• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

किशोरावस्थाको मानसिक स्वास्थ्यका बिषयलाई मिडियाले महत्व दिनु पर्ने विज्ञको सुझाव

June 26th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
किशोरावस्थाको मानसिक स्वास्थ्यका बिषयलाई मिडियाले महत्व दिनु पर्ने विज्ञको सुझाव

हेल्थ टुडे,
काठमाडौं, ११ असार : किशोरोवस्थाको मानसिक स्वास्थ्यका बिषयमा सञ्चारमाध्यमले महत्व दिनु पर्ने विज्ञहरुले सुझाव दिएका छन् । ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी (रेष्ट) ले हेल्थकेयर पत्रकार समाजसँगको सहकार्यमा सोमबार राजधानीमा आयोजना गरेको ‘किशोरावस्थाको मानसिक स्वास्थ्यको मुद्दा र सञ्चारमाध्यमको भूमिका ’ बिषयक अन्तरक्रियामा विज्ञहरुले मानसिक स्वास्थ्यका बिषयमा अझै पनि मिडियाको ध्यान नपुगेको औल्याएका हुन । कान्ति बाल अस्पतालका वरिष्ठ मनोचिकित्सक डा.उत्कर्ष कार्कीले नेपालमा ठूलो संख्यामा किशोरकिशोरीहरुले मानसिक समस्याको सामना गरिरहेको भए पनि मिडियामा त्यो समस्या प्राथमिकतामा पर्न नसकेको बताए । मानसिक समस्या उपचार पछि निको हुन्छ भन्ने सूचना सम्प्रेषण गर्नमा मिडियाले कन्जुस्याई गर्न नहुनेमा डा. कार्कीले जोड दिए । वरिष्ठ जनस्वास्थ्य विद् डा.अरुणा उप्रेतिले मानसिक समस्या गरिवीका कारण मात्र हुन्छ भन्ने भ्रम समाजमा व्याप्त रहेकोले यो समस्या सबै वर्ग, उमेर समूह र जातजातीलाई हुन सक्छ भन्ने सन्देश मिडियाले सम्प्रेषण गर्नु पर्ने बताइन । मानसिक स्वास्थ्यको बिषयलाई जनचेतना अभियानकै रुपमा अगाडि बढाउनु पर्नेमा डा. उप्रेतिले जोड दिइन ।
कार्यक्रममा किशोरावस्थाको मानसिक स्वास्थ्य र मिडियाको भूमिका बिषयक प्रस्तुतिकरण गर्दै हेल्थकेयर पत्रकार समाजका महासचिव एवं हेल्थ टुडेका सम्पादक पदमराज जोशीले मानसिक स्वास्थ्यका मुद्दालाई मिडियाले प्राथमिकता दिदै आइरहेको भए पनि किशोरावस्थाको स्वास्थ्यलाई छुट्टै रुपमा हेर्नु पर्ने आवश्यकता रहेको महसुस भएको बताए । बिगत ३ वर्षमा मिडियाले कोभिडलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दा किशोरावस्थाको मानसिक समस्याका मुद्दा ओझेलमा परेको हुन सक्ने बताउदै भविश्यमा यी मुद्दा मिडियाको प्राथमिकतामा पर्ने बताए । कार्यक्रममा ३० भन्दा बढी स्वास्थ्य पत्रकारहरु सहभागि थिए । सहभागीले मानसिक समस्याका बिषयमा विभिन्न जिज्ञाषा राखेका थिए । सहभागीहरुको जिज्ञाषाको जवाफ डा. उप्रेति, डा. कार्की र पत्रकार जोशीले दिएका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article विपन्नको उपचारका लागि संघीय अस्पतालले छुट्याए २ हजार २८ वटा निशुल्क शैय्या
Next article नेपालमा परिवार नियोजनको साधन प्रयोग गर्ने विवाहित महिला ५७ प्रतिसत

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134346
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web