• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

आईसियूमा उपचाररत् कोरोना संक्रमितको अवस्था बुझ्न स्वास्थ्यले विज्ञ टोली खटाउने

September 17th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आईसियूमा उपचाररत् कोरोना संक्रमितको अवस्था बुझ्न स्वास्थ्यले विज्ञ टोली खटाउने

हेल्थ टुडे,

काठमाडौं, १ असोज : कोरोना  संक्रमित भएपछि देशका विभिन्न अस्पतालका आईसियू ( सघन उपचार कक्ष) हरुमा उपचार गराईरहेका गम्भिर प्रकृतिका विरामीहरुको उपचारको अवस्था बुझ्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्रिटिकल केयरका विज्ञहरुको टोली खटाउने निर्णय गरेको छ ।

बिहीबारसम्म देशका विभिन्न अस्पतालका आईयूसीहरुमा १७३ जना कोरोना संक्रमित उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले विज्ञ सम्मिलित टोलीले सातवटै प्रदेशका विभिन्न अस्पतालका आईसियूमा उपचाररत बिरामीहरुको उपचारको अवस्था अध्ययन गरि प्रतिवेदन मन्त्रालयलाई दिने बताए । डा. गौतमका अनुसार सबै भन्दा बढी आईसियूमा उपचाररत संक्रमित बाग्मती प्रदेशमा छन् । बाग्मती प्रदेशमा १२३ जना आईसियूमा छन् ।

त्यसैगरि प्रदेश १ मा ४ जना, प्रदेश  २ मा ९ जना, गण्डकी प्रदेशमा ७ जना, कर्णाली प्रदेशमा ९ जना र प्रदेश ५ मा २२ जना आईसियूमा उपचाररत छन् । त्यसैगरि बाग्मती प्रदेशमा २५ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरि २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार कुल संक्रमितको साडे ७१ प्रतिसत संक्रमित निको भएर घर फर्किसकेका छन भने १६ हजार २४२ जना सक्रिय संक्रमित छन।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अब मृत्यु भइसककोहरुको पीसीआर टेष्ट नहुने
Next article नेपालमा करिब ३० प्रतिशत बयस्कमा उच्च रक्तचाप

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132509
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

37
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

39
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

35
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web