• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

एचओटीसीमा दुई वटा मोडुलर अप्रेसन थिएटर

February 17th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एचओटीसीमा दुई वटा मोडुलर अप्रेसन थिएटर

हेल्थ टुडे
मानव अंग प्रत्यारोपण केन्द्र (एचओटीसी) ले दुई वटा अत्याधुनिक मोडुलर अपरेसन थिएटर स्थापना गरेको छ । जटिल किसिमका शल्यक्रिया सहज बनाउन नेपालमै पहिलो पटक अत्याधुनिक मोडुलर अप्रेसन थिएटर स्थापना गरेको हो । अपरेशन थिएटरको एक समारोहबिच स्वास्थ्य मन्त्री गगन थापाले बिहीबार उद्घाटन गरेका छन् । चार वर्षदेखि मिर्गौला प्रत्यारोपण गर्दै आइरहेको एचओटिसीले गत महिना मात्र नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण गर्न सफल भएको थियो । कलेजो प्रत्यारोपण सहितका अंग प्रत्यारोपण शल्यक्रियालाई निरन्तरता दिन यी अप्रेसन थिएटरले सहयोग गर्ने छ ।
प्रत्यारोपणलाई आवश्यक पर्ने अत्याधुनिक साधनहरु यस अप्रेसन थिएटरमा उपलब्ध भएकाले कलेजो प्रत्यारोपणमा आउन सक्ने समस्या हल गर्न ठूलो सहयोग मिल्ने केन्द्रका कार्यकारी निर्देशक तथा वरिष्ठ प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठले बताए । अप्रेसन थिएटर स्थापनाले केन्द्र प्राविधिक रुपमा आत्मनिर्भर भएको उनको जानकारी गराए । केन्द्रले छोटो समयमै मानव अंग प्रत्यारोपणको क्षेत्रमा गरेको कामको मन्त्री थापाले प्रसंसा गर्दै भविश्यमा यसको विकासका लागि मन्त्रालय सधै सकारात्मक भएको बताए । केन्द्रले वर्षेनी १०० भन्दा बढी मृगौला प्रत्यारोपण गर्दै आएको छ । यसका साथै नेपालमा कलेजो प्रत्यारोपणको लागि दक्ष जनशक्ति तथा प्रविधिको विकास गर्दै कलेजो प्रत्यारोपणलाई निरन्तरता दिन आफू लागिरहेको डा श्रेष्ठले बताए ।
मानब अंग प्रत्यारोपण केन्द्रले प्रत्यारोपणसंगै अन्य सेवाहरु पनि विस्तार गर्दै आएको छ । हाल यस केन्द्रमा मृगौला तथा कलेजो प्रत्यारोपणका साथै मृगौला रोग सम्बन्धी परामर्श तथा सम्पूर्ण उपचार, मृगौला प्रत्यारोपण तथा मृगौला दान सम्बन्धी सम्पूर्ण जानकारी, यूरोलोजी सेवा, मुटु रोग तथा पेट सम्बन्धी उपचार, पोषण सम्बन्धी जानकारी तथा अत्याधुनिक रेडियोलोजी र प्याथोलोजी सेवाहरु समेत उपलब्ध छन ।
केन्द्रमा नेपाल मात्र नभई विदेशी मुलूकबाट पनि मृगौला प्रत्यारोपणको लागि आउने विरामीहरुको चाप बढ्दो छ । हप्ताको ७ दिन २४ घण्टा निशुल्क डाइलाइसिस सेवा प्रदान गरिरहेको यस केन्द्रले डाइलाइसिस गर्न आउने विरामीहरुको सहजताका लागि केही दिनमै प्रभातकालिन तथा रात्रीकालिन निशुल्क बस सेवा समेत शुचारु गर्ने भएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एनएपीएनको अध्यक्षमा पुनःसिटौला
Next article शिल्पाले सार्वजनिक गरिन् हेल्थ वेभसाइट

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132386
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

43
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

36
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web