• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चैत २८ देखि हुने स्वास्थ्य वैज्ञानिकहरुको सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने

April 8th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चैत २८ देखि हुने स्वास्थ्य वैज्ञानिकहरुको सम्मेलनको  राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने

हेल्थ टुडे,
काठमाडौं, २६ चैत: नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा यही चैत २८ देखि ३० गतेसम्म काठमाडौंको बौद्धस्थित ह्यात रिसिडेन्सी होटेलमा आयोजना हुने १० औं स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरुको शिखर सम्मेलनमा १००० अनुसन्धानकर्ता सहभागी हुने भएको छन् ।
‘दिगो विकासका लक्ष्यहरु प्राप्तिका लागि स्वास्थ्य र जनसंख्या सम्बन्धी अनुसन्धान र नवप्रवर्तन’ भन्ने नाराका साथ आयोजना हुन लागेको शिखर सम्मेलनमा देश र विदेशबाट गरि १००० अनुसन्धानकर्ता सहभागी हुने र सम्मेलनको उद्घाटन सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने कार्यक्रम तय भएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रमोद जोशीले जानकारी दिए । सम्मेलनमा नेपाल बाहृेक भारत, स्वीजरल्याण्ड, बेलायत, अष्टेलिया, अमेरिका लगायतका देशहरुबाट स्वास्थ्य अनुसन्धानकर्ता सहभागी हुने छन् । सोमबार परिषदमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सदस्य सचिव डा. जोशीले स्वास्थ्य सम्बन्धी नीति र अभ्यासलाई मूर्तरुप दिन अनुसन्धानलाई प्रभावकारी रुपमा नीति र योजनामा सहमावेश गराउन यस्ता सम्मेलनहरुले ठूलो भूमिका खेल्ने बताए ।
डा. जोशीले भने,‘ सम्मेलनले स्वास्थ्य र जनसंख्याका क्षेत्रमा हुने अनुसन्धानको विकास गर्न र स्वास्थ्यका प्राथमिकताहरुमा छलफल गर्न अनुसन्धानकर्ता, साझेदार, शिक्षाविद्हरु र नीतिनिर्माताहरुलाई एउटै मञ्चमा ल्याउने छ । ’ डा.जोशीका अनुसार सम्मेलनमा ७५ वटा अनुसन्धानमूलक पेपरहरुको मौखिक तथा २६३ वटा पोष्टरहरुको प्रस्तुतीकरण हुने छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले नेपालको वित्तिय स्वास्थ्य, प्रमाणमा आधारित औषधि र चिकित्सा अभ्यास, प्रभावकारी र उत्तरदायी स्वास्थ्य प्रणाली, गुणस्तरीय स्वास्थ्य सेवा, वातावरणीय स्वास्थ्य र जलवायु परिवर्तन, सर्ने र नसर्ने रोगहरु र मानसिक स्वास्थ्य लगायत १५ वटा भन्दा बढी बिषयमा सामूहिक छलफल हुने जानकारी दिए । सम्मेलनमा उत्कृष्ठ स्वास्थ्य अनुसन्धानकर्ताहरुलाई विभिन्न १० विधामा अवार्ड प्रदान गरिने छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article हामी किन विरामी हुन्छौ ?
Next article नेपालमा धूमपान सेवनका कारण बर्षेनी २७ हजारको मृत्यु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Aug 12th 4:13 PM
समाचार

कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

Aug 7th 11:04 AM
समाचार

नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Aug 4th 9:00 AM
समाचार

नेपाल औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

Jul 23rd 7:49 AM
समाचार

कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

Jul 21st 12:33 AM
समाचार

भक्तपुरको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा सुरु भयो सीटी स्क्यान सेवा

Jul 21st 12:26 AM
समाचार

बालबालिकामा हुने मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्दैछौँ : स्वास्थ्य मन्त्री पौडेल

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131762
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

15
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web