• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

टिचिङ हस्पिटलले भित्र्यायो एआई प्रविधियुक्त अत्याधुनिक ‘थ्री टेस्ला एमआरआई’

April 2nd, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
टिचिङ हस्पिटलले भित्र्यायो एआई प्रविधियुक्त अत्याधुनिक ‘थ्री टेस्ला एमआरआई’

हेल्थ टुडे,
काठमाडौं, २० चैत : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) महाराजगन्जले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) अर्थात् कृत्रिम बुद्धिमत्ता प्रविधिमा आधारित अत्याधुनिक ‘थ्री टेस्ला एमआरआई’ खरिद गरेर जडान गरेको छ । अहिले परीक्षणका रूपमा सञ्चालनमा रहेको थ्री टेस्ला एमआरआई केही दिनपछि औपचारिक शुभारम्भ भएपछि सर्वसाधारणका लागि पूर्ण रूपमा सञ्चालनमा आउनेछ । यो एमआरआई पूर्ण रूपमा सञ्चालनमा आएपछि उपचारका लागि टिचिङ हस्पिटल आउने बिरामीले सरकारी अस्पतालमा कम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षण सेवा पाउनेछन् । चीनको युनाइटेड इमेजिङ हेल्थकेयरबाट खरिद गरेको एआई प्रविधिमा आधारित यो थ्री टेस्लाले छिटो स्क्यानिङ गर्ने र अरू एमआरआईको तुलनामा क्लियर इमेज देखाउँछ । जसको कारण छिटो रोग पत्ता लगाउन सकिन्छ । टिचिङ हस्पिटलमा योभन्दा पहिले पुरानो प्रविधिका ०.३ र १.५ टेस्ला एमआरआई थिए ।
अहिले टिचिङ हस्पिटलले भित्र्याएको थ्री टेस्ला एकदमै अत्याधुनिक एमआरआई भएको टिचिङ हस्पिटलका रेडियोजोली विभाग प्रमुख प्रा.डा. घनश्याम गुरुङले बताए ।

डा. गुरुङले एक महिना पहिले परीक्षणको रूपमा जोडिएको थ्री टेस्ला सञ्चालन गर्ने तालिम र परीक्षणसँगै भइरहेकोले केही दिनमै यसको औपचारिक शुभारम्भ हुने जानकारी दिए । गुरुङले भने, ‘परीक्षणका रूपमा यसले राम्रो काम गरिरहेको छ । अत्याधुनिक प्रविधिमा आधारित भएकाले प्राविधिज्ञदेखि चिकित्सक सबैले यसको सञ्चालन र यसले दिने रिजल्टका विषयमा जानकार हुनुपर्छ । यो काममा हामी लागेका छौ ।’ टिचिङ हस्पिटल टेक्निकल प्रमुख विष्णुहरि सिंहले अत्याधुनिक थ्री टेस्ला सञ्चालनमा आएपछि बिरामीका साथै अस्पतालमा कार्यरत चिकित्सक र प्राविधिकले पनि नयाँ प्रविधिसँग साक्षात्कार हुन पाउने भएकाले टिचिङ हस्पिटलका लागि यो खुसीको कुरा भएको बताए ।
काठमाडौंमा केही निजी क्षेत्रका स्वास्थ्य संस्थाबाहेक सरकारी अस्पतालमा यस किसिमको एमआरआई एकदमै कम मात्र रहेको सिंहले जानकारी दिए । कति शुल्क तोक्ने भन्ने विषयमा पूर्ण सञ्चालनमा आएपछि थाहा हुने अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका अधिकारीहरूका अनुसार निजी क्षेत्रमा सञ्चालनमा आएका थ्री टेस्लाभन्दा पक्कै पनि दुई चार हजार सस्तै हुनेछ । टिचिङ हस्पिटलले लामो समयदेखि थ्री टेस्ला किन्ने योजना बनाएको थियो । तर बजेट अभावमा सकेको थिएन । अस्पताल प्रशासनका अनुसार यो पटक यो एमआरआई २० करोड रुपैयाँमा खरिद गरिएको हो । त्रिवि शिक्षण अस्पतालका रेडियोलोजिस्ट शर्मा पौडेलले थ्री टेस्ला सञ्चालनमा आएपछि क्यान्सर लगायतका गम्भिर प्रकृतिका रोगको पहिचान गर्नमा र नयाँ नयाँ प्रविधि प्रयोग गर्न सकिने भएकाले विरामी र चिकित्सक दुबै पक्ष यो मेसिनबाट लाभान्वित हुने बताए । उनले भने, ‘अब पहिले भन्दा रोग पत्ता लगाउन सजिलो हुन्छ ।’ बायो मेडिकल इन्जिनियरसमेत रहेका मेटा हेल्थ केयरका प्रोजेक्ट मेनेजर हरिराम दवाडीले एआई प्रविधिमा आधारित थ्री टेस्लाको इमेज क्लियर हुने र छिटो स्क्यानिङ गर्ने भएकाले रोग छिटो पत्ता लाग्ने र छाटो समयमा धेरै जनाको परीक्षण गर्न सकिने बताए ।

युनाइटेड इमेजिङ हेल्थकेयरले चिप्स , म्याग्नेट, सफटवेयर आफैं तयार गर्ने भएकाले भविष्यमा समस्या आए तत्काल प्राविधिक टिमले काम गर्ने दवाडीले बताए । युनाइटेड इमेजिङ हेल्थकेयर नयाँ दिल्लीका प्रडक्ट मेनेजर भुपिन्द्र कुमारले त्रिवि शिक्षण अस्पतालमा जडान गरिएको थ्री स्टेला एमआरआई संसारमै सबैभन्दा छिटो स्यान गर्ने मेसिन भएको दावी गरे । उनले भने, ‘जुनकुसै विरामीको रोग पहिचान गर्नका लागि १०० सेकेन्ड भित्र स्यान गरिसक्छ । त्यसैले त यसलाई फिप्थ जेनेरेसन एक्सरेसन भनिन्छ ।’ यसले क्लिनिकल र रेडियोलोजिस्टहरुको ४० प्रतिसत समय बचत गरिदिने सिंहको दावीको छ । एआई प्रविधिका माध्यमबाट सञ्चालन हुने भएकाले संसारको जुनसुकै ठाउँमा बसेर पनि रिमोटको माध्यमबाट कुनै समस्या देखिएको हल गर्न सकिने भएकाले यो प्रविधि संसार भरि नै लोकप्रिय भइरहेको सिंहले बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपाल नेत्रज्योति संघ र थाइल्याण्डको महिडोल विश्वविद्यालयबिच सम्झौता पत्रमा हस्ताक्षर
Next article डा. संगीताको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132726
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web