• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपाल आयुर्वेद चिकित्सक संघले मनायो २८ औं बार्षिकोत्सब

July 5th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपाल आयुर्वेद चिकित्सक संघले मनायो २८ औं बार्षिकोत्सब

हेल्थ टुडे,
काठमाडौं,२१ असार : आयुर्वेद चिकित्सकहरुको छाता संगठन नेपाल आयुर्वेद चिकित्सक संघले राजधानीमा शनिबार २८ औं वार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सव समारोहमा आयुर्वेद र वैकल्पिक चिकित्सा क्षेत्रमा अधिकांश आयुर्वेद चिकित्सकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. श्यामबाबु यादवले संघको २८ औं वार्षिकोत्सवको उपलक्ष्यमा सम्पूर्ण चिकित्सकहरुलाई शुभकामना व्यक्त गर्दे आयुर्वेदको क्षेत्रमा भइरहेका प्रयासमा सबैकाृ साथ र सहयोग हुनु पर्ने बताए । देशका ७५३ वटै पालिकामा आयुर्वेदको पहूच आगामी आर्थिक वर्षसम्म पुग्ने सुनिश्चित भएकोमा खुशी व्यक्ति गर्दे अध्यक्ष यादवले आयुर्वेद उपचार प्रति उपभोक्तालाई विश्वास दिलाउन हामी सबैले लाग्नु पर्ने बेला आएकोमा जोड दिए । संघका उपाध्यष ऐश्वर्या श्रेष्ठले आयुर्वेद प्रति जनताको विश्वास जगाउन सक्नु पर्ने चुनौति सामना गर्न सबै लाग्नु पर्ने बताइन । आयुर्वेदको वर्तमान अवस्था विषयक कार्यपत्र प्रस्तुत गर्दै डा. सरिता बजगाईले देश भरिका ५, १० र १५ शैयाका अस्पतालहरुमा आयुर्वेदको दरवन्दी स्थपना भएको र विस्तारै यसलाई वडास्तरसम्म लैजानु पर्ने आवश्यकता रहेको बताइन । कार्यक्रममा संघका पुर्व अध्यक्ष डा. प्रकाश ज्ञवाली, आयुर्वेद औषधि उत्पादक संघका अध्यक्ष सुमन पाण्डे, स्वास्थ्य मन्त्रालयका नीति योजना साखा प्रमुख डा. पुष्पराज पौडेल लगायतले आयुर्वेदको ऐतिहासिक महत्वका विषयमा चर्चा गर्दे यसको व्यवहारिक प्रयोग र जनताको विश्वास जित्न अझै नयाँ ढंगले काम गर्नु पर्ने बताए । संघको स्थापना विसं २०५४ साल असार २० गते भएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा
Next article चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132862
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

35
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web