको संख्या बढिरहेको चिकित्सकहरू बताउँछन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. पुकारलाई भारतमा सम्मान
Next article मिस नर्सको अडिसन सुरु

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

रुट क्यानलमा अब्बल जोडी

रुट क्यानलमा अब्बल जोडी

Leave a Reply Cancel reply

Timeline
Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132571
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web