• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 27th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

खुला सिमाना र निगमन नहुँदा सुदूरपश्चिममा गर्भपतन गराउँने अवैध औषधि छ्यापछ्याप्ती

August 12th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
खुला सिमाना र निगमन नहुँदा सुदूरपश्चिममा गर्भपतन गराउँने अवैध औषधि छ्यापछ्याप्ती

हेल्थ टुडे,
कैलाली २५ साउन : खुल्ला सिमाना र निगमन नहुँदा सुदूरपश्चिम प्रदेशमा गर्भपतन गराउने अवैध औषधिको प्रयोग भइरहेको पाइएको छ । सुरक्षित गर्भपतन गराउनका लागि औषधि व्यवस्था विभागले दर्ता गरेका औषधिको प्रयोग मात्र गर्नु पर्ने कानूनी व्यवस्था भए पनि निगमन नहुदा र सर्वसाधारणमा यसका बिषयमा राम्रो जानकारी नहँुदा दर्ता नै नभएका भारतिय औषधिको प्रयोग गरेर असुरक्षित गर्भपतन भइरहेको छ । नेपाल चिकित्सक संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष समेत रहेका सेती प्रादेशिक अस्पतालका स्त्री तथा प्रसूति रोग विभाग प्रमुख डा. खगेन्द्र भट्टले सरकारले मान्यता दिएका गर्भपतन गराउने औषधि वाहेकका दर्ता नै नभएका औषधि छ्याप्छ्याप्ती पाइएपछि त्यसले असुरक्षित गर्भपतन बढाएको बताए ।
हेल्थ टुडे मिडियाले सुनौलो परिवार नेपालको सहयोगमा धनगढीमा शुक्रबार आयोजना गरेको सुरक्षिण गर्भपतन सम्बन्धी पत्रकार अन्तरक्रिया कार्यक्रममा डा. भट्टले अझै पनि समाजमा गर्भपतनलाई हेर्ने समाजिक दृष्टिकोण सकारात्मक नभएकाले महिलाहरुले लुकीछिपी औषधि किन्ने गरेको र बवैध औषधिको जोखिममा पर्ने गरेको बताए । सरकारले कानून निर्माणका साथसाथै त्यो कानून कार्यन्वयन गर्ने जिम्मा पनि भएकोले औषधि व्यवस्था विभागले निगमन पनि गर्नु पर्नेमा डा. भट्टको जोड थियो ।
कार्यक्रममा सुदूरपश्चिम स्वास्थ्य तालिम केन्द्रका निर्देशक नरेन्द्रसिंह कार्कीले खुला सिमानको फाइदा उठाउदै औषधि पशलेहरुले दर्ता नै नभएका औषधि विक्री बिवतरण गर्ने गरेको सुन्ने गरेको बताउदै यसका विषयमा निगमन गर्नु आवश्यक रहेको बताए । स्वास्थ्य कार्यालय कैलालीकी फोकल पर्सन आशा थापाले सुदूरपश्चिममा गत आर्थिक वर्षमा १३ हजार ४ सय ३८ जनाले सुरक्षित गर्भपतन गराएको तथ्यांक प्रस्तुत गर्दै औषधिका माध्यमबाट गरिने गर्भपतनमा धेरै जसो समस्या देखिने गरेको पाइएको बताइन । दर्ता नै नगरेका औषधिको सेवनबाट गर्भपतन गराउदा गत आर्थिक वर्ष ३२३ जनालाई जटिलता देखिएको बताउदै सरकारले मान्यता दिएका ७ प्रकारका औषधिको सेवन गरेर चिकित्सकको परामर्शमा गरेर मात्र गर्भपतन गर्नु पर्ने सन्देश सर्वसाधारणलाई दिनु पर्नेमा जोड दिइन । गर्भपतनलाई सरकारले कानूनी मान्यता दिएको दशक भन्दा बढी समय भइसकेको भए पनि आधा महिलालाई यसका बिषयमा जानकारी नभएकाले पनि लुकीछिपी अवैध औषधिको प्रयोग बढी रहेको बताउदै त्यसको फाइदा औषधि पशलेहरुले उठाइरहेको बताइन ।

धनगढी उपमहानगरपालिकाका स्वास्थ्य साखा प्रमुख योगेश अवस्थीले पालिकाले आमा समूह र महिला स्वास्थ्य स्वयं सेविकाहरु मार्फत सुरक्षित गर्भपतनका विषयमा जानकारी गराउने गरेको बताउदै असुरक्षित गर्भपतन रोक्न सञ्चार माध्यमको भूमिका पनि महत्वपूर्ण हुनेमा जोड दिए । हेल्थ टुडेका सम्पादक पदमराज जोशीले कार्यपत्र प्रस्तुत गर्दै सरकारी स्वास्थ्य संस्थाहरुले महिलाको गोपनियताको ख्यान नगरिदिदा अधिकांश महिला जोखिम मोलेर अवैध औषधिको माध्यमबाट गर्भपतन गराउन बाध्य रहेको बताए । हरेक व्यक्तिका लागि स्वास्थ्य पहिलो आवश्यकता भएको बताउदै पत्रकार जोशीले सुरक्षित गर्भपतनका साथसाथै स्वास्थ्यका समाचारलाई महत्वका साथ प्रकाशन प्रशारण गर्न पत्रकारहरुलाई आग्रह गरे । ३० जना पत्रकार उपस्थित रहेको उक्त अन्तरक्रियामा पत्रकार महासंघका केन्द्रीय सदस्य भरत शाह, सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावल, कैलालीका अध्यक्ष हिमाल जोशी लगायतले स्वास्थ्यका विषयमा कलम चलाउदा व्यक्ति, परिवार र समाज नै स्वस्थ्य हुनेमा जोड दिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य बिमाको दायरा कम्तीमा ५ लाख पु¥याउने स्वास्थ्यमन्त्री पौडेलको दावी
Next article स्वास्थ्य मन्त्री पौडेलद्वारा अंगदानको घोषणा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132531
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web