• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य मन्त्रालयका सचिव डा. पोखरेल र अतिरिक्त सचिव डा.सिंहको विदाई

February 23rd, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य मन्त्रालयका सचिव डा. पोखरेल र अतिरिक्त सचिव डा.सिंहको विदाई


हेल्थ टुडे,

काठमाडौं, ११ फागुन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोसन पोखरेल र अतिरिक्त सचिव डा. दिपेन्द्ररमण सिंह सेवा निवृत भएका छन् । विशिष्ठ श्रेणीमा पाँच वर्ष सेवा गरेपछि कानून अनुसार दुबै जना सेवा निवृत भएका हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार मन्त्रालयमा विदाई कार्यक्रमको आयोजना गरि दुबै जनालाई हार्दिकताका साथ विदाई गरेको हो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डा. पोखरेल र डा. सिंह आफ्नालागि अभिभावक जस्तै भएको स्मरण गर्दै भविश्यमा पनि स्वास्थ्य सुधारका लागि दुबै जनालाई आफु सल्लाहकार मानेर काम गर्ने बताए । सेवा निवृत स्वास्थ्य सचिव डा. पोखरेलले सचिव भएर काम गर्न पाउनु आफ्नो लागि शौभाग्य भएको बताउदै भविश्यमा परे आवश्यक परे मन्त्रालयललाई सहयोग गर्न तयार रहेको बताए । विसं २०५९ मा स्वास्थ्य सेवा प्रवेश गरेका पोखरेल विसं २०७८ साल साउन ५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव नियुक्त भएका थिए । साडे ३ वर्ष सचिव भएका पोखरेलले ८ जना स्वास्थ्य मन्त्री र ३ जना प्रधानमन्त्रीसँग काम गरेको र सबैबाट सहयोग मिलेको बताए ।
आजैदेखि सेवा निवृत भएका अतिरिक्त सचिव डा. दिपेन्द्र रमण सिंहले पनि जिम्मेवारीमा रहदा मन्त्रालयका सबै अधिकारी र कर्मचारीबाट सहयोग पाएको स्मरण गर्दै पदमा रहदा इमान्दारिताका साथ काम गरेको सुनाए । डा. सिंहले स्वास्थ्य सेवा विभागको महानिर्देशकको पनि जिम्मेवारी कुशलताका साथ सम्हालेका थिए । कायृक्रमममा स्वास्थ्य मन्त्री प्रदीप पौडेल, सचिव हरि मैनाली, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विकाश देवकोटा लगायतले उपहार सहित माला लगाएर सचिव डा. पोखरेल र अतिरिक्त सचिव डा. सिंहको विदाई गरेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जादाँजादै स्वास्थ्य सचिव डा.पोखरेलले भने, डा. पुकार र अंग प्रत्यारोपणको काम उत्कृष्ट
Next article कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132864
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

38
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web