• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

ल्याव रिपोर्टका मात्र प्याथोलोजिस्टको सिग्नेचर किन

July 27th, 2017 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ल्याव रिपोर्टका मात्र प्याथोलोजिस्टको सिग्नेचर किन

विनोदकुमार यादव

लामो समयको प्रयासपछि जारी गरिएको स्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालन निर्देशिका २०७३ विवाद रहित बन्न सकेन । सरोकारवालाहरुले बर्षौ लगाएर बनाएको ड्राफ्टलाई कुल्चेर स्वास्थ्य मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले रातारात नयाँ ड्राफ्ट बनाएर चोर बाटोबाट निर्देशिका जारी गर्यो ।

कुनै पनि ल्यावोरेटोरीमा प्याथोलोजिस्ट, माइक्रोवायोलोजिस्ट र वायोकेमिस्ट हुन्छन । यी तिनैको भूमिका बराबर हुन्छ । कसैको भूमिकालाई कम आक्न मिल्दैन् । तर निर्देशिकाले कुनै पनि ल्याव रिपोर्टका प्याथोलोजिस्टले मात्र सिग्नेचर गर्न पाउने व्यवस्था गरेको छ । यो हामीलाई मान्य छैन । हिस्टो प्यालोलोजीको रिपोर्टमा मात्र प्याथोलोजिस्टले सिग्नेचर गर्ने हो, अरुमा होइन । माइक्रोवायोलोजी टेष्टमा माइक्रोवायोलोजिस्ट र वायोकेमेस्टीसँग सम्बन्धित टेष्टमा वायोकेमिस्टले सिग्नेचर गर्न पाउनु पर्छ । सबैको महत्व उत्तिकै छ भने किन प्याथोलोजिस्टलाई मात्र सिग्नेचर गर्ने अधिकार दिने ।

अहिले देशमा थुप्रै ल्याव खुलिरहेका छन् । ती सबैमा प्थालोलोजिस्ट आवश्यक नपर्न सक्छन । सर्जरीसँग सम्बन्धित टेष्ट बाहेक हिस्टो प्याथोलोजिस्टको आवश्यकता पर्दैन भने त्यहा किन चाहियो प्याथोलोजिस्ट । तर निर्देशिकाले सबै प्रकारका ल्यावमा प्याथोलोजिस्ट हुनै पर्ने बनाएको छ । दुनियामा कतै नभएको नियम यहाँ बनाएको छ । ल्यावमा डाक्टर नै हुनु पर्ने छैन । ल्यावमा प्रमुख जो हुन्छ उसैले सिग्नेचर गर्नु पर्छ । सबै परिक्षण बिएमएलटी गरेका जनशक्तिले गर्छन भने सिग्नेचर उसले गर्न किन नपाउने । हामीले यो कुरा बुझेका छैनौ । प्याथोलोजिस्टले सिग्नेचर गर्ने बेला पैसामात्र हेर्छ अरु कुरा केही हेर्दैन । निर्देशिकामा व्यवस्था गरिएको सिग्नेचरको व्यवस्थाले सिग्नेचरलाई कमाई खाने भाडो बनाउन खोजेको छ । यसमा हाम्रो बिमती छ ।

यो हामी कदापी मान्दैनौ । निर्देशिकाको अनुसूचि ८ को परिच्छेद ५ को नियम ९ अनुसार प्रयोगशाला प्रमुख प्याथोलोजी समूहबाट मात्र हुने व्यवस्था गरेको छ । तह र श्रेणीको आधारमा मेडिकल ल्याव टेक्नोलोजी र प्याथोलोजी समूह दुबैबाट हुन पाउने व्यवस्था हुनु पर्छ । अधिकांश प्याथोलोजीमा प्थालोलोजिस्ट हुदैन । उसको नेम प्लेटमात्र झुण्ड्याएको हुन्छ । उसले रिपोर्टका सिग्नेचर समेत गर्दैन । सिग्नेचरको छाप बनाएको हुन्छ त्यही छाप रिपोर्टमा हानिन्छ । यो उपभोक्ता माथि सरासर अपराध हो । धोका हो । त्यसैले इन्चार्ज फुल टाइम बस्नु पर्छ ल्यावमा । ल्यावमा गुणस्तरीय उपकरण खरिद गरिएको अवस्थामा मात्र रिपोर्ट विश्वसनिय आउछ । तर स्वयं जनस्वास्थ्य प्रयोगशालाकै उपकरण माथि शंका गर्नु पर्ने अवस्था छ ।

ल्यावहरुलाई लाइसेन्स दिने काम जनस्वास्थ्य प्रयोगशालाले गर्ने तर तिनको अनुगमन गर्ने काम रेडक्रसले गर्ने गरेको छ । यो जिम्मेवारी पन्छिएको भएन र । यी र यस्तै विवदास्पद् नियमका कारण निर्देशिका लागु हुन सकिरहेको छैन । यसलाई लागु गर्न यसमा विवदास्पद् नियमहरु सच्याइनु पर्छ । निर्देशिकामा संसोधन गर्न अहिले प्रा. डा. भरत झा संयोजक रहेको पाँच सदस्यिय कमिटि बनेको छ । यो कमिटिले दिने सुझावका आधारमा निर्देशिका परिमार्जन गरियोस् भन्ने हाम्रो जोडदार माग छ ।

(यादव नेपाल एसोसिएसन फर मेडिकल ल्यावोरेटोरी साइन्सका अध्यक्ष हुन । ) 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article साडे ६ प्रतिसत महिलामा आङ खस्ने समस्या
Next article बयोधामा अत्याधुनिक आईसिसियू र ब्लड बैंक

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133243
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

52
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

53
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web