• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मदिरा र सुर्तीजन्य विज्ञापन नछाप्न प्रेस काउन्सिलको आग्रह

February 9th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मदिरा र सुर्तीजन्य विज्ञापन नछाप्न प्रेस काउन्सिलको आग्रह

हेल्थ टुडे,

काठमाडौँ, २६ माघ : प्रेस काउन्सिल नेपालले मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचारप्रसार नगर्न÷नगराउन ध्यानाकर्षण गराएको छ । बिहीबार विज्ञप्तिमार्फत काउन्सिलले जनस्वास्थ्य प्रतिकूल हुनेखालका सामग्रीको प्रचार रोक्न सञ्चार माध्यमलाई सचेत गराएको हो ।
काउन्सिलका सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा सञ्चारमाध्यम, सामाजिक सञ्जाललगायतका विद्युतीय माध्यम एवं होर्डिङ बोर्डमा मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचार प्रसार भइरहेको भन्दै काउन्सिलको ध्यानाकर्षण भएको जनाइएको छ ।

पछिल्ला दिनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको राष्टिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले पनि मदिराजन्य पदार्थको विज्ञापन प्रकाशन तथा प्रशारण नगर्न आग्रह गर्दै आइरहेको छ । कुनै पनि मिडियाले सूर्तिजन्य पदार्थको विज्ञापन गर्न नपाइने कानुनी व्यवस्था छ ।
‘जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ को उपदफा (१) मा ‘मदिरा, चुरोट, सुर्ती तथा सुर्तिजन्य पदार्थलगायतक मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न पाइने छैन’ भन्ने व्यवस्था रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसविपरीत विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल लगायतका विद्युतीय माध्यम एवं होर्डिङ बोर्डमा मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचारप्रसार भइरहेको सन्दर्भमा प्रेस काउन्सिल यस किसिमका विज्ञापन सामग्री सम्प्रेषण नगर्न÷नगराउन सम्पूर्ण सञ्चारमाध्यमलाई यसै विज्ञप्तिमार्फत आह्वान गर्दछ ।’
पछिल्लो समय प्रकाशित सामग्रीलाई लिएर प्रेस स्वतन्त्रताको हनन हुने किसिमबाट गालीगलौज गर्ने, धम्की दिने कार्य हुने गरेकोप्रति पनि काउन्सिलको ध्यानाकर्षण भएको समेत जनाएको छ । त्यस्तै कतिपय स्वास्थ्य तथा आर्थिक क्षेत्रतर्फ केन्द्रित सञ्चारमाध्यमबाट पर्याप्त आधार÷कारण र प्रमाणबिनै सम्बन्धित निकाय वा पक्षको भनाइलाई स्थान नदिइ एकपक्षीय सामग्री सम्प्रेषण गर्ने गरेको भनी गुनासाहरू आउन थालेकाले त्यस्तो प्रवृत्ति रोक्न समेत भनिएको छ । ’यसतर्फ पनि पत्रकारिताको पेसागत आचारण कायम राख्न र गैरपेसागत क्रियाकलाप नगर्न÷नगराउनतर्फ सम्बन्धित पक्षलाई सचेत गराउँदछौं’ विज्ञप्तिमा भनिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सक संघमा डा.कार्की नेतृत्वको लोकतान्त्रिक प्यानल बिजयी
Next article गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने सरकारको निर्णय

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132302
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web