• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 9th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

जादाँजादै स्वास्थ्य सचिव डा.पोखरेलले भने, डा. पुकार र अंग प्रत्यारोपणको काम उत्कृष्ट

February 23rd, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जादाँजादै स्वास्थ्य सचिव डा.पोखरेलले भने, डा. पुकार र अंग प्रत्यारोपणको काम उत्कृष्ट

हेल्थ टुडे,
काठमाडौं, ११ फागुन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवबाट सेवा निवृत भएका डा.रोसन पोखरेलले भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र यसका कार्यकारी निर्देशक समेत रहेका अंग प्रत्यारोपण सर्जन डा.पुकारचन्द्र श्रेष्ठले नेपालको स्वास्थ्य क्षेत्रमा गरेको काम उत्कृष्ट रहेको बताएका छन् । स्वास्थ्य सचिव डा. पोखरेलको विदाईका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार मन्त्रालयमा आयोजना गरेको विदाई कार्यक्रमलाई सम्बोधन गर्दै डा. पोखरेलले डा. पुकारचन्द्र श्रेष्ठ र प्रत्यारोपण केन्द्रले मिर्गौला र कलेजो प्रत्यारोपण जस्तो जटिल शल्यक्रियामा उत्कृष्ट काम गरेको भन्दै प्रशंसा गरेका हुन । डा. पोखरेलले भने, ‘डा. पुकारमा
काम गर्ने इच्छाशक्ति छ । प्रत्यरोपण केन्द्र राम्रो काम गरेको छ । भविश्यमा पनि अझ राम्रो कामको आशा गरेको छु । ’ प्रत्यारोपण केन्द्रको अध्यक्षका हैसियतले आफुलाई पुर्ण सहयोग गरेकोमा प्रत्यारोपण केन्द्र परिवारलाई डा. पोखरेलले धन्यवाद दिए । प्रत्यारोपण केन्द्रले अहिलेसम्म करिव १४ सय जनाको मिर्गौला प्रत्यारोपण र २५ जनाभन्दा बढीको कलेजो प्रत्यारोपण गरिसकेको छ । विदाई कार्यक्रममा स्वास्थ्य मन्त्री प्रदीप पौडेल, सचिव हरि मैनाली, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विकाश देवकोटा लगायतले उपहार सहित माला लगाएर सचिव डा. पोखरेलको विदाई गरेका थिए । त्यसैगरि शहिद धर्मधक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा केन्द्रका कर्मचारीहरुले सचिव डा. पोखरेललार्ई मायोको चिनो सहित विदाई भेट गरेको थियो । २३ वर्षको स्वास्थ्य सेवाबाट आजैदेखि डा. पोखरेल सेवा निवृत भएका हुन ।
विसं २०७६ सालमा विशिष्ट श्रेणीमा बढुवा भएका डा. पोखरेल २०७८ साउन ५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव नियुक्त भएका थिए । उनले साडे ३ वर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालेका थिए । सोही अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहको पनि विदाई गरिएको थियो । डा. सिंह पनि आजैदेखि सेवा निवृत भएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य पत्रकार जोशीलाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार
Next article स्वास्थ्य मन्त्रालयका सचिव डा. पोखरेल र अतिरिक्त सचिव डा.सिंहको विदाई

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132187
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

35
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web