• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 19th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

आइसोलेसनमै बच्चा जन्माइन् कोरोना संक्रमित महिलाले

September 14th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आइसोलेसनमै बच्चा जन्माइन् कोरोना संक्रमित महिलाले

हेल्थ टुडे,

ओखलढुङ्गा, २९ भदौ  :  ओखलढुङ्गामा कोरोना संक्रमित एक महिलाले नवजात शिशुलाई जन्म दिएकी छिन् । कोरोना संक्रमण पुष्टि भएपछि ओखलढुङ्गा सामुदायिक अस्पतालको आइसोलेसनमा बसेकी एक महिलाले बच्चा जन्माएकी हुन् ।

कोरोेना संक्रमित महिलाले स्वस्थ शिशु जन्माएको अस्पतालका निर्देशक युवराज आचार्यले बताए । आमालाई आइतबार संक्रमण पुष्टि भए पनि जन्मिएको शिशु स्वस्थ रहेको उनको भनाइ छ । ‘कोरोना संक्रमण देखिएकी महिलाबाट शिशुको जन्मभएको छ,’ उनले भने, ‘सामान्य प्रक्रियाबाटै बच्चा जन्मियो, अहिले आमा र बच्चा दुवैको अवस्था सामान्य छ ।’ शल्यक्रिया गर्न नपर्दा थप जोखिम नभएको उनको भनाइ छ । अस्पतालले संक्रमित सुत्केरीको नाम भने सार्वजनिक गरेको छैन ।

अस्पतालले कोरोनाको संक्रमण बढ्दै गएपछि संक्रमित गर्भवतीलाई प्रसूति सेवा दिन आइसोलेसन डेलिभरी कक्ष सञ्चालनमा ल्याएको छ । संक्रमित महिलाको डेलिभरीका लागि आइसोलेसन डेलिभरी कक्ष र शल्यक्रिया थिएटर सञ्चालनमा ल्याइएकाले संक्रमितलाई सेवा दिन सजिलो भएको अस्पतालले जनाएको छ । ( रासस )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कोभिड–१९ बारे २३ वटा अध्ययन गर्दै स्वास्थ्य अनुसन्धान परिषद्
Next article कोरोना बीमा एक लाखबाट घटाएर २५ हजार पाउने मापदण्डले बीमा प्रतिको विश्वास घट्दै

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131976
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web